logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    रुपन्देहीमा सुटिङ प्रतियोगिता शुरु


    १ बैशाख २०८० , शुक्रबार

    रुपन्देहीमा सुटिङ प्रतियोगिता शुरु

    भैरहवा, १ बैशाख । रुपन्देहीको सदरमुकाम भैरहवामा दुई दिने सुटिङ प्रतियोगित शुरु भएको छ । विभिन्न क्षेत्रबाट आएका खेलाडीहरु सहभागि प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई मेडल र प्रमाण पत्रले सम्मान गरिने रुपन्देही सुटिङ संघले जनाएको छ । २२ महिला तथा ३९ पुरुष गरि ६१ जना खेलाडीलाई चैत २५ देखि २८ सम्म प्रशिक्षण दिई फाईनलका लागि प्रतिस्पर्धा गराइएको थियो । चैत २९ र ३० गते भएको छनोट प्रतियोगितामा १५ पुरुष र १० महिला गरि २५ जना सुटिङ खेलाडी फाइनल प्रतियोगितामा छनोट भएकोे संघको सुचना शाखाले जानकारी दिएको छ । छनोट प्रतियोगिताबाट छनोट भएका खेलाडी बिच बैशाख १ देखि २ गते सम्म फाईनल प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ । फाइनल प्रतियोगितामा छनोट भएका खेलाडी विच प्रतिस्पर्धाबाट प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई संघले विशेस सम्मान गर्ने छ ।
    फाइनल प्रतियागिताको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकास भट्राईले सुटिङ प्रतियोगितमा कानुनी जटिलता र हतियार मर्मत गर्नमा विगतमा समस्या देखिएको बताउदै यसको समस्या समाधानमा प्रदेश खेलकुद परिषदले सहयोग गर्ने बताउनुभयो । उहाँले यसक्षेत्रमा प्रभावकारी सुटिङ रेञ्जको निर्माण गर्न आफुले सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    शुक्रवारबाट भएकोे दोस्रो जिल्ला स्तरिय १० मिटर एयर राईफल खुल्ला सुटिङ प्रतियोगिताको शुभारम्भ कार्यक्रममा बोल्दै संघ रुपन्देही अध्यक्ष ज्योत्सना राणाले संघले निरन्तर सुटिङ प्रतियोगिता गर्न चाहेपनि हतियारको कमि तथा प्राविधिक समस्या भएको बताउनुभयो । उहाँले अहिलेको खेल सञ्चालन गर्नका लागि विभिन्न स्थानीय तह तथा विभिन्न व्यापारिक प्रतिष्ठानले सहयोग गरेको जानकारी दिनुभयो ।
    कार्यक्रमका विशिष्ट अतिथि तथा जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष भुपेन्द्र थापाले आट र हिम्मत भएमा सुटिङ प्रतियोगिता बार्षिक रुपमा गर्न सकिने बताउनुभयो । उहाँले अव हुने यस्ता प्रतियोगिता सञ्चालन गर्न खेलकुदले बजेटमा व्यवस्था गर्न सुझाव दिनुभयो । विभिन्न सरकारी निकाय तथा खेलकुद मन्त्रालयबाट सुटिङ प्रतियोगिताका लागि बजेट छुट्याउन पहल गर्ने समेत आश्वासन दिनुभयो ।


    लुम्बिनी प्रदेश सुटिङ संघका सदस्य विनयराज श्रेष्ठ, रुपन्देही सुटिङ संघका प्रमुख सल्लाकार विजय जंग राणा, संघका जिल्ला उपाध्यक्ष अरुण कर्ण, सचिव पुनम क्षेत्री, सदस्य कल्याण मल्ल, प्रमुख प्रशिक्षक उपेन्द्र थापा, प्रशिक्षक अब्दुलवाहिर अन्सारी र खेलाडीको शुभारम्भ कार्यक्रममा सहभागि रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.