logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    तिलोत्तमामा बन्ने भयो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला


    ३१ जेष्ठ २०८० , बुधबार

    तिलोत्तमामा बन्ने भयो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

    लुम्बिनीखबर
    भैरहवा, ३१ जेठ । रुपन्देहीको तिलोत्तमामा नीजि लगानीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने भएको छ ।
    तिलोत्तमा वडा नम्बर १७ पुर्व दरखसवामा पौने ५ विघा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको रंगशाला बन्न लागेको हो । यो निजी लगानीमा बन्ने नेपालको पहिलो क्रिकेट रंगशाला हो ।
    एक्स्ट्राटेक ओभल नामाकरण गरिएको रंगशाला तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले शिलान्यास गरेका छन् । गुल्मीबाट तिलोत्तमामा बसाइँ सरेका र ९ वर्ष अस्ट्रेलियामा सूचना प्रविधि क्षेत्रको व्यवसाय गर्दै आएका विनोद कुँवर र सुदिक्षा गौतमको लगानीमा बन्ने रंगशाला पहिलो वर्ष ५ हजार दर्शक क्षमताको बनाइने र हरेक वर्ष ५ हजार क्षमता थप्दै ४ वर्षमा २५ हजार क्षमताको बनाउने लक्ष्य रहेको छ ।
    यो क्रिकेट रंगशाला होस्टेलसहित एकेडमी र तालिम केन्द्र सहितको हुने विनोद कुंवरले बताए । आफू क्रिकेटको पारखी भएकाले यसको विकासमा योगदान गर्न रंगशालामा लगानी गरेको बताए । चार तलाको भवन सहितको रंगशालामा एकेडेमी र तालिम केन्द्र सञ्चालनका लागि पुर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई जिम्मेवारी दिइएको एक्स्ट्राटेक ओभल प्रा.लिका चिफ अप्रेटिङ अफिसर सुदिक्षा गौतमले बताइन ।
    एक वर्षमा क्रिकेट प्रतियोगिता गर्न मिल्ने गरी रंगशालामा ८ सय ट्रक माटो हालेर जग्गा सम्याउने काम भइसकेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.