logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    ‘प्रथम सिद्धार्थनगर आमन्त्रण खुल्ला तेक्वान्दो प्रतियोगिता’


    २६ बैशाख २०८० , मंगलबार

    ‘प्रथम सिद्धार्थनगर आमन्त्रण खुल्ला तेक्वान्दो प्रतियोगिता’

    सिद्धार्थनगर नगरपालिकाको सहकार्य र भैरहवा तेक्वान्दो क्लबको आयोजनामा तेक्वान्दो प्रतियोगिता
    सुरज ज्ञवाली
    भैरहवा, २६ वैशाख । रुपन्देहीको भैरहवा तेक्वान्दो क्लबको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा भैरहवामा प्रथम सिद्धार्थनगर आमन्त्रण खुल्ला तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।
    वैशाख २३ गते शनिवारदेखि २४ गते आइतवार गरी दुई दिनसम्म संचालन भएको प्रतियोगितामा २५ वटा टीमको सहभागीता रहेको कार्यक्रम संयोजक तथा भैरहवा तेक्वान्दो क्लबले जनाएको छ ।
    प्रतियोगितामा ८ स्वर्ण, १ रजत र ४ कास्य गरी १३ पदक जित्दै हाई किकर्ष तेक्वान्दो डोजाङ नवलपरासी प्रथम भएको छ भने ६ स्वर्ण, ७ रजत र ५ कास्य गरी १८ पदक जित्दै आयोजक भैरहवा तेक्वान्दो क्लब द्वितीय र ५ स्वर्ण, ३ रजत र २ कास्य गरी १० पदक जित्दै खजहना तेक्वान्दो सेन्टर तृतीय भएको आयोजक स्रोतले जनाएको छ ।
    उक्त प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी पुरुष तर्फ सैनामैनाका असिम पोखरेल, महिलातर्फ आर्य पब्लिकी ऋतिका शर्मा र अनुशासित टीमबाट शुभ संस्कार स्कूल सम्मानित भएको आयोजकले जनाएको छ ।
    कार्यक्रम समापन सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि उमा अधिकारीले आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिने बताउनुभयो । नगरपालिका उपप्रमुख अधिकारीले खेलकुद क्षेत्रको विकास र प्रगतिका लागि नगरपालिका सधै सहकार्य गर्ने जनाउनुभयो ।
    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष तथा कार्यक्रमका अतिथि नारायण प्रसाद उपाध्यायले खेलकुद क्षेत्रको विकासका लागि यस्ता प्रतियोगिताहरुले महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिनुभयो ।
    भैरहवा तेक्वान्दो क्लबका अध्यक्ष एक नारायण आर्यालले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भने केशव चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.