logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा पि.एल.पि.एल क्रिकेट प्रतियोगिता सुरु, नेपाल र भारतका १६।१६ टीमको सहभागीता


    २ फाल्गुन २०७९ , मंगलबार

    लुम्बिनीमा पि.एल.पि.एल क्रिकेट प्रतियोगिता सुरु, नेपाल र भारतका १६।१६ टीमको सहभागीता

    अन्जना चौहान
    लुम्बिनी,  फागुन । रुपन्देहीको लुम्बिनी संस्कृतिक नगरपालिकामा रहेको लुम्बिनी विकास कोष भित्र पि.एल.पि.एल क्रिकेट प्रतियोगिता सोमबार देखि सुरु भएको छ ।
    स्थानीय स्तरमा नयाँ–नयाँ खेलाडी उत्पादन गरी समग्र क्रिकेट खेलको विकास, स्थानीय स्तरमा रहेका क्रिकेटरको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको छ ।
    पि.एल.पि.एल क्रिकेट प्रतियोगिता लुम्बिनी साँस्कृतिक नगरपालिकाको सहयोग तथा लुम्बिनी नव युवा क्लबको आयोजनामा सुरु भएको छ ।
    फागुन १ गते देखि १६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालको १६ वटा टिम र मैत्री राष्ट्र भारतका १६ वटा टीम गरी ३२ वटा टिमको सहभागिता रहेको छ ।
    वडा नम्बर ३ पडरिया स्थित लुम्बिनी विकास कोषको खेल मैदानमा प्रतियोगिता सुरु गरिएको प्रतियोगिताका संयोजक अकरामुद्दीन नाउँले बताउनुभयो ।
    खेलको उद्घाटन लुम्बिनी साँस्कृतिक नगरपालिका नगर प्रमुख सजरुद्दीन मुसलमानले स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई आत्मसाथ गर्दै रुपन्देही क्रिकेटको उर्वर भूमि रहेकोले नयाँ खेलाडी उत्पादन गर्न सहयोग पुगोस भन्ने हेतुले क्रिकेट प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । पालिकामा क्रिकेट प्रेमी तथा खेलाडीहरु पनि प्रशस्त भएकोले उनीहरुको अभ्यास र क्षमता बृद्धिका लागि मौका पनि यस्तै प्रतियोगिताबाट हुने हुदाँ यसलाई निरन्तरता दिदैँ क्रिकेटको विकासमा सहयोग गर्न नगरपालिका सकारात्मक रहेको अध्यक्ष मुसलमानले बताउनुभयो ।
    क्रिकेट प्रति युवाहरुको रुची बढ्दो छ, सोही अनुसार युवाहरुलाई प्रोत्साहन गर्न र खेल क्षेत्रको विकासका लागि नगरपालिकाको सहयोगमा आयोजना गरेका छाँै यसले समग्र खेलाडीमा उत्साह थपिएको छ ।
    प्रतियोगितामा प्रथम हासिल गर्ने खेलाडिलाई रु १ लाख ५० हजार र द्वित्तीय रु ८० हजार सहित ट्राफी बेस्ट बैट्मेनलाई ५ हजार बेस्ट बलरलाई ५ हजार साथै सबै खेलाडीलाई अकर्षक पुरस्कार दिने व्यवस्था रहेको छ । संघको नियम अनुसार समय अवधिमा टिम सहभागी नभएमा नियम बमोजिम जरिवाना तिर्नु पर्ने क्लबका अध्यक्ष अहमदले बताउनुभयो । अन्तिम प्रतियोगिता नेपाल र भारतका खेलाडी बिच हुने नव युवा क्लबका अध्यक्ष अहमद खानले बताउनु भयो ।
    क्रिकेट प्रतियोगिता कार्यक्रममा कार्यक्रमका सभापति तथा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अकरामुद्दीन मुसलमान, प्रमुख अतिथि तथा नगरपालिका प्रमुख सजरुद्दीन खाँन, विशिष्ट अतिथि तथा नगर उपप्रमुख कल्पना हरिजन, प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेय, शिक्षा शाखा प्रमुख लक्ष्मी पराजुली, नेपाली कांगे्रस नगर कार्य समिति सचिव राजन उपाध्याय, अतिथि तथा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा १ वडा अध्यक्ष सुरज कलवार, वडा २ का इनामुल्लाह फकिर, वडा ४ का विनोद कुमार श्रीवास्तव , वडा ५ का खुर्सेद आलम खाँन, वडा ६ का नैमुल हक मुसलमान, ७ का धु्रप यादव, ८ का राजेन्दर कलवार, ९ का कमल अख्तार खाँ, १० का विनोद कहाँर, ११ का अकरामुद्दीन खाँन, १२ का हरिकेश लोध, १३ का सइद मोहम्मद खाँन, नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्लाका सदस्य अल्ताफ हुसेन खाँ, मैच रेफ्री भीम थापा, मैनुद्दीन खाँ (काजु), वडा ३ का सदस्य राम भवन कुर्मी, इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक, शसस्त्र प्रहरी बल, समाजसेवी, कार्यपालिका सदस्य , पत्रकार तथा स्थानीहरुको उपस्थितिमा कार्यक्रमको उदघाटन गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.