असलम खाँन
मर्चवार, फागुन । रुपन्देहीको मर्चवारी गाउँपालिकामा रहेको मर्चवार नीजि विद्यालय संगठन रुपन्देहीको ७ औँ खेलकुद महोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
गत साताबाट निजी विद्यालय संगठनको आयोजनामा तथा १६ वटा विद्यालयको सहभागीतामा सुरु भएको खेलकुद प्रतियोगिता आईतबार एक कार्यक्रमका बीच सम्पन्न गरिएको छ ।
सम्पूर्ण खेल प्रतियोगितामा पब्लिक मिसन इंग्लिस स्कूल मर्चवारी २ ले १७ अंक ल्याइ प्रथम स्थान हासिल गरेको छ । यसै गरी ओम न्यू फ्यूचर इंग्लिस स्कूल मर्चवारी ४ ले १४ अंक ल्याई द्वितीय र सन स्टार इंग्लिस स्कूल सम्मरीमाई ३, मर्चवार राइज इंग्लिस स्कूल मर्चवारी ३ ले ११–११ अंक ल्याई तेस्रो स्थान हासिल गरेको संघका सचिव गुलाब कोहाँरले जानकारी दिएका छन् ।
सम्पन्न १३ किसिमको खेल मध्ये बैलुन ब्लास्टमा ग्लोबल किण्डर गार्डेन इंग्लिस स्कूलका विद्यार्थी रीया यादव, डष्टबीन थ्रोमा ओम न्यू फ्यूचर इंग्लिस स्कूल मर्चवारी–४ का विद्यार्थी सुरज यादव, गुच्चा डौडमा मर्चवार राइज इंग्लिस स्कूल मर्चवारी–३ का विद्यार्थी शुभम केवट, साइकल रेसमा सन स्टार इंग्लिस स्कूल सम्मरीमाई ३ का विद्यार्थी राधेश्याम गुप्ता, स्लो साइकलमा सन स्टार इंग्लिस स्कूल सम्मरीमाई ३ का विद्यार्थी राम बहादुर हरिजन, मेमोरी गेममा नेपाल आदर्श इंग्लिस स्कूल कोटहीमाई ७ का विद्यार्थी हसिम अन्सारी, सोही खेल निम्न माध्यमिक तर्फ पब्लिक मिसन इंग्लिस स्कूल मर्चवारी २ का विद्यार्थी अर्जुन गुप्ता, कुर्सी दौडमा ओम मर्चवारी देवी इंग्लिस स्कूल कोटहीमाई ६ का विद्यार्थी करीना गुप्ता, १ सय मिटर छात्रा दौडमा लार्ड बुद्धा इंग्लिस स्कूल सम्मरीमाई १ का विद्यार्थी सविता यादव, २ सय मिटर रिले दौडमा ओम न्यू फ्यूचर इंग्लिस स्कूल मर्चवारी ४ का विद्यार्थी मनिषा चौधरी, ४ सय मिटर रिले दौडमा पब्लिक मिसन इंग्लिस स्कूल मर्चवारी २ का विद्यार्थी दीपेन्द्र बरुण, लाङ्ग जम्पमा पब्लिक मिसन इंग्लिस स्कूल मर्चवारी २ का विद्यार्थी दिपक पाल र हाई जम्पमा ओम न्यू फ्यूचर इंग्लिस स्कूल मर्चवारी ४ का विद्यार्थी गणेश हरिजनले प्रथम स्थान हासिल गरेका संघका अध्यक्ष गंगाराम गुप्ताले बताए छन् ।
कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ४ ‘क’ का प्रदेश सभा सदस्य कन्हैया बनियाँले भोलीको कर्णधारको रुपमा रहेका बालबालिकालाई आजैबाट राम्रो बाटो तर्फ लमक्याउँन सबैले योजना निर्माण गर्नु पर्ने बताए । मर्चवार क्षेत्रमा शिक्षाको स्तर उठाउन नीजि विद्यालयको ठूलो भुमिका रहेको बताए । उनले भने ‘समापन समारोहमा गरिएको नाटक प्रस्तुतिले समाजको लागि शिक्षाको आवश्यता र विशेष गरी छोरीलाई राम्रो शिक्षा प्रदान गर्ने दर्शाएको उत्कृष्ट रेहेको छ । गुणस्तरीय शिक्षाको व्यवस्थापनको लागि हरेक निकायले एक आपसमा सहकार्य गरी नीति निर्माण गर्न आवश्यक रहेको छ । ’ शिक्षा क्षेत्रमा खेलकुदको पनि ठुलो भूमिका खेलेको हुँदा पालिका स्तरीय हुने विभिन्न खेलकुद कार्यक्रममा नीजि तथा सामुदायिक विद्यालयलाई समेत सहभागी गराउन उनले आग्रह गरेका थिए । उनले भने ‘ मैले आफुले तव वास्तविक सम्मानको पात्र हुन्छ जब सम्म शिक्षित मर्चवारको निर्माण हुन्छ । हामीले निर्वाचनमा गरेको वाचालाई पुरा गर्न शिक्षित मर्चवार निर्माण गर्न प्रदेश सरकारको तर्फबाट पुर्ण प्रतिबद्ध रहेको छु ’ ।
खेल महोत्सव समापन कार्यक्रममा बोल्दै मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले नीजि विद्यालय संघले स्थानीय सरकारसंग समन्वय सहकार्य गतिविधि बढाउनु पर्ने बताए । आफुले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर शिक्षा क्षेत्रलाई पूर्ण व्यवस्थित बनाउने बताए । मर्चवारी गाउँपालिकाको युवाहरुलाई सरकारी जागिरमा आबद्ध गराउन आफुले निःशुल्क लोक सेवा तयारी कक्षा संचालन गराउने बताए । लोक सेवा तयारी कक्षा संचालनबाट मर्चवारी गाउँपालिकाका युवाहरुलाई विदेश जानवाट रोकी स्वदेशमै रोजगारी पाउँन सहयोग हुने बताए । आफुले निर्वाचित भई आए पछि छिमेकी पालिका भन्द विभिन्न खालको विकासमुखि योजना निर्माण गरेको बताए । कन्या बिमा, निःशुल्क एम्बुलेन्स सेवा, कन्या विद्यालय, रेविज भ्यक्सिन लगायत विभिन्न आकर्षक योजना बनाई अगाडी बढाएको बताए । गुणस्तरीय शिक्षा प्रदानको लागि नीजि विद्यालय तथा सामुदायिक विद्यालय संग समन्वय गरी नीति निर्माण गर्ने अध्यक्ष बरईले बताए ।
कार्यक्रममा मर्चवारी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष कृष्ण कुमार सिंह, मर्चवारी २ का वडाध्यक्ष सशिदयाल चौधरी, जनहित प्रा।वि का शिक्षक केशव उपाध्याय लगायत विभिन्न शिक्षकहरुले मन्तब्य राखेका थिए ।
संगठनका अध्यक्ष गंगाराम गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई संघका सचिव गुलाब कोहाँरले संचालन गरेका थिए ।