झब्बर यादव
सिद्धार्थनगर, माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा रहेको भैरहवा बहुमुखि क्याम्पसमा विद्यार्थी कल्याणकारी समिति द्वारा साप्ताहिक खेलकुद कार्यक्रम आयोजना गरिएको छ ।
भैरहवा बहुमुखि क्याम्पसमा आयोजित साप्ताहिक खेलकुद कार्यक्रम माघ १४ गते आइतबार देखि नै सुरु भएको विद्यार्थी कल्याणकारी प्रमुख तथा प्रध्यापक श्रीओम सहनीले जानकारी दिनुभयो ।
क्याम्पसमा विभिन्न ठाउँ, परिवेश र क्षेत्रवाट विद्यार्थीहरु शिक्षा आर्जन गर्नका लागि आएका हुन्छन् । विद्यार्थीहरुका फरक फरकका क्षमता र कलाहरु बोकेका हुन्छन् । विद्यार्थीहरुले आफुमा भएको क्षमता अनुकुलको वातावरण नपाएको हुदाँ उनीहरु भित्र रहेको प्रतिभा दबेकै हुन्छ । त्यस्ता कुरालाई मध्यनजर गरेर पुस्तकीय ज्ञानका साथै अरु क्षेत्रमा पनि विद्यार्थीहरुले स्वतन्त्र रुपमा आफ्नो क्षमता र प्रतिभा निखाार गर्न पाउन भन्ने उद्देश्यले प्रत्येक वर्ष भैरहवा बहुमुखी क्याम्पसमा यस्ता साप्ताहिक खेलकुदका साथै विभिन्न प्रतियोगिता कार्यक्रम संचालन गर्दै आएको विद्यार्थी कल्याणकारी प्रमुख सहानीले बताउनुभयो ।
यस साप्ताहिक खेलकुद कार्यक्रममा भलिबल, फुटबल, वास्केट बल, व्याडमिन्टन, क्रिकेट हाजिरी जवाफ, कुर्सी दौड र रस्सी तानातान जस्ता खेल गरिने विद्यार्थी प्रतिनिधि मनिष ढकालले बताएका छन् ।
क्याम्पसमा आयोजित साप्ताहिक खेलकुद कार्यक्रम विभिन्न खेलहरु रहेका छन् । जस मध्ये विद्यार्थीहरुले आफुले चाहेको जुन सुकै खेलकुदमा स्वतन्त्र रुपमा सहभागी हुन पाउने विद्यार्थी प्रतिनिधि सागर न्योपानेले जनाउनुभयो ।
खेलकुद सप्ताहको अन्त्यमा विद्यार्थीहरुलाई विभिन्न पुरस्कार तथा प्रशंसा पत्र समेत वितरण गर्ने मनोज पन्थले जानकारी दिनुभयो ।