पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, १५ असोज । रुपन्देहीको ओमसतिया गाउँपालिकाले विभिन्न विभागको संयुक्त टोली सहित एकिकृत घुम्ति शिविर संचालनमा ल्याएको छ ।
ओमसतिया गाउँपालिका अन्तर्गतका शाखाहरु वडा कार्यालय तथा जनताको घर दैलोमा पुगी परामर्श सेवा तथा सचेतनाका साथै सेवा प्रदान गर्ने उद्देश्यले एकिकृत घुम्ति शिविर संचालनमा ल्याएको सुचना शाखाले जनाएको छ ।
अपाङ्गता जेष्ठ नागरिक फारम वितरण, मधुमेह चेकजाँच, उच्च रक्तचापको चेकजाँच, एवं औषधी वितरण गर्ने कार्यको बहन स्वास्थ्य शाखाले गरेको छ भने कृषि फार्म दर्ता, प्राविधिक खेति सम्बन्धी जानकारी, वाली नालीमा रोग लागेको रोकथामको उपाय उन्नत जातको विउ सम्बन्धी परामर्श जानकारी, मौषमी बेमौषमी तरकारी सम्बन्धी कृषकसंग अन्तरक्रिया, माटो परिक्षण तथा चेकजाँचको लागि परामर्श, हिउँदेवाली सम्बन्धी सिचाईको जानकारी, उन्नतजातको आलु लगाउने तरिका एवं रोगलाई रोकथाम गर्ने उपाय समेतको जानकारी कृषि शाखाले दिइरहेका छ ।
पशूको गोवर चेकजाँच पछि परजिवी अनुसारको औषधी उपचार, कुपोषण लागेका पशू बाख्रा बाख्रीलाई भिटामिन औषधी वितरण, आन्तरिक र वाह्य परजीवि सम्बन्धी औषधी वितरण भएको गाउँपालिका अध्यक्ष मन्जित यादव (सोनु) ले जानकारी दिएका थिए ।
एकीकृत घुम्ति शिविर संचालन गर्नुको उद्देश्य जनताको घरदैलोमा स्थानीय सरकारको सेवा पुगोस र जनता जनार्दन प्रत्यक्ष लाभ उठाउन सकुन यादवले बताएका थिए ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र व्यवसाय समेतलाई समय अनुसार बदलाव होस प्रविधिमा अग्रसर होस् ओमसतिया गाउँपालिकामा जनमुखी विकासको लागि हामी जनप्रतिनिधि कर्मचारी समेत लगिपरेको अध्यक्ष यादवले लुम्बिनीखबर संगको कुराकारीनीमा बताएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले यो एकिकृत घुम्ति शिविरबाट बढी भन्दा बढी संख्यामा लाभ लिएका छन् । विभाग अनुसारको कर्मचारीहरुवाट चेकजाँच औषधी फारम वितरण, व्यवसाय दर्ता, नवीकरण लगायतका विषयमा परामर्श एवं सचेतना जस्ता एकीकृत घुम्ति शिविरले ओमसतियाका जनसमुदायलाई महत्वपूर्ण सन्देश दिएको अधिकृत क्षेत्रीको भनाई रहेको छ ।
यो घुम्ति शिविर वडा नम्बर १ देखि वडा नम्बर ६ सम्मको कार्यतालिका निर्धारण अनुसार संचलन गरिएको क्षेत्रीको भनाई रहेको थियो ।
भदौ २५ गतेदेखि २६ गते वडा नम्बर ६ मा २७ र २८ गते वडा नम्बर ५ मा, असोज ७ देखि ९ गते वडा नम्बर ४ मा, असोज १७ देखि १९ वडा नम्बर ३ मा, असोज १० देखि १२ गते वडा नम्बर २ मा , असोज १४ देखि १६ गते सम्म वडा नम्बर १ मा संचालन भएको जुन सेवाको लागि जनमुखि कार्य भएको क्षेत्रीको भनाई रहेको थियो ।
व्यवसाय शाखाले व्यवसाय दर्ता र नवीकरणको परामर्श दिदै समयमा कर तिरौ समृद्धि ओमसतियाको कल्पनालाई सकार गरौँ हाम्रो ओमसतिया राम्रो ओमसतिया बनाउनमा सबै उद्योगी व्यवसायी समयमा करतिरी सहयोगको लागि व्यवसाय शाखाले अग्रह गरेका थिए ।