लुम्बिनी साँस्कृतिक नगरपालिकाको आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरिएको छ ।
अन्जना चौहान
लुम्बिनी, १० असार । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको छ ।
नगरपालिका अध्यक्षले सजरुद्दीन मुसलमानले नगरपालिकाको ११औं नगरसभाको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको हो ।

नगरसभामा आगामि वर्ष २०८०÷०८१ का लागि ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरेको हो । जसमा संघको समानिकरण अनुदान तर्फ १७ करोड ३१ लाख ,सशर्त अनुदान तर्फ ३४ करोड ३२ लाख, राजश्व बाँडफाड तर्फ १४ करोड ४१ लाख ९७ हजार समपुरक अनुदान तर्फ १ करोड ३० लाखको अनुमान गरिएको छ ।
त्यसै गरी प्रदेश सरकार समानिकरण अनुदान तर्फ १ करोड ३१ लाख ६७ हजार, शर्सत अनुदान १ करोड ११ लाख ५० हजार, राजश्व बाँडफाड तर्फ ७८ लाख ३४ हजार अनुमान गरिएको छ भने आन्तरिक स्रोत ३ करोड ४६ लाख ३७ हजार, प्रदेश सरकारबाट समपुरक अनुदान १ करोड ५० लाख रहेको छ ।

यसका साथै गत वर्षको अल्या बैँक मौज्दात ३ करोड, सडक बोर्ड तर्फ ४० लाख गरि आगामी वर्ष २०८०÷०८१ लागि ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०७९÷०८० को असार १० गते सम्म आईपुग्दा कुल बजेटको ४५.१३ प्रतिशत पुँजीगत खर्च र ७६.७८ प्रतिशत चालु तर्फ खर्च भएको जनाईएको छ । नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०÷०८१ लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ ।

नगरपालिका नगरप्रमुख सजरुद्दीन मुसलमानले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार, धार्मिक तथा पर्यटन क्षेत्रलाई प्राथमिकता दिइएको उल्लेख भएको छ ।
नगरपालिका आर्थिक वर्ष २०८०।०८१ का लागि पारित नीति तथा कार्यक्रमहरु विभिन्न क्षेत्रका लागि रहेका छन् । शिक्षा, युवा तथा खेलकुद सम्बन्धी नीति तथा कार्यक्रममा नगर शिक्षा विकास कोषलाई निरन्तरता दिई विद्यालयहरुमा सिकाई सहजीकरणका लागि स्वयमसेवक शिक्षकको व्यवस्था गरिने, शिक्षाको जगलाई बलियो बनाउनको लागि बाल विकास सहजकर्ताहरुका लागि सीप विकास तालिमको व्यवस्था गरिने, सबै माध्यमिक विद्यालयहरुमा वेबसाइट निर्माण गरी सञ्चालन गरिन, विद्यालयको सूचना प्रणालीलाई प्रभावकारी र सशक्त तुल्याउनका लागि इमिस तालिम तथा कार्यशाला सञ्चालन गरिने, सामुदायिक तथा धार्मिक विद्यालयहरुमा व्यवस्था हुँदै आएको दिवा खाजामा गुणस्तरीयता तथा एकरुपता कायम गर्न नगरस्तरीय खाजा मेनु तयार गरी कार्यान्वयनका ल्याउने, सामुदायिक सिकाइ केन्द्रलाई संघीय निर्देशिका बमोजिम तथ्याङ्क संकलन, साक्षरता तथा क्षमता विकास क्षेत्रका कार्यक्रममा क्रियाशिल बनाइने, नगरभित्रका विद्यालयहरुमा शैक्षिक डायरी र शैक्षिक पात्रो निर्माण गरी शैक्षिक गतिविधिमा एकरुपता कायम गरिने, स्थानीय पाठ्यक्रम निर्माण गर्दा तहगत रुपमा कक्षा १ देखि ५ र कक्षा ६ देखि ८ को निर्माण कार्य अगाडि बढाई पाठ्यक्रम निर्धारण गर्दा उर्दु भाषालाई समेत समावेश गरिने, विद्यार्थीहरुमा रहेका अन्तरनिहित प्रतिभाहरुको विकास गर्न नगरस्तरीय चित्रकला, कविता लेखन, निवन्ध लेखन, वक्तृत्वकला, नृत्य, गायन तथा हाजिरीजवाफ प्रतियोगिताहरुको आयोजना गरिने, शिक्षाको गुणस्तर शिक्षकको गुणस्तर भन्दा माथि हुन नसक्ने मान्यतालाई आत्मसात गरी सामुदायिक विद्यालयको रुपान्तरणको लागि उत्प्रेरित एवम् समर्पित शिक्षक भन्ने नाराका साथ शिक्षकहरुलाई पेसाप्रति र विद्यार्थीलाई अध्ययन प्रति समर्पित बनाउन स्थानीय तहबाट उत्प्रेरणा मूलक कार्यक्रमहरु सञ्चालन गरिने, सामुदायिक, धार्मिक र संस्थागत विद्यालयहरु बीच एक आपसमा सफल सिकाई अभ्यासहरुलाई सहयोगात्मक गतिविधि आदान प्रदान कार्यक्रम सञ्चालन गरिने, सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरुको सहभागितामा राष्ट्रिय स्तरमा उत्कृष्ट ठहरिएका विद्यालयहरुको अवलोकन भ्रमण गरी असल अभ्यासहरुलाई विद्यालयहरुमा अनुकरण गर्ने गराउने उद्देश्यका साथ शैक्षिक अवलोकन भ्रमण कार्यक्रम सञ्चालन गरिने, केन्द्रिय नीति अनुरुप बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक र सुविधा समायोजन गरिने, स्वच्छ विद्यालय स्वस्थ विद्यार्थी भन्ने मान्यताका साथ विद्यालयको शौचालय सरसफाइका लागि पूर्णकालीन सफाइकर्मी वा घुम्ती सफाइकर्मीको आवश्यक व्यवस्था गरिने, नगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरुको परीक्षामा एकरुपता कायम गरी विश्वसनीय, वैद्यता तथा विशिष्टिकरण तालिका बमोजिम परीक्षा सञ्चालन गर्ने हेतुले विद्यालयका शिक्षकहरुलाई प्रश्नपत्र निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सञ्चालन गरिने, नगरपालिकाका प्रत्येक विद्यालयहरुमा पुस्तकालयको प्रवद्र्धन गरिने, वातावरणीय तथा सौन्दर्यता पूर्ण विद्यालय निर्माणका लागि एक विद्यालय एक बगैचाको अबधारणाका साथ क्रमशः प्रत्येक विद्यालयमा लागू गरिने, नगरपालिका क्षेत्र भित्रका प्रधानाध्यापकहरुको शिक्षा नियमावली बमोजिम आवधिक रुपमा हेरफेरको प्रबन्ध मिलाइने, नगरपालिकाका मदरसामा आवश्यक शिक्षकको प्रबन्ध मिलाउने, विद्यालय र शिक्षकहरुलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखिने, साथै शिक्षक शिक्षिकाहरुलाई राजनीतिमा भाग लिने, राजनीतिक गतिविधिमा संलग्न रहने अवस्थालाई निरुत्साहन गरिने जस्ता कार्यक्रमहरु रहेका छन् ।

युवा तथा खेलकुद सम्बन्धी नीति तथा कार्यक्रम अन्तर्गत खेलकुद क्षेत्रको विकासका लागि आवश्यक कानुन निर्माण तथा रणनीति तयार गरी नगर खेलकुद विकास समिति गठन गरिने, नगरपालिका भित्रका साहित्य, कला र संस्कृतिका लागि समिति गठन गर्ने कार्यलाई अगाडि बढाइने, लुम्बिनी साँस्कृतिक नगरपालिकाभित्र युवा सशक्तिकरणका निम्ति युवा प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने, सामुदायिक सिकाई केन्द्रलाई सामुदायिक मनोरञ्जनस्थल र चेतना प्रवाह केन्द्रको रुपमा समेत विकास गरिने, नगरस्तरीय मेयर अन्तर विद्यालय खेलकुद कार्यक्रम र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई नियमित रुपमा सञ्चालन गरिने जस्ता कार्यक्रमहरु रहेका छन् ।

स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम अन्तर्गत प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्रहरूको स्थापना साथै कर्मचारी व्यवस्थापन गरिने, आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाइने, सबै स्वास्थ्य संस्थाहरूमा आवश्यक जनशक्तिको व्यवस्था गरी कार्य सम्पादन सूचकका आधारमा नियमित अनुगमन र मुल्याङ्कन गरिने, नगरपालिका भित्र रहेका सबै नागरिकहरुलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने गरी सचेतना मूलक कार्यक्रम कार्यान्वयन गर्दै प्रचारप्रसार सहित विमा कार्यक्रम लागु गर्न सम्बन्धित निकायमा पहल गरिने साथै गरीव परिचय पत्रका आधारमा एक घर एक सदस्यलाई निःशुल्क स्वास्थ्य विमाको व्यवस्था गरिने, आँखा परीक्षण¸ पाठेघरको क्यान्सर लगायतका रोगहरुको समयमै पहिचान र निदानका लागि घुम्ती स्वास्थ्य शिविरको व्यवस्था गरिने, मोतियाविन्दु भएकाहरुका लागि निःशुल्क अपरेसनको व्यवस्था मिलाउने, खोप, परिवार नियोजन, क्षयरोग, कुष्ठरोग तथा पोषण साथै अन्य कार्यक्रमहरू प्रभावकारी रुपमा सञ्चालन गरिने, नगरपालिकालाई शुन्य होम डेलीभरीको रूपमा घोषणा गराउनका लागि आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै गर्भवती र सुत्केरी आमाहरूका लागि नेपाल सरकारले तोकेको आमा सुरक्षा सम्बन्धी प्रोटोकल अनुसारको ४ पटकको जाँच र स्वास्थ्य संस्थामा डेलीभरी हुने आमाहरूका लागि सुत्केरी पोषण झोला वितरण कार्यक्रम सञ्चालन गरिने, गर्भवती आमाहरुलाई गर्भवती भएको तीन महिना पूरा भए देखि स्वास्थ्य सँस्था मार्फत निःशुल्क क्याल्सियम चक्की वितरणको व्यवस्था मिलाइने, लुम्बिनी सांस्कृतिक नगरपालिकामा सञ्चालनमा रहेको एउटा मात्र चौबिस घण्टेप्रसुती सेवालाई अन्य थप स्वास्थ्य संस्थाहरूमा वर्थिङ सेन्टरका रुपमा निर्माण गरी विस्तार गरिने, ज्येष्ठ नागरिक, बालबालिका तथा महिलाहरुका लागि स्वास्थ्य शिविर संचालन गरी विशेष सेवा प्रदान गरिने, नगरपालिकाभित्र कार्यरत सबै महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई समान रुपमा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने, ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानजनक विदाई गर्न आवश्यक रकमको व्यवस्था मिलाइने, सबै स्वास्थ्य संस्थाहरूमा नियमित रूपमा वर्ष भरी नै अति आवश्यक औषधिहरूको निःशुल्क वितरणको व्यवस्था गरिने, सरकारी तथा गैह्रसरकारी संस्थाहरुको समन्वयमा विभिन्न किसिमका सर्ने तथा नसर्ने रोगहरुको बारेमा सचेतना कार्यक्रम, सुरक्षात्मक कार्यक्रम र उपचारात्मक कार्यक्रमहरू सञ्चालन गरिने, सबै स्वास्थ्य संस्थाहरुमा शुद्ध खानेपानी तथा फोहोरमैला व्यवस्थापनको लागि वडा कार्यालयहरु मार्फत बजेटको व्यवस्था मिलाइने, सबै स्वास्थ्य संस्थाहरूको सञ्चालन तथा व्यवस्थापनका लागि अनुदान रकमको व्यवस्था गरिने, संचालित कार्यक्रमहरूको सूचकमा आधारित मासिक र चौमासिक समीक्षा गरी कार्यक्रमको प्रभावकारिता विश्लेषण गर्ने व्यवस्था मिलाउने, नगर कार्यपालिका कार्यालय तथा सबै स्वास्थ्य संस्थाहरूमा औषधि भण्डारण तथा अन्य उपकरण व्यवस्थापनलाई व्यवस्थित गरिने, प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत प्रसुति सेवाप्रदायकहरूलाई रात्रिकालीन र जोखिम भत्तालाई निरन्तरता दिइने, ७० वर्ष माथिका जेष्ठ नागरिकलाई स्वास्थ्यकर्मी द्वारा घरदैलो स्वास्थ्य जाँच तथा उपचार कार्यक्रम हरेक ४ र ४ महिनामा सञ्चालन गरिने, नगरपालिका अन्तर्गतका सम्पूर्ण मधुमेह र उच्च रक्तचापको विरामीहरुको लागि निशुल्क औषधि उपलब्ध गराउने नीति अवलम्बन गरिने, २ बर्ष सम्मका वालबालिकाहरुको वृद्धि अनुगमन कार्यक्रम हरेक ३।३ महिनामा सन्चालन गरिने, पुर्ण सुपोषित बच्चाहरुलाई मुल्याङ्कनका आधारमा पुरस्कृत गर्ने र कम तौल भएका कुपोषित बच्चाहरुका लागि बाल पोषण झोला वितरणको व्यवस्था मिलाउने, सम्पूर्ण स्वास्थ्य संस्थाहरूलाई किशोर किशोरीमैत्री स्वास्थ्य संस्था बनाउन आवश्यक पहल गरिने, नगरपालिकालाई पूर्णखोप सुनिश्चितता र दीगोपनाका लागि आवश्यक कार्यक्रमहरू संचालन गरिने, विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिने साथै विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको त्रैमासिक रुपमा स्वास्थ्यकर्मीहरु द्वारा निःशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइने, सबै स्वास्थ्य संस्थाहरुलाई सुचना प्रविधिमैत्री वनाउन आवश्यक पर्ने स्रोत र साधनको व्यवस्था मिलाइने, स्वास्थ्य संस्थाहरुको भवन मर्मत सम्भार तथा आवश्यकताको आधारमा कोठा थपको व्यवस्था मिलाइने, नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुबाट संचालित खोप क्लिनिक तथा गाउँघर क्लिनिक भवन निर्माण कार्य क्रमशः विस्तार गर्दे लगिने, सुत्केरी हुने आमाहरुलाई घरबाट बर्थिङ सेन्टरसम्म ल्याउन र रिफर गर्नुपर्ने आमाहरुका लागि रुपन्देही जिल्ला भित्रका अस्पताल सम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने, लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्रमा संचालनमा रहेको ल्याव सेवा अन्य स्वास्थ्य संस्थाहरुमा पनि क्रमशः विस्तार गर्दै लगिने, नगरपालिका भित्र रहेको आरोग्य सेवा केन्द्रको लागि आवश्यक आयुर्वेदिक औषधि तथा अन्य सामग्रीको व्यवस्था गरी आरोग्य सेवा केन्द्रको सेवालाई निरन्तरता दिइने, नगरपालिका भित्र रहेका एच.आई.भी. पोजेटिभ भएकाहरूको लागि पोषण सामग्री वितरण तथा पोजेटिभ बच्चाहरूको लागि छात्रवृत्तिको व्यवस्था गरिने, नगरपालिकाको आइ.वि.एसमा आर्थिक वर्ष ०८०।८१ देखि फ्रि डाइलसिस सेवा उपलब्ध गराईने, सर्प दंशका विरामीहरुलाई फ्रि एम्बुलेन्स सेवाको व्यवस्था गरिने, गाउँमा संचालनमा रहेका मादक पदार्थ विक्री वितरण गर्ने होटल तथा रेस्टुरेन्ट र पसलहरु राति ८ बजेपछि बन्द गर्नुपर्ने अन्यथा कानून बमोजिमको कारवाही गरिने, नगरपालिका क्षेत्रका विद्यालय, सरकारी कार्यालयहरु, मठ मन्दिर, मदरसा, मस्जिद लगायतको ५०० मिटर भित्र पान, गुड्खा, मदिरा, सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने नीतिलाई कडाइका साथ कार्यान्वयन गरिने जस्ता कार्यक्रम सार्वसम्मत पारित भएको छ ।

भौतिक पूर्वाधार विकास सम्बन्धी नीति तथा कार्यक्रम अन्तर्गत निम्न विषयमा रहेका छन् । नगरपालिकाको व्यवस्थित एवम दिगो विकासका लागि नगर विकास गुरु योजना तर्जुमा गरी स्मार्ट सिटीको अवधारणा अनुरुप विकास गर्ने नीति अवलम्बन गरिने, नगरपालिकाबाट घोषणा भएका नगर स्तरीय गौरवका आयोजनाहरु कार्यान्वयनका लागि आवश्यक बजेट र जनशक्तिको व्यवस्था गरिने, नगरपालिका क्षेत्र भित्र सडक ढलान कार्य एवं कालो पत्रे गर्ने कार्य प्रविधिको प्रयोग गरी मात्रै गरिने, योजनाहरुको लागत अनुमान¸ मूल्याङ्कन, नापी, कार्य सम्पन्न प्रतिवेदन सबैले बुझ्ने गरी नेपाली भाषामा लागु गरिने, उपभोक्ता समितिबाट हुने निर्माण कार्यको हकमा योजनागत रुपमा नम्बरिङ्ग तथा कोडिङ्ग सिस्टम लागु गरी प्रतिवेदन प्रणालीलाई थप व्यवस्थित गरिने, शहरी योजना तथा भवन निर्माण मापदण्ड २०७२ को पुर्ण रुपमा कार्यान्वयन गरिने, मापदण्ड निर्माण हुनु भन्दा पहिला निर्माण भएका घरहरुको अभिलेखिकरण गरी अव निर्माण हुने भवनहरु नक्सापास विना बनाउन नपाउने नीतिलाई निरन्तरता दिईने, नगरपालिकाभित्र रहेका मुख्य सडक,चोक एवम् महत्वपुर्ण स्थानहरुमा विश्राम स्थल तथा सार्वजनिक शौचालय निर्माणका लागि गुरु योजना बनाइ काम अगाडि बढाइने, कमजोर सडकहरुको नियमित मर्मत सम्भार तथा स्तरोन्नति गरिने, यसको लागि एक मर्मत कोष स्थापना गरिने र कार्यविधि बनाएर खर्च गर्नु पर्ने, आयोजनाको दिगोपना, प्रभावकारीता, मितव्ययिता र कार्यकुशलता कायम गर्न मागमा आधारित सहभागिता मूलक योजना छनौट तथा कार्यान्वयन प्राणालीको अवलम्बन गरिने, सरकारी तथा नीजि भवनहरु भुकम्पीय जोखिमबाट सुरक्षीत बनाउने नीति अवलम्बन गरीनुका साथै सरकारी भवनहरु अपाङ्गमैत्री, वालमैत्री तथा ज्येष्ठ नागरिक मैत्री बनाउने नीतिलाई निरन्तरता दिइने, पुर्वाधार निर्माणमा विपद जोखिम सम्वेदनशिलतालाई मध्यनजर गरी विपद उत्थानशिल पुर्वाधार विकासमा जोड दिइने, नगरपालिका भित्रका बस्तीहरुलाई समेट्ने गरी रिङ्ग रोडको परिकल्पना गरे अनुसार नगरपालिकाभित्र आवश्यक पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिइने, नगरपालिकाभित्र रहेका विभिन्न ताल पोखरी तथा महत्वपुर्ण धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षण निर्माण एवम् सुन्दरीकरण गरी व्यावसायिक पर्यटन क्षेत्रको रुपमा विकास गरिने, नगरपालिका भित्र रहेका मेन सडक तथा नाली समेत निर्माणका लागि राष्ट्रिय मापदण्ड अनुरुप कम्तीमा २६ फुट सडक कायम गरिने, पूराना घना बस्तीहरुका सडकहरु पक्की र ढलान गरिनेछ । हालको अवस्थामा रहेका भित्री सडकहरु सून्दर र पक्की बनाईने तर पक्की घर टहरा र पर्खाल बनाउँदा कम्तीमा ४ मि ९१५ फिट छोडी नगरपालिकाको मापदण्ड अनुसार निर्माण गर्ने प्रक्रिया अगाडि बढाईने, सडक निर्माण गर्दा वायोईन्जिनियरिङ्ग तथा वातावरण मैत्री हुने गरी बनाईने, नगरपालिकाको विभिन्न ठाउँहरुमा पुल तथा कल्भर्टहरु निर्माण गरिने, स्वास्थ्य चौकी नभएका वडाहरुमा स्वास्थ्य चौकिको भवन निर्माण गरिने, नगरपालिकाभित्र रहेका अति विपन्न, गरिव आर्थिक स्थिती कमजोर र विपन्न परिवारलाई अवस्था यकिन गरी खरको छानो भएको परिवारलाई जस्ता पाता वितरण गर्ने कार्यलाई निरन्तरता दिइने, नगरपालिकाभित्र रहेका पुराना तथा जिर्ण मन्दिर, मस्जिद, पाटी पौवा आदिको संरक्षण तथा विकास गरिने, नगरपालिका अन्तरगत रहेका स्वास्थ्य संस्थाहरुबाट सन्चालित खोप क्लिनिक तथा गाउँघर क्लिनिक भवन निर्माण कार्य क्रमश गर्दै लगिने, नगरपालिका भित्र रहेका पुराना वडा कार्यालय भत्काई नयाँ कार्यालय भवनको निर्माण गरिने, १५शैयाको अस्पताल निर्माण आर्थिक वर्ष २०८०।०८१ भित्र सम्पन्न गर्ने गरी कार्य अगाडि बढाइने र संचालनको लागि आवश्यक काम कारवाही गरिने, नापी नक्सा नभएका क्षेत्रहरुको नापी नक्सा गराई बाटोघाटोको लगत कट्टा गरी सार्वजनिक कायम गरिने, एसियाली विकास बैंक को आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रम अन्तर्गत मधुवनिमा नगर बसपार्क, लिंक रोड, रिंग रोड निर्माण तथा ग्लोबल पार्क निर्माण लगायतका कार्यहरुलाई अगाडि बढाइने, नगरपालिका कार्यालयबाट संचालन हुने पुर्वधार समन्धित योजनाहरुको अनुगमन गर्नको लागि भौतिक पुर्वाधार समितको संयोजनलाई समावेश गर्न निर्णय गरिने, नगरपालिका भित्रजिर्ण अवस्थामा रहेका वडा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरुलाई आवश्यक मर्मत सम्भार गरी सुरक्षित रुपमा सञ्चालन गर्न आवश्यक पहल गरिने जस्ता व्यवस्था हुने छ ।
सामाजिक सुरक्षा तथा पञ्जीकरण सम्बन्धी नीति तथा कार्यक्रम निम्नानुसार रहेका छन् । सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी वडा सचिव र कम्प्यूटर अपरेटरहरुलाई क्षमता विकास तालिम सञ्चालन गरिने, नगरपालिकाभित्र ८० वर्ष भन्दा माथिको जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम सञ्चालन गरिने, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी बैठक, अनुगमन, घटना दर्ता सम्बन्धी बैशाखको पहिलो हप्ता घटना दर्ता सप्ताह मनाइने, बैंकका पदाधिकारी, वडा अध्यक्ष, वडा सदस्य, वडा सचिवहरुलाई व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता तथा वितरण भत्ता सम्बन्धी तालिम प्रदान गरिने, सामाजिक सुरक्षा घटना दर्ता सम्बन्धी विवरण नियमित आद्यावधिक गरी वेभसाइटमा प्रकाशन गरिने, वडाका लक्षित बर्गका कार्यक्रमहरु तथा खरिद सम्बन्धी कार्यहरु वडा कार्यालयबाटै सम्झौता तथा कार्य आदेश गरी काम गर्ने र सोको बोधार्थ अनिवार्य रुपमा नगरपालिकालाई दिनुपर्ने, बोधार्थ नदिई गरिएका लक्षित वर्गका कार्यक्रमहरुको भुक्तानी नहुने व्यवस्था लागु गरिने योजना रहेको छ ।

भाषा तथा संस्कृति प्रवद्र्धन तर्फ नीति तथा कार्यक्रम अन्तर्गन निम्न रहेका छन् । धर्म संस्कृतिको संवद्र्धन एवं गुम्बा, मठ, मन्दिर, मस्जिद आदिको संरक्षण गर्न नगरपालिका भित्र विगत देखि हुँदै आइरहेका रुमिन्देई माई मेला महोत्सव, यज्ञ, जलसा, बुद्ध जयन्ति, माघी पर्व ,खिचडी महोत्सव लगायत विभिन्न धार्मिक अनुष्ठानहरु जस्ता धार्मिक, साँस्कृतिक महत्व भएको पर्व, पुजा अर्चना, ब्रत उपवास आदिलाई व्यवस्थित रूपमा सञ्चालन गरिने, लुम्विनी र लुम्बिनी वरिपरीका पालिकाहरुको संस्कृति प्रवर्दन गर्न विश्वका विभिन्न नगरको संस्कृतिको आदान प्रदान गर्न सम्बन्ध विस्तारको नीति लिइने, लुम्बिनीको स्थानिय स्तरमा रहेका भाषा, गीत, संगीत, कला र संस्कृतिहरुको प्रदर्शन, स्थानीय खाना, पोशाक र पहिरन तथा परम्परागत सीप जस्ता स्थानीय संस्कृतिहरुलाई पर्यटकिय सेवाको रुपमा विकास गरी रोजगारी सँग आवद्ध गरिने, प्रथा परम्पराका नाममा मानव सभ्यताका लागि अभिश्रापका रुपमा रहेका विकृतिहरु निर्मुल गर्नका लागि विशेष सचेतना मुलक कार्यक्रम सन्चालनमा ल्याईने, नगरपालिका भित्रका सनातन धर्म संस्कृति एवम धार्मिक पर्यटन प्रवर्धन गर्ने किसिमका बहुवर्षिय ठुला योजनाहरुलाई निरन्तरता दिइने जस्ता योजनाहरु रहेका छन् ।

संस्थागत विकास, सुशासन तथा सेवा प्रवाह सम्बन्धी नीति तथा कार्यक्रम अन्तर्गत “शुद्ध बुद्ध ऋषि मन, समृद्ध नगर सुखी नगरवासी हाम्रो अभियान” भन्ने मान्यतालाई आत्मसात गरी नगरपालिकाबाट प्रवाह हुने सेवालाई चुस्त, दुरुस्त,सरल ,सहजर पारदर्शी बनाइने, नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुरुप स्वीकृत दरवन्दी बमोजिम पदपूर्तिका लागि प्रदेश लोक सेवा आयोगमा पठाइने, कर्मचारीहरुलाई कार्य क्षेत्रगत शर्त सहितको जिम्मेवारी प्रदान गरी सोही आधारमा कर्मचारीहरुको कार्य मुल्याङ्कन एवं कार्य सम्पादनलाई जोडिने, कामको मुल्याड्ढनको आधारमा उत्कृष्ट कर्मचारी घोषणा गरी सम्मान एवम पुरस्कारको ब्यवस्था गरिने, जनप्रतिनिधि एवं कर्मचारीको समय सापेक्ष क्षमता अभिवृद्धिको लागि अध्ययन अनुसन्धान तालिम भ्रमण अनुभव साटासाट गर्ने ब्यवस्था मिलाईने, नगरमा सम्पन्न गरिएका कार्यक्रम र सेवा प्रवाहको नागरिक संघ संस्था मार्फत सार्वजनिक सुनुवाई सामाजिक परिक्षण लगायतको कार्यलाई निरन्तरता दिईने, वार्षिक रुपमा नगरपालिकाले गरेका कामहरुको समीक्षात्मक रुपमा वार्षिक र अर्धवार्षिक समीक्षा कार्यक्रम गरी लिपिबद्ध गर्न पुस्तक प्रकाशन गरिने, नगर क्षेत्रभित्र रहेका दक्ष अनुभवी तथा विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्वहरुको सूची तयार गरी नगरपालिकाको विकास र समृद्धिमा उनीहरुको ज्ञान र अनुभवको उपयोग गरिने, लोकसेवा आयोग सार्वजनिक संस्थान, शिक्षक सेवा आयोग लगायतका प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन क्षमता विकासका लागि लोकसेवा र शिक्षक सेवा आयोगको पाठ्यक्रममा आधारित अभिमुखीकरण कक्षा सन्चालन गरिने, पदाधिकारी तथा कर्मचारीहरुलाई सुशासन, विकास तथा सेवा प्रवाहका क्षेत्रमा भएका नवीन अभ्यासहरुबारे जानकारी लिन तथा पठन संस्कृतिको विकास गर्न नगरमा रहेको पुस्तकालयलाई थप व्यवस्थित र प्रभावकारी बनाईने, न्यायिक समितिको कार्य सम्पादनलाई नागरिकले न्यायको अनुभुति गर्न पाउने गरी थप प्रभावकारी बनाईने, कर्मचारीहरुको क्षमता विकासका लागि आवश्यक तालिम र अध्ययन अवलोकन भ्रमणको ब्यवस्था मिलाईने, नगरपालिका क्षेत्रभित्र शान्ति सुव्यवस्था अमनचयन एवम् नगर कानूनको कार्यान्वयनलाई थप सहज र प्रभावकारी बनाउन नगर प्रहरी भर्ना गरी परिचालन गरिने, नगरपालिका क्षेत्र भित्र शान्ति सुरक्षा कायम गरी अपराधमुक्त समाजको निर्माण गर्न आवश्यक ठाउँम सी.सी टिभी क्यामेरा जडान गरी क्यामेराको माध्यम बाट निगरानीको व्यवस्था मिलाईने, नगरपालिकाबाट हाल सम्म भएका मुख्य मुख्य उपलब्धीहरुलाई आम नागरिकहरुमा संचार गराउन पुस्तक तथा मासिक बुलेटिन प्रकाशन गरिने, नगर सुशासन कायम गर्न सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण, सामाजिक परिक्षण तथा नागरिक सन्तुष्टि सर्वेक्षण जस्ता सुशासनका उपकरणहरुको प्रयोगमा जोड दिईने, नगरपालिकामा आउने सेवाग्राहीलाई सेवा प्रवाहमा सहजीकरण तथा थप व्यवस्थापन गर्न नागरिक सहायता कक्षको व्यवस्था गरिने, नेपालको संविधानको अनुसूची (ड) र स्थानिय सरकार संचालन, ऐन २०७४ मा उल्लेख भए बमोजिम स्थानिय तहको काम, कर्तव्य र अधिकारसँग सम्बन्धित विषयहरुमा आवश्यक पर्ने ऐन, नियम, निर्देशिका र कार्यविधि तर्जुमा, परिमार्जन, संशोधन गर्ने कार्यलाई निरन्तरता दिइने, स्थानीय सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउँदै निर्माण गरिएका ऐन कानूनहरुलाई कार्यान्वयनमा ल्याई विषयगत क्षेत्रका अत्यावश्यक कानून तर्जुमा गर्ने कार्यलाई निरन्तरता दिइने, सेवाप्रवाहलाई सरलीकृत बनाउन अधिकतम सूचना प्रविधिको प्रयोग गरिने, जनतालाई सरल विधिबाट समयमै सेवा प्रदान गर्ने गरी नगरपालिकाका शाखाहरुको स्पष्ट कार्य विवरण बनाई लागु गरिने, जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरी नगरवासीलाई सहज रुपमा सेवा प्रवाह गर्न संस्थागत सुदृढिकरण गरिने, पारदर्शिता तथा जवाफ देहिता कायम गरी नागरिकमैत्री सेवा प्रवाहको व्यवस्था गरिने, नगरपालिकाबाट जनतालाई प्रदान गरिने सेवाहरुमा छिटो छरितो, चुस्त दुरुस्त र प्रभावकारी बनाउन कम्युटरकृत सेवा प्रणालीबाट सेवा प्रवाह गरिने, नियमित रुपमा सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, सार्वजनिक लेखा परीक्षण गर्ने प्रबन्ध मिलाईने, सुचनाको हक प्रत्याभुत गराउन सुचनाको वर्गिकरण गरी नियमित रुपमा नगरपालिकाको आधिकारिक फेसबुक पेज वेवसाइट मार्फत सुचना प्रकाशन गरिने, संचारकर्मीलाई उच्च मनोबलका साथ जनतालाई सुसुचित गर्न प्रोत्साहन गरिने, जनतासँग मेयर जस्ता कार्यक्रम शुरुवात गरिने, उत्कृष्ट संचारकर्मीलाई सम्मान गर्दै पत्रकारिता मैत्री नगरपालिकाको विकास गरिने, कर्मचारीलाई काम प्रति उत्प्रेरित गर्न र मनोबल उच्च राख्न कार्य सम्पादनमा आधारित प्रोत्साहन सुविधा उपलब्ध गराइने, नगरपालिकामा कार्यरत स्थायी, अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुको लागि कर्मचारी स्वास्थ्य सुरक्षा कोष स्थापना गरिने, साथै नगरपालिका र वडा कार्यालयमा आवश्यक कर्मचारीको प्रबन्ध मिलाइने जस्ता योजना रहेको छ ।

शान्ति तथा सु–व्यवस्था सम्बन्धी नीति तथा कार्यक्रम नगरपालिकाको मुख्य मुख्य बजारमा आवश्यक अध्ययन अनुसन्धान एवम वडाको माग अनुरुप अस्थायी प्रहरी पोष्ट राखिने, सवारी दुर्घटना न्युनीकरण गर्न, ट्राफिक व्यवस्थापन तथा चोरी निकासीमा कमी ल्याउनका लागि राजमार्गका मुख्य बजारमा सी.सी.टिभी क्यामरा जडान गरिने, नगर प्रहरीको व्यवस्थापन गरी राजश्व संकलन, नगर सरसफाई, फोहोर व्यवस्थापन र नगरको शान्ति सुरक्षा र अमनचयनका लागि नगर प्रहरी भर्ना गरिने, निर्माण सामग्री थुपारी सडक असुरक्षा बढाउने, सडक पेटी तथा सडक किनारमा पसल संचालन गर्ने, सडक किनारामा गोबरको गुइठा पराल लगायत अन्य सामग्री, सडक राजमार्गमा घरपालुवा जनावर बाध्ने र छाडा छोड्ने व्यक्तिलाई कानूनी कारवाहीको दायरामा ल्याइने छ ।
योजना तर्जुमा र कार्यान्वयन सम्बन्धी नीति तथा कार्यक्रम यस प्रकार रहेका छन् । नगरमा संचालन हुने विकासलाई प्राथमिकता निर्धारण गरी संचालन गरिने, नगरपालिकामा सन्तुलित र समावेशी विकास गर्ने कुरालाई प्राथमिकता गरिने, योजनाहरु संचालन गर्दा जलवायु परिवर्तनसँग अनुकुलित हुने गरी विकास कार्यक्रम सञ्चालन गरिने, योजना संचालन गर्नु पूर्व उपभोक्ता समिति एवम सम्बन्धित निकायलाई अभिमुखीकरण कार्यक्रम संचालन गरिने कार्यक्रम रहेका छन् ।

गरीवी निवारण तथा रोजगार सम्बन्धी नीति तथा कार्यक्रममा स्थानीय सिप स्रोत साधन एवम प्रविधिको प्रयोगलाई बढावा दिई व्यवसायिक उत्पादन तर्फ अग्रसर गराउने कार्यक्रम संचालन गरिने, सीपमूलक तालिमलाई प्रोत्साहन गरी घरेलु उद्योग संचालन गरिने, लघु उद्यम विकास कार्यक्रम मार्फत सीपमूलक तालिम संचलान एवम प्रविधि हस्तान्तरण गरी रोजगार सिर्जना गर्न आवश्यक पहल गरिने, महिला आदिवासी जनजाती थारु मुस्लिम दलित अल्पसंख्यक एकल महिला विपन्न समुदायलाई लक्षित गरी कार्यक्रमहरू संचालन गरिने, गरिब र विपन्न महिलाहरुलाई माला र धुप तालिम सञ्चालन गरी नगरपालिका भित्र रहेका धुप र माला पसललाई उक्त महिलाहरुले उत्पादन गरेको धुप र माला खरिद गर्नको लागि पहल गरिने, ढाका बनाउने तालिमको संचालन गरी ढाकाबाट बन्ने विभिन्न किसिमका कपडाको पर्यटन माझ बजारिकरण र प्रवद्र्धन गरिने साथै ढाकाको खादा बनाउन सिकाई नगरपालिका भित्र आवश्यक पर्ने विभिन्न कार्यक्रममा खादाको प्रयोग उक्त सहभागीबाट निर्मित खादाको प्रयोग गर्ने भनी सुचना प्रकासित गरिने, प्रधानमन्त्री रोजगार कार्यक्रममा बेरोजगार व्यक्तिहरुलाई सुचिकृत हुन प्रोत्साहान गर्ने खालका कार्यक्रम संचालन गरिने, प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत व्यक्तिहरुको लागि तालिम लगायत सीपमूलक कार्यक्रम संचालन गरिने, वेत बाँस र बाँसबाट खेलौना, मुढा, कुर्सी, सोफा, टेवल, दराज तथा स्थानीय मुज घाँस बाट तयार हुने ढकिया मौनी जस्ता सामग्री निर्माणको लागि तालिम सञ्चालन गरिने, लघु उद्मम विकास कार्यक्रम बाट सञ्चालित कुखुरा पालन र बाख्रापालन तालिमका सहभागीहरुलाई स्तरोन्नति कार्यक्रम सञ्चालन र प्रविधि हस्तान्तरण गरी प्रोत्साहन गरिने, कार्यक्रम सञ्चालन पश्चात अनुगमन समितिले अनुगमन गरी कार्य सञ्चालन र व्यवसाय सञ्चालन गर्दा हुने कठिनाई, समस्या आदिको अध्ययन गरी समाधानको लागि पहल गरिने र उत्कृष्टलाई पुरस्कृत गरी प्रोत्साहन गरिने, वडा नं १२ मा रहेका माटोका विभिन्न भाँडा बनाउनेहरुलाई आधुनिक प्रविधि हस्तान्तरण गरी व्यवसाय दर्ता गराई करको दायरामा ल्याइने, गरीव घरधुरी परिचय पत्र वितरण गरी लक्षित कार्यक्रममा उक्त तथ्यांकमा संलग्न नामावली विवरणलाई समावेश गरिने, नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पारित भएको गरिबी निवारणको लागि लघु उद्मम विकास कार्यक्रमको संचालन निर्देशिका २०७७ भित्र रहेको नीति नियम तथा ऐनको अधिनमा रही कार्यक्रमहरु संचालन गरिने जस्ता कार्यक्रम गर्ने योजना रहेको छ ।

राजस्व सम्बन्धी नीति तथा कार्यक्रममा नगरपालिकाको राजश्व सुदृढीकरण तथा परिचालनलाई भरपर्दाे बनाउनका लागि विस्तृत अध्ययन गरी सुझावहरु सिफारिस गर्न राजश्व विज्ञहरुको सम्मिलित समिति गठन गरिने, नगरपालिकाभित्र सञ्चालित व्यापार व्यवसायलाई करको दायरामा ल्याउन व्यवसाय दर्ता तथा नबीकरण शिविर संचालन गरिने, सुचिकृत हुन आउने व्यवसायिक फर्म, निर्माण व्यवसायीलाई तोकिएको शुल्क लिएर मात्र सुचिकृत गरिने, नगरपालिका क्षेत्रभित्र रहेका नदीजन्य पदार्थहरुको निकासी गरी राजश्व वृद्धि गर्न आवश्यक व्यवस्था मिलाईने, माटो उत्खनन तथा ईट्टाभट्टा व्यवसायको अनुगमन गरी कानूनको दायरामा ल्याईने, नगरपालिकाको अधिकार क्षेत्रभित्र रहेको पर्यटन शुल्कलाई असुली गर्न लुम्बिनी विकास कोष लगायत अन्य सरोकारवाला निकायसँग समझदारी र सहकार्यका लागि पहल गरिने, कर तिर्ने सोच तथा बानी विकासका लागि करदाता शिक्षा अभियान सञ्चालन गर्ने, नगरपालिकामा राजश्व बुझाउन ई.पेमेन्टको व्यवस्था गरिने, सबै भन्दा धेरै कर दाखिला गर्ने करदातालाई उत्कृष्ट करदाताको रुपमा पुरस्कृत गरिने, नगरबासीलाई कर तिर्नु बोझ नभई आफ्नो दायित्व र कर्तव्य हो भन्ने कुरा प्रत्याभुती गराउन कर प्रशासनका सर्वमान्य सिद्धान्तका आधारमा हरेक क्षेत्रमा प्रगतिशील कर प्रणाली अवलम्बन गरी करको दर भन्दा दायरालाई प्राथमिकता दिई सोही अनुसार करका नीतिहरु तय गरिने, राजश्व सम्भाव्यता अध्ययन गरी राजश्व परिचालनका थप स्रोतहरुको पहिचान गरिने, सम्पत्ति करलाई आन्तरिक आयको मूल स्रोतको रुपमा विकास गरिने, स्थानीय तहलाई प्राप्त घर बहाल करलाई थप व्यवस्थित गर्न सम्बन्धित वडा कार्यालयले टोल विकास संस्थाको समन्वयमा लगत तयार गर्ने र स्रोतसाधन सहित घरबहाल कर उठाउने व्यवस्था गरिने, घरबहाल करमा बहुदर प्रणाली लागू गरिने, टेम्पो, अटो रिक्सा तथा रिक्साहरुलाई करको दायरामा ल्याउनको लागि पहल गरिने, नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण होटल व्यवसायीहरुलाई व्यवसाय करको दायरामा ल्याउनलाई पहल गरिने, वडा सचिव तथा कम्प्यूटर अपरेटरहरुलाई राजश्व संकलन गर्न सुत्र सप्टवेयरको प्रयोग गरी राजश्व संकलन गर्ने तालिमको व्यवस्था गरिने योजना रहेको छ ।

कृषि विकास सम्बन्धी नीति तथा कार्यक्रममा बैदेशिक रोजगारमा जान खोजिरहेका युवाहरुलाई कृषि पेशामा आकर्षित गर्न व्यावसायीक बाली सघनता अपनाएर आवश्यक तालिम, मल, बीउबिजन र माटो सुधार गरी उत्पादन तथा उत्पादकत्व बृद्धि गर्नको लागि हरियो मलको व्यवस्था गराई कृषि पेशामा रोजगारीको सिर्जना गरिने, कृषकहरुको मागमा आधारित अनुदान कार्यक्रम बीउ बिजन, जैविक मल, बिषादीहरु, कृषि यन्त्र उपकरणहरु कृषक समुहहरुलाई अनुदानको व्यवस्था मिलाईने, स्थानीय सम्भावनाका आधारमा एक वडा एक उत्पादन पकेट क्षेत्र र नमूना कृषि फर्मलाई अगाडि बढाईने, खाद्य सुरक्षा ,खाद्यस्वच्छता प्रवद्र्धन तथा नियमन गर्ने कार्यविधी तयार गरी कार्यान्वयन गरिने, कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न कृषि पेशाको व्यवसायीकरण एवम प्रविधिकरणका लागि विकसित प्रविधिहरुको विषयमा तालिम संचालन गरी कृषि पेशालाई आकर्षक र सम्मानजनक पेशाको रुपमा स्थापित गराईने, अत्याधिक रुपमा प्रयोग हुँदै आएको रसायनिक विषादीलाई निरुत्साहित गरी प्रत्येक वडामा बाली संरक्षण कार्यक्रम अन्तर्गत आकस्मिक सेवा, बाली उपचार, घुम्ती शिविर, जैविक विषादी सम्बन्धी तालिम जनचेतनामुलक क्रियाकलापहरु जैविक खेतीलाई जोड दिईने, उत्पादन तथा उत्पादकत्व बृद्धि गर्नको लागि कृषक पाठशाला, कृषक तथा प्राविधिक विच अन्तरक्रिया गोष्ठि, भूमिगत तथा सतह सिंचाईमा विशेष जोड दिईने, स्थानीय प्रजातिका कालानिमक धानबाट उत्पादित चामलको प्याकेजिङ्ग र ब्रान्डिङ्ग गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय वजारमा बिक्रि वितरण गर्न नीजि क्षेत्र र कृषक समुहलाई विशेष प्रोत्साहन गरिने, एक घर एक करेशाबारी एवंम पाँच कठ्ठा भन्दा माथि व्यवसायिक फलफुल खेति गर्ने कृषकहरुलाई विशेष अनुदानको ब्यवस्था मिलाईने, कृषि कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्नको लागि नगरस्तरीय कृषक संजाल गठन गरिने, भर्मिक कम्पोष्ट मललाई प्रभावकारी रुपमा अगाडि बढाइने, नगरपालिकालाई बिऊमा आत्मनिर्भर बनाउन बिज बृद्धि कार्यक्रमलाई अगाडि बढाइने जस्ता कृषि सम्बन्धी नीति तथा कार्यक्रम रहेका छन् ।

पशु सेवा सम्बन्धी नीति तथा कार्यक्रम अन्तर्गत पशुजन्य उत्पादनको लागत मुल्य घटाउनुको साथै स्वस्थ पशुपालन प्रणलीको विकास गर्न घाँस विकास कार्यक्रम प्राथमिकताका साथ संचालन गर्नका लागी अनुदानमा घाँसको विउ वितरण गरिने, पशु उत्पादन तथा उत्पादकत्वमा बृद्धि गर्न नश्ल सुधार कार्यक्रम प्राथमिकताका साथ संचालन गर्न कृत्रिम गर्भाधान सेवा र उन्नत प्रजातिका बाख्रा एवं बोका अनुदानमा वितरण गरिने, खुला सिमाना भए सँगै सरुवा रोगको उच्च जोखिम भएकोले खोप सेवा कार्यक्रम उच्च प्राथमिकताका साथ संचालन गरिने, वर्डफ्लु, खोरेत, पि.पि.आर. जस्ता विषाणु युक्त रोगहरु जुनसुकै बेला आउट ब्रेक हुन सक्ने सम्भावना भएकोले आकस्मिक पशुपंक्षी रोग निवारण कोष स्थापना गरिने, पशु स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क पशु स्वास्थ्य शिविर, वाझोपन निवारण शिविर संचालन गरिने, कृषकहरुलाई सीप हस्तान्तरण द्वारा आधुनिक पशुपालन पद्धति विकास पशु विकासका लागि पशु उद्यमी कृषकलाई विभिन्न तालिमको व्यवस्था गरिने, पशुपालन क्षेत्रको विकासमा कृषक समुह, समिति, सहकारी, गैर सहकारी संस्था र नगरपालिका बीच साझेदारी गरिने, दलित, जनजाति तथा विपन्न वर्गलाई विशेष प्राथमिकताका साथ कार्यक्रम तर्जुमा गरिने, व्यवसायिक पशुपंक्षी तथा मत्स्य पालक कृषक समुह, फर्महरुको लागि अनुदानमा फर्म प्रवद्र्धन तथा प्रोत्साहन कार्यक्रम संचालन गरिने, नगरपालिकामा दुध तथा दुग्धजन्य पदार्थमा आत्म निर्भर बनाउदै लैजाने र डेरी पकेट कार्यक्रमलाई प्राथमिकताका साथ संचालन गरिने, दूधको फैट जाँचको आधारमा न्युनतम समर्थन मुल्य तोकिन, पशुपंक्षी पालनमा जोड दिई मासु आयात रोकि निर्यातमा जोड दिईने, व्यवसायिक पशुपालन मार्फत रोजगार सृजना गरि युवाहरुलाई नगर भित्रै स्वरोजगार बनाउनका लागि प्रतिस्पर्धी अनुदान उपलब्ध गराई युवा लक्षित पशुपालन कार्यक्रम संचालन गरिने, व्यवसायिक माछापालन कार्यक्रमलाई प्रवद्र्धन गर्न सार्वजनिक पोखरीहरुको ठेक्का बन्दोबस्त मिलाईने, व्यवसायिक तथा व्यवस्थित माछा पालनलाई प्रोत्साहित गरिने, स्थानीय सम्भाव्यताका आधारमा माछापकेट कार्यक्रम संचालनमा जोड दिईने, पशुपंक्षी बिमाको बारेमा अध्ययन गरी प्रिमियम अनुदानको व्यवस्था मिलाईने, पशु हाटबजारलाई थप व्यवस्थित गरिने, शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी विकास कोषको पर्खाल वरिपरि पशु वध गर्न नपाईने व्यवस्था मिलाई प्रभावकारी कार्यान्वयन गरिने, नगरपालिका क्षेत्र भित्र खुला रुपमा पशु वध गर्न नपाईने व्यवस्था कार्यान्वयन गरिने, नगरक्षेत्र भित्र रहेका मासु व्यवसायीहरुको नियमित रुपमा अनुगमन गरी स्वस्थ र स्वच्छ मासु विक्री वितरण गराउन आवश्यक पहल गरिने, नगर क्षेत्रभित्र पशु बधशाला स्थापनाका लागि आवश्यक परियोजना तयार गरी संचालनमा ल्याउन निजीक्षेत्रलाई आकर्षित गरिने कार्यक्रम रहेका छन् ।

विपद व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रम अन्तर्गत विपद व्यवस्थापन कोषमा आवश्यक रकमको व्यवस्था गरी परिचालन गरिने, स्थानीय विपद व्यवस्थापन समितिलाई क्रियाशील बनाइ विपद पूर्ब तयारी तथा प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयनमा ल्याईने, विपद व्यवस्थापनको लागि खोज तथा उद्धार सामग्रीहरुको व्यवस्थापन गरी विपदमा परेका व्यक्तिहरुलाई यथाशीघ्र सेवा प्रदान गरिने, विपदमा परेका व्यक्तिहरुलाई राहत सामग्री वितरण तथा अवस्था हेरी विपद व्यवस्थापन कोषबाट नियमानुसार १० देखि १५ हजार सम्म आर्थिक सहयोग प्रदान गरिने, विपद व्यवस्थापनमा तत्काल उद्धारका लागि क्यूक रिस्पोन्स टिम गठन गरी आवश्यक तालिम प्रदान गरिने, विपद व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाल रेडक्रस सोसाईटी लगायतका गैरसरकारी सास्थाहरु समेतसँग समन्वय गरी उद्धार र राहत कार्यलाई अगाडि बढाईने, विपदमा परेका व्यक्तिहरुलाई राहत सामग्री वितरणका लागि आवश्यक भण्डारणको व्यवस्थामा जोड दिईने, प्रत्येक वार्डमा गठित वार्ड स्तरीय विपद व्यवस्थापन समितिलाई सक्रिय एवम क्षमतावान बनाईने, सामुदाय स्तरमा विपदबाट सुरक्षित रहने उपायहरुको बारेमा आवश्यक सचेतना मूलक तालिमको व्यवस्था गरिने, एम्बुलेन्स र दमकललाई २४ घण्टा सञ्चालनमा ल्याउन चालक र सहयोगी कर्मचारीलाई तयारी अवस्थामा राखिने, विपद एवम जलवायु परिवर्तन न्युनीकरणका लागि तटबन्ध निर्माण, बृक्षारोपण, प्लास्टिक शून्य तथा समृद्धिका लागि वन जस्ता कार्यक्रमलाई अगाडि बढाई कार्यान्वयनमा ल्याईने, नगरपालिकामा स्थानीय आपतकालीन सञ्चालन केन्द्र स्थापना गरी कार्यान्वयनमा ल्याईने छ ।

लैँगिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी नीति तथा कार्यक्रमहरु निम्न रहेका छन् । समताको आधारमा आयमूलक, रोजगारमूलक र कार्यमूलक तालिम व्यवस्था गरी क्षमता विकास गरिने, महिला, आदिवासी, जनजाती, थारु, मुस्लिम, दलीत, यौनीक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा विपन्न समुदायलाई लक्षित गरी उनीहरुको क्षमता विकास, शसक्तिकरण र उत्थानमा सहयोग पुग्ने कार्यक्रमहरु संचालन गरी मुलप्रवाहमा ल्याइने, सबै किसिमका सामाजिक विभेद लैङ्गिक, जातीय, क्षेत्रीय, धार्मिक, भाषिक साँस्कृतिक जस्ता शोषणहरुलाई निषेध एवं आर्थिक विभेदलाई निरुत्साहित गरिने, लैङ्गिक तथा घरेलु हिंसा, यौनशोषण, दुव्र्यवहार, बालविबाह लगायत जोखिममा परेका बालबालिका , अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा योनीक अल्पसंख्यकलाई दृष्टिगत गरी अवसर सहित प्रवर्धन सम्बन्धी विशेष कार्यक्रम संचालन गरिने, परम्परागत पेशा, सीप र व्यवसायलाइ प्रोत्साहित गरिने, गरिवी न्युनीकरण एवं समावेशी विकासबाट सामाजिक विभेद कम गर्दै लगिने, लैङ्गिक हिंसा निवारणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गरिने, हिंसा पिडित महिलालाई मनोसामाजिक परामर्श तथा पूनस्र्थापनाका लागि आवश्यक प्रबन्ध गरिने, लैङ्गिक हिंसा विरुद्ध न्याय प्राप्ति प्रकृया बारे अवगत गराउन महिला कानुनी साक्षरता अभियान सञ्चालन गरिने , नगरपालिकाको न्यायिक समितिमा आउने महिला हिंसा सम्बन्धी उजुरीहरु सुनुवाईका लागि महिला मैत्री वातावरण मिलाइने, महिला शसक्तिकरण शिक्षामा महिलाको पहुँच, महिला हिंसा, अन्ध विश्वास र रुढीवादी प्रथाका विरुद्धमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने , महिला माथि हुने आर्थिक, सामाजिक, घरायसी भेदभाव, बालविवाह र अनमेल विवाहलाई निरुत्साहित गर्न बालिका सुकन्या धन योजना र मेयर कन्या विवाह योजना कार्यक्रमलाई निरन्तरता दिईने, अपाङ्ग लक्षीत कार्यक्रमलाई निरन्तरता दिईने, सामाजिक विकृति, दाइजो, र बाल बाल विवाह जस्ता कुप्रथाको निरुतसाहन गरिने, वर्गको अपाङ्गता भएका व्यक्तिलाई मासिक रु ५०० सामाजिक सुरक्षा भक्ताको व्यवस्था गरिने जस्ता नीति तथा कार्यक्रम रहेका छन् ।

खानेपानी तथा सरसफाइ सम्बन्धी नीति तथा कार्यक्रम अन्तर्गत नगरपालिकाको सबै वडाहरूमा स्वच्छ तथा सुरक्षित खानेपानीको उपलब्धतामा जोड दिइने, खानेपानी तथा सरसफाइ योजनालाई निरन्तरता दिइने, खानेपानी तथा सरसफाइ क्षेत्रमा लगानी तथा कार्य गर्न चाहने हरेक निकायले नगरपालिकाको योजना अन्तर्गत रहेर मात्र कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाइने, प्रत्येक वडामा कम्तीमा एउटा खानेपानी ओभरहेड ट्याङकी बनाई खानेपानी वितरण गर्न पहल गरिने, आर्सेनिक तथा किटाणु युक्त पानीको प्रयोग हटाई सुरक्षित खानेपानीको प्रयोग, व्यक्तिगत सरसफाई, फोहोरमैला व्यवस्थापन रसुरक्षित शौचालय प्रयोगका लागि जनचेतना मूलक कार्यक्रम तथा तालिम सञ्चालन गरिने, टोल विकास सँस्थाहरुलाई फोहोरमैलाको वर्गिकरण¸ सङ्कलन, प्रशोधन एवं पुनः प्रयोग सम्बन्धी तालिम प्रदान गरी गाँउ टोलमा पूर्ण सरसफाई अभियान चलाइ फोहरमैलाको व्यवस्थापन गरिने, नगर क्षेत्र भित्र उत्सर्जित फोहोरमैला व्यवस्थापन गर्न संभाव्यता अध्ययन गरी सार्वजनिक निजि साझेदारीको अवधारणा अनुरुप व्यवस्थापन गरिने, टोल विकास सँस्थाहरुको समन्वयमा नगर क्षेत्र भित्रका हरेक टोल¸ वस्ती¸ विद्यालय तथा सार्वजनिक क्षेत्र एवँ संघ संस्थाहरुलाई स्वच्छ सफा र हराभरा बनाउन स्वच्छ नगरः स्वस्थ नागरिक नारा सहित मेयर नगर सरसफाई अभियानको रुपमा सरसफाई कार्यक्रम सञ्चालनमा निरन्तरता दिईने, पशुपन्छी तथा भान्सा जन्य कुहिने वस्तुहरुको पहिचान गरी प्राङ्गारिक मल बनाउन प्रोत्साहन गरिने, कुनै पनि निकायबाट खानेपानीको हैन्डपम्प जडान गर्दा कम्तीमा १६० फिट गहिरो हुने गरी र नगरपालिकाको अन्य मापदण्ड अनुसार गर्ने गरी व्यवस्था गरिने, घोषित खुला दिसामुक्त क्षेत्रको अनुगमन गरी सुधार गरिने, गाँउ टोलमा पूर्ण सरसफाई अभियान चलाइने, शौचालय प्रयोगमा निरन्तरता ल्याउन जनसमुदायलाई प्रोत्साहन गरिने, बिद्यालय मार्फत सरसफाईका कार्यक्रमहरु प्रिचालन गराउन जनचेतनामुलक कार्यक्रम संचालन गरिने, वाश शाखालाई तोकिए बमोजिम निरन्तरता दिइने र वास कार्यक्रमलाई अगाडि बढाउँदै लैजाने, नगरपालिका भित्रको मुख्य—मुख्य चोकहरुमा क्रमशः सार्बजनिक शौचालय तथा खानेपानीको निर्माण गर्ने, नगर भित्र रहेका स्वास्थ्य चौकीहरुमा शौचालय, खानेपानी तथा त्यहाँबाट निस्किने फोहोरमैलाको व्यवस्थापन गरिने,नगरभित्र सरसफाइकर्मी नियुक्त गरी परिचालन गरिने, नगरपालिका भित्र निस्केका विभिन्न किसिमका फोहरमैलाको वर्गीकरण सँकलन तथा फोहोरमैला व्यवस्थापनको लागि डम्पिङ्ग साइटको छनौट गरी सोको व्यवस्थापन कार्य आधुनिक एवँ वैज्ञानिक ढँगले गरी परिचालनमा ल्याइने, हरेक किसिमका फोहोर सँकलनका लागि चोक चोकमा डस्टबिनको व्यवस्थापन गरिने, नगरपालिकालाई प्लास्टिक शून्य बनाउन अभियान चलाईने नीति रहेको छ ।

पर्यटन सम्बन्धी नीति तथा कार्यक्रमलाई हेर्दा निजी क्षेत्र र पर्यटनका क्षेत्रमा काम गर्ने संघ संस्था लुम्बिनी होटल संघ समेतको सहभागितामा नगरभित्र पर्यटनका सम्भावना पहिचान गरी पर्यटक आकर्षण गर्न मौलिक, संस्कृतिको विकास र प्रवद्र्धन गर्ने गरी पर्यटन पुर्वाधारको विकास गरिने, लुम्बिनीः शान्ति र ज्ञानको जननी भन्ने नाराका साथ राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा निरन्तर प्रचारप्रसार गरिनेछ।नगर कार्यपालिका कार्यालय अन्तर्गत स्थापित लुम्बिनी सांस्कृतिक पर्यटन सुचना केन्द्रलाई सरोकारवालाहरु लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघको समन्व र सहकार्यमा थप व्यवस्थित र प्रभावकारी रुपमा संचालन गरिने, लुम्बिनी क्षेत्रको पर्यटन विकास एवं बुद्ध जन्मस्थलको प्रचारप्रसार र बुद्धको जीवनी सँग सम्बधित विषयमा लुम्बिनी विकास कोष, लुम्बिनी बौद्ध विश्व विद्यालय र लुम्बिनी होटल संघ सँग समेत समन्वय र सहकार्य गरि अध्ययन अनुसन्धान गरिनेछ र पर्यटन प्रवद्र्धन सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गरिने, नगरपालिका भित्र रहेका ऐतिहासिक¸ पुरातात्विक एवं साँस्कृतिक महत्वका सम्पदाहरुको खोजी¸ पहिचान, संरक्षण एवं प्रचारप्रसार र सम्वर्धन गर्ने र पर्यटन सामाग्री निर्माणका लागी विज्ञहरुको परिचालन गरिने, लुम्बिनी प्रदेश सरकारले लुम्बिनीलाई केन्द्रमा राखेर आर्थिक वर्ष २०८०।०८१ का निम्ति नीत तथा कार्यक्रम कार्यक्रम र बजेटमा समावेश गरेको लुम्बिनी भ्रमण दशक, वृहत बुद्ध सर्किट, लुम्बिनीको माटो पानी प्रयोग गरी कोसेली उत्पादन, रैथाने खानाको गुणस्तर वृद्धि र बजार प्रवद्र्धन, लुम्बिनी भ्रमणमा आउने तीर्थ यात्रीहरु र पर्यटकको बसाइ अवधि लम्ब्याउने लगायतका कार्यक्रमहरुमा नगरपालिकाले समन्वय र सहकार्य गर्ने, नगरकार्यपालिकामा मुख्य केन्द्र रहेको लुम्बिनी बौद्ध विश्वविद्यालय सँग नगरवासीहरुको हित, कल्याण, शिक्षा तथा ज्ञानका क्षेत्रमा श्री बृद्धि हुने गरी , साथसाथै पर्यटन र संस्कृतिका क्षेत्रमा मिलेर काम गर्न आवश्यक सहयोग कायम गरिने, बौद्ध सांस्कृतिक संवेदनशीलताको विकास, बौद्ध आध्यात्मिक वातावरण निर्माणका माध्यमबाट लुम्बिनीको पर्यटन विकास गर्न सार्वजनिक निजी साझेदारी मार्फत परियोजना सञ्चालन स् लुम्बिनीमा अधिकतम रोजगारी र स्वरोजगारीको सृजनामा बल पुग्ने, पर्यटकको बसाइ अवधि लम्ब्याउन सहयोग पुग्ने बिबिध परियोजना र कार्यक्रम सञ्चालन गर्न सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहित गर्ने नीति लिइने, ईकोगार्डेन निर्माण, वेटल्याड संरक्षण, पोखरी संरक्षण र सौन्दर्यीकरण गरी विभिन्न प्रजातिका चराहरुको आगमन र बसाईमा जोड दिईने, पूर्वाधार विकास गरी आमा बनबाटिकालाई पर्यटन केन्द्र को रुपमा विकास गरिने, लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन र पर्यटकीय विकेन्द्रिकरण गर्नको लागि लुम्बिनी विकास कोष, लुम्बिनी होटल संघ र अन्य सरोकारवालासँग आवश्यक समन्वय र सहकार्य गरिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई नगर क्षेत्रभित्र रहेका पर्यटकीय स्थल तथा सेवा सम्बन्धी जानकारी गराउन स्थापित पर्यटन सूचना केन्द् स्थापना गरि आवश्यक जनशक्ति र स्रोत साधनको प्रवन्ध गरिने, लुम्बिनी क्षेत्रको हस्तकलाको प्रवद्र्धन र विकास र बजारिकरणका लागि क्षमता विकासका कार्यक्रम संचालन गरिने, लुम्बिनीको इतिहास र पहिचान सँग जोडिएको रुमिन्देइ माई मेलालाई थप व्यवस्थित र मर्यादित बनाई आन्तरिक पर्यटन प्रबद्र्धन गरिने, लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी, होटेल संघ, उद्योग बाणिज्य संघ तथा अन्य सरोकारवालाहरु समेतको सहभागितामा लुम्बिनी सडक खाना महोत्सव आयोजना मा समन्वय रसहकार्य गरिने, नगरक्षेत्र भित्र रहेका टोल विकास संस्था समेतको समन्वयमा होम स्टे सेवा सञ्चालन गर्न मापदण्ड बनाई व्यवसाय दर्तामा पूर्ण छुट सहित प्रोत्साहनको व्यवस्था गरिने, पर्यटन विकासका लागि लुम्बिनी देखि भारतको बोधगया, सारनाथ, श्रावस्ती, कुशीनगर, अयोध्या सिटि सँग सम्पर्क, समन्वय र सम्बन्ध विस्तारमा पहल गरिने, प्रर्यटन प्रवद्र्धन र विकासका लागी लुम्बिनी विकास कोष, लुम्बिनी गार्डेन फाउन्डेसन नेपालरस्पेन र लुम्बिनी क्षेत्र वरिपरिका पालिक र सहकार्य पालिकाहरु सँग समन्वय र सहकार्य गरिने, नगरपालिकामा रहेका नदीकिनारा, ताल तलैया, पोखरीको सुन्दरीकारण एवं आधुनिक पार्कहरू निर्माण गर्न पहल गरिने, लुम्बिनी क्षेत्रको पर्यटकीय स्थल एवं साँस्कृतिक सम्पदाको बारेमा जानकारी गराउन एवं पर्यटकहरुलाई सहजीकरण गर्न स्थानीय टुरिसट गाईड तयार गर्न लुम्बिनी होटल संघ एवं पर्यटन व्यवसायीहरु सँगको सहकार्यमा तालिमको व्यवस्था मिलाइने, लुम्बिनीको पर्यटन प्रवद्र्धन र विकासमा सहकार्य सस्था लुम्बिनी गार्डेन फाउण्डेसन स्पेन र नेपाल र ईन्द्रेणी सास्कृतिक सघ टेक्सास अ्मेरिका र सन्स्थागत सम्बन्ध कायम भएका राष्ट्रिय अन्तराष्ट्रिय सिटि र पालिका सङ्ग समन्वय, सहकार्य र अनुभवको आदान प्रदान गरिने, नगरपालिकाको पर्यटन सुचना केन्द्रमा लुम्बिनी भ्रमण दशक सफल पार्न आवश्यक भौतिक तथा मानवीय स्रोतको व्यवस्थापन गरिने छ ।

वन, वातावरण, जलवायु तथा भू संरक्षण सम्बन्धी नीति तथा कार्यक्रम नगरपालिका क्षेत्रमा निजी तथा सामुदायिक वन, खाली तथा बाँझो जग्गामा व्यापक बृक्षारोपण कार्यक्रममा बिशेष जोड दिईने, जलवायु परिवर्तनका असरहरु न्युनीकरण तथा अनुकूलनका लागि स्थानीय सम्भाव्यताका बालीनाली लगाउन प्रोत्साहन गरिने, नदी यिन्त्रण तथा श्रोत स‘ँरक्षणका लागि आवश्यकता अनुसार तटबन्ध निर्माण तथा बाताबरण सँरक्षणका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्दै लगिने, नदी कटानलाई नियनत्रण गर्न बायो ईन्जिनियरिङ्ग अवलम्बन गरिने, तेलार नदी, कोठी नदी र कोइलिहवा नदीमा ठाउँ ठाउँमा आवश्यकता अनुसार बाँध निर्माण गरी पानीको रिचार्ज र सिँचाईको वयवस्था गरिने, नगरपालिका क्षेत्र भित्रका घरहरुमा जडीबूटी, औषधीजन्य विरुवा तथा निजी वन लगाउनेलाई प्रोत्साहन गरिने, ५० लाख भन्दा माथिका आयोजनाहरुमा अनिवार्य रुपमा वातावरणीय प्रभाव मूल्याङ्कन ई.आई.ए गरिने, नगरपालिका भित्र चराचुरुङ्गी लगायतका जीवजनतु एवम् बोट विरुवाका प्रजातिहरुको सँरक्षण एवँ पारिस्थितिक प्रणालीलाई जोगाई राख्न वातावरण तथा सिमसार क्षेत्रको संरक्षण गरिने, नगरपंक्षीको रुपमा रहेको सारसको संरक्षण गर्नको लागि नगरपंक्षी संरक्षण कार्यक्रम सञ्चालन गरिने, नगरलाई ग्रिन एण्ड क्लिनको रुपमा विकास गर्न सर्बजनिक जग्गाको संरक्षण गरी नीजि तथा सामुदायिक वन विकास तथा नर्सरीका लागि प्रक्रिया अगाडि बढाई कार्यान्वयनमा ल्याइने, पर्सा महिलवार तथा खुनगाई जस्ता महत्वपूर्ण बजार क्षेत्रहरुमा धुवा, धुलो र फोहरमैला रहित बनाउनका लागि आवश्यक व्यवस्था गरिने, ट्राफिक प्रहरीको समेत समन्वयमा सवरी साधनको प्रदूषण मापन गरी ताकिएको मापदण्ड लागू गरिने, वातावरणलाई जोगाई राख्न कम्तीमा एक घर एक विरुवाको अवधारणा ल्याईने तथ्यांक प्रणाली सम्बन्धी नीति तथा कार्यक्रममा नगर क्षेत्र भित्र निर्माण हुने योजना तथा निर्णय प्रक्रियालाई वस्तुगत तथ्यांकमा आधारित तुल्याउन नगर प्रोफाइललाई पूर्णता र अध्यावधिक गरिने, व्यवस्थित गाउँ तथाशहर निर्माणको लागि डिजिटल हाउस नाम्बरिंगको कार्य अगाडी बढाइने, समग्र पूर्वाधार विकासको लागि आर्थिक मुल्यांकनको प्रक्रिया अगाडी बढाउन नगरस्तरिय तथ्यांक संकलनको प्रक्रिया अगाडी बढाइने, सार्वजनिक निजि साझेदारीका आधारमा संचालन गर्न सकिने योजनाहरुको अभिलेखीकरण गरि कार्यान्वयन गर्ने नीति लिइने, नगरको तथ्यांक र अभिलेखलाई व्यवस्थित गर्न नगरपालिकाका सबै प्रकारका आवश्यक सूचनामूलक सामग्रीको दस्ताबेजिकरण गर्नुका साथै सूचना प्रविधि शाखा रयोजना शाखालाई तथ्यांक भण्डारण गर्ने शाखाको रूपमा विकशित गरिने,
सूचना प्रविधि सम्बन्धी नीति अन्तर्गत कार्यालयमा अफिस आटोमेसनसिस्टम सन्चालनमा प्राथमिक्ता दिईने, स्थानिय सरकारवाट प्रधान गरिने सेवालाई जनउत्तरदाई बनाऊन नगरपालिका र प्रत्येक वडाकार्यालयहरुमा डिजिटलनागरिक वडा पत्र, हेल्प डेस्क, नागरिक भेला, सार्वजनिक सुनुवाई र कार्यप्रणालीलाई पारदर्शी बनाईने, नगरपालिकाका मुख्य चोकहरुमा ऋऋत्ख् ऋबmभचबजडान गरि शान्ति सुरक्षा प्रभावकारी बनाईने, नगरपालिका तथा सबै वडा कार्यालयहरुमा साथै सामुदायिक विद्यालयहरुमा विद्युतीय हाजिरी जडान गरि क्यातधबचभ को माध्यमवाट नगरपालिकाबाटै अनुगमन गर्ने व्यवस्था मिलाईने, नगरपालिकाबाट प्रदान गरिने सेवालाई जनतासमक्ष् छिटो छरितो रूपमा पुर्याउन मोबाइल एपलाई प्रभावकारी बनाइने, सूचना प्रविधि शाखालाइ विभिन्न कार्यक्रममा फोटो खिच्न आवश्यक परेकोले राम्रो क्याम्राको व्यवस्था गरिने, नगरपालिकाको लागि डिजिटल होडिंग बोर्डको व्यवस्था गरिने, सूचना प्रविधि शाखालाइ दराज, ल्यापटप आदिको व्यवस्था गरिने नीति ल्याउने छ ।

राष्ट्रिय अन्तर्राष्ट्रिय समन्वय, सहकार्य र सम्बन्ध विस्तार सम्बन्धी नीति तथा कार्यक्रममा नगरको समग्र विकासलाई केन्द्रमा राखी विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म भएको र विश्व सम्पदामा सुचिकृत स्थल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पालिका र सि.आई.टी.वाई सरकारी एवं गैर सरकारी संघ संस्था बीच भगिनी सम्बन्ध तथा सह९सम्बन्ध कायम गरिदै आएकोमा थप संस्थागत सम्बन्ध विस्तार गरिने, लुम्बिनीको पर्यटन प्रवद्र्धन र विकासका लागी राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, सहयोग र अनुभवको आदानप्रदानका लागि लुम्बिनीको प्रचारप्रसार महत्वपूर्ण भएको हुदाँ अन्तर्राष्ट्रिय स्तरका संघ संस्थाको सहकार्यमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका गोष्ठी, अन्तरक्रिया र समन्वय सहकार्य सम्बन्धी समन्वय बैठकको आयोजना गरिने, लुम्बिनी र लुम्बिनी वरिपरि बुद्ध सर्किट को क्षेत्रको विकासका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको आर्थिक तथा प्राविधिक सहयोग र अनुभवको आदान प्रदान गर्ने नगरपालिकाको नीति अनुसार भारतको बोधगया र कुशीनगर, युरोपको स्पेनका माड्रीड महानगरपालिका, क्येरेस सिटी काउन्सिल नगरपालिका, लुम्बिनी गार्डेन फाउण्डेसन स्पेनरनेपाल, चिनको छङ्दु प्रान्तको लशान नगरपालिका, अन्तराष्ट्रिय बौद्ध संस्था चुजी फाउन्डेसन¸सँग यस नगरपालिकाको संस्थागत सम्बन्ध कायम भएको छ स्थापित सम्बन्धलाई थप सुदृढ बनाई समग्र नगरको विकासमा उपयोग गरिने, नगरपालिकाको पर्यटन, शिक्षा, खेलकुद, संस्कृति, स्वास्थ्य, कृषि लगायत एकीकृत विकासका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थासँग सहकार्य गरिने, लुम्बिनी र नेपालको पर्यटनको विकासका लागि विश्व शान्तीका अग्रदुत भगवान गौतम बुद्धको जिवनसँग सम्बन्धित देवदह, रामग्राम, कपिलवस्तु र सहकार्य पालिकाहरुसँग समन्वय र सहकार्य गरी पर्यटन प्रवद्र्धन र विकासका कार्यक्रमको योजना बनाई कार्यान्वयन गरिने, लुम्बिनी प्रदेश सरकारले लुम्बिनीको महत्व, प्रतिष्ठा र अन्तर्राष्ट्रिय जगतमा यस्को ख्याति बढाउन सुरु गर्ने घोषणा गरेको लोरेट एण्ड लिडर कार्यक्रम सफल तुल्याउन लुम्बिनी सांस्कृतिक नगरपालिकाले प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्ने, लुम्बिनी भ्रमणमा आउने विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, संयुक्त राष्ट्र संघका महासचिव लगायत विशिष्ट व्यक्तिहरु, बौद्ध विद्वान, गुरुहरु र सांस्कृतिक दृष्टिबाट विशिष्ट व्यक्तिहरुलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरवासीहरुका तर्फबाट नागरिक अभिनन्दन, नगरको मानार्थ सम्मानित सदस्य वा लुम्बिनी नगरको साँचो हस्तान्तरण लगायतका उपयुक्त माध्यमबाट सम्मान गर्ने परम्पराको थालनी गरिने र यसका निम्ति लुम्बिनी विकास कोष, प्रदेश सरकार र आवश्यक पर्दा संघ सरकार सँग समन्वय र सहकार्य गरिने, मायादेवी विहार र मन्दिरको दर्शन, भ्रमणमा आउने विभिन्न देशका प्रतिनिधि, राजदूत, सरकारी प्रतिनिधि मण्डल, उच्च, विशिष्ट र महत्वपूर्ण व्यक्तिको भ्रमणका समयमा अतिथि सत्कार र स्वागतमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको उपस्थिति र प्रतिनिधित्व हुन सकोस् भन्नका निम्ति संघीय सरकार र लुम्बिनी विकास कोष सँग समन्वय गरिने, भगवान बुद्धको जन्मस्थल लुम्बिनी र महापरिनिर्वाण स्थल कुसिनगरका बीच सिधा यातायात सम्पर्क कायम गराउन गत वर्ष राखिएको कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष प्रदेश सरकार सँगको सहकार्यमा थप प्रभावकारी बनाइने, लुम्बिनी र भगवान बुद्ध सँग प्रत्यक्ष सम्बन्ध रहेको जनवादी गणतन्त्र चीनको पञ्चशीर्ष पहाड ९ उथाईसान पर्वत सृङ्खला ० रहेको सिन्चाउ नगर सँगको सस्थागत सम्बन्धरभगिनी सम्बन्धलाई थप सम्बन्धसम्बन्धरमजबुत र विकास गरिने, लुम्बिनीको पर्यटन प्रवद्र्धन र विकासका लागी राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, सहयोग र अनुभवको आदानप्रदान गर्न लुम्बिनीको प्रचारप्रसार महत्वपूर्ण भएको हुँदा यस विषयलाई ध्यानमा राखी स्पेनको एक्स्त्रेमादुरा प्रदेशको केसरेस नगरपालिकामा स्पेन सरकार, लुम्बिनी साँस्कृतिक नगरपालिका र केसरेस नगरपालिकाको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनरनेपालद्वारा निर्माण हुन लागेको लुम्बिनी बुद्ध गार्डेन परियोजनामा आवश्यक प्राविधिक तथा साँस्कृतिक सहयोग आदान प्रदान गरिने, लुम्बिनीको पर्यटन प्रवद्र्धन र विकास, राष्ट्रिय अन्तराष्ट्रिय सहयोग र अनुभवको आदानप्रदान गर्न, राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागी लुम्बिनीको राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारलाई ध्यानमा राखी सहकार्य संस्था लुम्बिनी गार्डेन फाउन्डेसन नेपाल र लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनको सहयोग र सहजिकरणमा नेपालको ललितपुरमा स्थापित सम्पर्क, समन्वय कार्यालय एवं लुम्बिनी पर्यटन सुचना केन्द्र र स्पेनको म्याड्रिडमा स्थापित अन्तर्राष्ट्रिय स्तरमा सम्पर्क, समन्वय, सम्बन्ध विस्तार कार्यालय एवं लुम्बिनी पर्यटन सुचना केन्द्रलाई थप व्यवस्थित र प्रभावकारी बनाईने, लुम्बिनीको पर्यटन प्रवद्र्धन र विकासका लागी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार सम्बन्ध विस्तार, सहयोग र अनुभवको आदानप्रदान गर्न सिटी अफ यूलेस एण्ड सिटी इरभिङ टेक्सेस यू.एस.ए सँग सह सम्बन्ध एवम् भगिनी सम्बन्ध कायम गरि सहकार्य गरिने, लुम्बिनी र नेपालको कला, धार्मिक, सँस्कृतिको प्रचारप्रसार, सरक्षण एवम् पर्यटन प्रवद्र्धन र विकासका लागी सिटी अफ यूलेस एण्ड सिटी इरभिङ टेक्सेस यू.एस.ए मा स्थापित इन्द्रनी क्याल्चर एशोसशन टेक्सेस यू.एस.ए सँग संस्थागत सम्बन्ध कायम गरी सहकार्य गरिने, लुम्बिनी र नेपालको कला, धार्मिक, सँस्कृतिको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार, संरक्षणका लार्गी सिटी अफ यूलेस एण्ड सिटी इरभिङ टेक्सेस यू.एस.ए मा स्थापित एवं संचालित एन.सी.एस.सी र बौद्धविहार मन्दिर सँग पर्यटन प्रवद्र्धन र सँस्कृतिको प्रचारप्रसार र संरक्षणमा संस्थागत सम्बन्ध कायम गरी सहकार्य गरिने, अमेरिकामा लुम्बिनी र नेपालको प्रचार प्रसार, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, लुम्बिनीमा पर्यटन प्रवर्धन र विकासमा अन्तर्राष्ट्रिय सहयोग र अनुभवको आदानप्रदान गर्न इन्द्रनी क्याल्चर एशोसशन टेक्सेस र एन.सी.एस.सी, इरभिङ एण्ड यूलेस सिटी को समन्वय, सहकार्य र सहजीकरणमा इरभिङ एण्ड यूलेस सिटी यू.एस.ए मा अन्तर्राष्ट्रिय स्तरमा लुम्बिनीको सम्पर्क समन्वय, सम्बन्ध विस्तार कार्यलय एवं पर्यटन सुचना केन्द्र स्थापना गरिने नीति रहेको छ ।

वित्तीय सुशासन सम्बन्धी नीति तथा कार्यक्रमहरु निम्नानुसार रहेका छन् । भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गरिने, नगरपालिकाबाट प्रदान गरिने पेश्कीलाई निरुत्साहित गर्दै सिधै भुत्तानी गर्ने प्रणालीको विकास गरिने, राजश्व प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सुत्रमा भएको नयाँ राजश्व मोड्युलको कार्यान्वयन यथासक्दो छिटो र प्रभावकारी रुपमा सन्चालन गरिने, राजश्व प्रणालीलाई पुरस्कार र दण्ड प्रणालीसँग आवद्ध गरिने, नगरपालिकाले निर्माण गरेको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारी कार्यान्वयन गर्दै थप मजवुद बनाउदै लगिने, नगरपालिकाको बेरुजु फछ्यौट गर्न छिटै नै बेरुजु फछ्यौट सम्बन्धी कार्यविधि निर्माण गरिने, नगरपालिकाबाट भएको खर्च सम्बन्धमा मासिक रुपमा नै प्रतिवेदनहरुलाई नगरपालिकाको वेभसाइड मार्फत सार्वजनिक गर्ने नीति अवलम्बन गरिने, नगरपालिकाको जनशत्तिले नसक्ने अवस्थामा मात्र यस नगरपालिकाबाट विभिन्न सघ सस्थाहरुद्वारा सन्चालन गरिने लक्षित वर्गका कार्यक्रमहरुमा कम्तिमा ३० प्रतिशत साझेदारी गरी भ्याटमा दर्ता भएका सस्थाहरुबाट मात्र कार्यक्रम गर्ने नीति अवलम्बन गरिने, खरिद प्रणालीलाई पारदर्शी, बस्तुनिष्ट र प्रतिस्पर्धी बनाउन इ विडिङग प्रणालीलाई अवलम्बन गरिने, कोटेशन मार्फत सन्चालन गरिने योजनाहरुलाई एकै प्रकृतिका कामहरु एकिन गरी प्याकेजमा ठेक्का लगाईने, योजनाहरुको अनुगमन प्रणालीलाई थप वस्तुनिष्ट र पारदर्शी बनाउन तेस्रो पक्षबाट पनि अनुगमन गराई मात्र भुत्तानी गर्ने नीति अवलम्बन गरिने जस्ता नीति रहेका छन् ।

न्याय तथा न्यायिक समिति सम्बन्धी नीति तथा कार्यक्रमहरु अन्तर्गत सानातिना झैझगडा विवाद मिलाउने, सार्वजनिक सम्पती अतिक्रमण रोक्न, टोलको सरसफाई गर्ने, सामाजिक विकृति नियन्त्रण गर्न सामाजिक अनुशासन कायम गरिने, न्यायिक समितिको कार्य सम्पादनलाई नागरिकले न्यायको अनुभूति गर्न पाउने गरी थप प्रभावकारी बनाइने, इजलास निर्माण गरिने, न्यायिक समितिका पदाधिकारी हरुको क्षमता विकासका लागि आवश्यक तालिमको प्रबन्ध गरिने, नगरपालिकाको न्यायिक कार्य सम्पादन प्रकृयालाई डिजिटल प्रणालीमा आबद्ध गरिने, न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीहरूको क्षमता विकास लागि आवश्यक तालिम र अध्ययन अवलोकन भ्रमणको व्यवस्था मिलाइने, न्यायिक समितिले गरेको न्याय निरुपण कार्यलाई थप प्रभावकारी तथा कार्यन्वयन गराउन पालिका क्षेत्रको शान्ति सुव्यवस्था अमनचयन एवम नगर कानूनको कार्यान्वयनलाई थप सहज र प्रभावका गरी बनाइने, न्यायिक समितिमा रहेको कर्मचारी पद रिक्त भएको ठाउँमा कर्मचारी को व्यवस्था मिलाइने नीति तथा कार्यक्रम रहेको प्रस्तुत गरेका थिए ।

कार्यक्रम बुद्धमाया गार्डेनको सभाहलमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवाली, नगरसभाका सदस्यहरु ,न्यायिक समिति सदस्यहरु, कर्मचारी लगायतको उपस्थिति आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम अथवा ११औँ नगरसभा नगरका समन्वय अधिकृत तुलसीराम लामिछानेको संञ्चालनमा कार्यक्तम सम्पन्न भएको थियो ।