logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    कोटहिमाई द्वारा क्रिकेट खेलाडीलाई रु २५ हजार नगद सहित सम्मानित


    १० चैत्र २०७९ , शुक्रबार

    कोटहिमाई द्वारा क्रिकेट खेलाडीलाई रु २५ हजार नगद सहित सम्मानित

    असलम खाँन
    मर्चवार, १० चैत । रुपन्देहीको कोटहीमाई गाउँपालिकाले क्रिकेट खेलाडी आकाश त्रिपाठीलाई रु २५ हजार रासी सहित दोसल्ला ओढाई सम्मान गरेको छ ।
    अन्डर १९ क्रिकेट टिम नेपाल तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा खेल्न जाने कोटहीमाई गाउँपालिका वडा नं १ बस्ने खेलाडी त्रिपाठीलाई विहिबार एक कार्यक्रमका बिच गाउँपालिकाले सम्मान गरेको हो ।


    अन्तर्राष्ट्रिय स्तरमा खेल्ने प्रतिभा भएको प्रतिभाशाली युवा कोटहीमाई गाउँपालिका भित्र रहेको अश्चार्यजन लागे संगै निकै गौरव महसुस गरेको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए । आकाशको प्रतिभा र क्षमता देखेर यस गाउँपालिका भित्र लुकेर रहेका अन्य प्रतिभाहरुको पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने उनले बताए । उनले भने आकाश त्रिपाठीको लगनशीलता र सफलताले मर्चवारका अन्य खेलाडीहरुको मनोबल उच्च गर्ने छ । आगामी दिनमा खेल क्षेत्रमा राम्रो बजेट विनियोजन गरी गाउँपालिका भित्र लुकेर रहेका प्रतिभाहरुलाई माथि उठाउनेछु ।
    कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादवले कोटहीमाई गाउँपालिका भित्रका हरेक खेलाडीको प्रतिभालाई राष्ट्र स्तरमा पहिचान बनाउने कार्यक्रम ल्याउने बताइन । खेलाडी आकाशको सफलताको कामना गर्दै आकाशलाई उक्त टिम सम्म पु¥याउने सबैलाई धन्यवाद ब्यक्त गरेकी थिइन ।


    मर्चवार पनि विश्व स्तरका खेलाडी उत्पादन गरेको र विश्वमा पहिचान बनाउन सक्ने प्रमाणको रुपमा आकाशलाई देखिएको कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले बताए । ‘यस क्षेत्रका अन्य खेलाडीहरुले आकाशलाई देखेर अगाडी बढने छन् । जसको लागि गाउँपालिकाले पुरा सकारात्मक हुनुपर्दछ’ उनले भने । आकाशबाट अन्य युवाहरुलाई सकारात्मक प्रेरणा मिल्ने उनले बताए । व्रिmकेट खेल एक मांहगो खेलको रुपमा भएकोले खेल सामग्री खरिद गर्न सरकारले सहकार्य गरी खेलाडीलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए । आगामी वर्षमा हुने खेलको तयारी राम्रोसंग गरी प्रतियोगितामा सफल हुन शुभकामना ब्यक्त गरेका थिए ।
    आकाश त्रिपाठीले सम्मान गरेको कोटहीमाई गाउँपालिकालाई धन्यवाद ब्यक्त गरेका थिए । खेलाडीलाई सम्मान गर्दा खेलको सम्मान र अन्य खेलाडीहरुको मनोबल उच्च हुने उनले बताए । इ.सं २०२४ को जनवरीमा हुने खेलको लागि तयारीमा जुटिसकेको उनले बताए । टिममा छनौट हुनुभन्दा पहिला त्रिभुवन विश्वविद्यालयमा १ महिना र १ महिना पोखरामा तयारी कक्षामा सहभागी भएको उनले बताए । नेपालबाट राम्रो खेलाडी उत्पादन हुन सक्ने क्षमता छ तर खेल व्यवस्थापन तथा खेल क्षेत्रको सुविधामा सुधार ल्याउनु पर्ने उनले बताए । कोटहीमाई १ परसपुर बस्ने खेलाडी त्रिपाठीले सानै देखि क्रिकेट खेलमा रुची रहेको बताए । रुचीलाई प्राथमिकतामा राखेर खेल्दै आए र सफल खेलाडीको रुपमा पनि भएको उनले बताए । आगामी दिनमा सबैको सहयोगले मात्र अगाडी बढने भएकोले सबैको साथ र प्रेमको अपेक्षा राखेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.