logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    हिजो,आज र भोलिको पत्रकारीता


    २४ पौस २०७९ , आइतबार

    हिजो,आज र भोलिको पत्रकारीता

    पशुपति यादव
    रोहिणी, पुस । आज एक कार्यक्रम बीच लम्बिनी प्रेस क्लब द्वारा आयोजित पहिला र अहिलेको पत्रकारीता सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ ।
    भैरहवामा संचालन भएको छापा संचारको वारेमा भैरहवा अग्रज पत्रकारहरुले आ आफ्नो अनुभव सुनाएका थिए ।
    पंचायत कालमा जन आवाजलाई दवाउने षडयन्त्रलाई विनास पार्नका लागि जन आवाजलाई बुलन्द गर्नका लागि पंचायत विपक्षका लोकतान्त्रिक पार्टीहरुले निर्देशनमा पत्रकारीता संचालन गरेको अग्रज पत्रकारहरुको भनाई रहेको थियो । पहिलाका पत्रकारीता कठिनाई र असुविधा युक्त रहेको विचवाट नै आवाज हिन रहेको अवाज उठाउदै आएको अग्रज पत्रकार दिलिप भट्टराई जानकारी दिनु भयो । २०२३ सालमा ४० प्रतिशत गरीवीकै कारणले पत्रिका किन्न नसकिने अवस्था रहेको थियो । त्यती वेला भारतीय पत्रिका दैनिक जागरण सहारा हिन्दुस्तान टायम्स लगायतका पत्रिका हुने खानेहरुले किन्ने अध्ययन गर्ने निकै परिपाटी थियो आफू पत्रकारीता क्षेत्रमा न रहरले न कहरले आएको हो भट्टराईको भनाई रहेको थियो । आफु अध्ययन गर्ने क्रममा कृषि विषयमा एउटा शीर्षकमा प्राविधिक खेती गर्ने र सुचना कृषक सम्म कसरी पु¥याउने पत्रकारीता विषयको संलग्नमा रहेको हुनाले त्यहीबाट आफुले इच्छा पत्रकारीता प्रति जागृत भएको भनाई रहेको थियो ।
    अग्रज पत्रकार नारायन सापकोटाले छापापाटी पत्रिका संरचनाको भोगाई अनुभव सहितको प्रस्तुति गरेका थिए । भैरहवा बाट समाज र समुदायको दर्पणको रुपमा दर्जनौ पत्रिका संचालन भई मार्ग दर्शक गरेको इतिहास तजा रहेको सापकोटाले जानकारी गराएका थिए । प्राविधिक युग भने पनि हुन्छ यसलाई अर्को अर्थमा कलियुगको युग कलाको युग भन्न सकिन्छ । अहिलेको पत्रकारीतामा चुनौति रहेको कुलमणि ज्ञवालीको भनाई रहेको थियो । सामाजिक सञ्जालले जति सुचित गर्दा पनि अधिकारीकता नभएको संचार जगतमा वढी विश्वास राख्ने आम जनसमुदायको विश्वास रहेको ज्ञवालीको धारण रहेको थियो ।
    पाठक प्रतिक्रियाका जानकार समाचारहरु साक्षरमुखि केन्द्रित भई ग्रमिण मुखि हुन जरुरी रहेको विजय सागर पाण्डेले बताए । पत्रकारीताको धर्म निरपेक्ष सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्ने आग्रह गरेका थिए । पहिलेको पत्रकारीता कलम र बन्दुक एक ठाउँमा हुन्थिएन् । अहिलेको पत्रकारीता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको परिवर्तित प्रवेशमा कलम बन्दुक एकै ठाउँमा भएको पाण्डेले बताए ।
    कार्यक्रममा नारायण ज्ञवाली, शम्भु शर्मा, दिपेश पन्छाई, माधव ढुङगाना, मनोरञ्जन शर्मा, राधेश्याम वि.क, रमेश भट्ट समग्रमा भन्नु पर्दा अहिले नेता, भि.आइ.पी लगायतले बोलेका त्यही कुरा उल्लेख गरिन्छ । तर पहिलाको पत्रिकामा के के कम्जोरी भयो । कहा के गल्ती भयो भन्ने विषयमा त्यही नै कुरा छापिन्छ छापिन्थ्नेनन् । कार्यक्रममा क्लबका अध्यक्ष नरेश .सी को अध्यक्षता, महासचिव कमल रायमाझीको पहिलो सत्रको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो भने दोस्रो पटक उत्पन्न सम्झना शर्माको संचालक माया देवी गाउँपालिका को अध्यक्ष धु्रवनारायणको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.