नेपालमा स्वास्थ्य क्षेत्र भद्रगोल बनेको छ । जनताको महत्वपूर्ण क्षेत्र स्वास्थ्य क्षेत्र भएपनि राज्यको व्यवस्थापन कमजोर भएका कारण भद्रगोल बनेको हो । देशमा अहिले दुई प्रकारका स्वास्थ्य संस्थाहरु सञ्चालनमा छन् । देशमा सञ्चालनमा रहेका स्वास्थ्य संस्था मध्ये राज्यले सञ्चालन गरेका सरकारी अस्पताल तथा स्वास्थ्य चौकीहरु गाउँ सम्म पुगेको छ । अर्को तर्फ नीजि स्वास्थ्य संस्थाहरु पनि सबैतिर सञ्चालन भएको देखिन्छ । स्वास्थ्य संस्था सञ्चालनका लागि सरकारले विभिन्न मापदण्ड निर्माण गरेपनि नीजिक्षेत्रले मापदण्ड भन्दा विपरित सञ्चालनमा देखिन्छन् । सरकारी स्वास्थ्य क्षेत्रहरुमा राज्यको लगानी धेरै भएपनि व्यवस्थापन कमजोर हँुदा गुणस्तर बन्न सकेको पाईदैन । त्यहाँ काम गर्ने कर्मचारी देखि स्वास्थ्यकर्मीहरु समेत गुणस्तर सेवा दिन नसकेका गुनासाहरु आउने गरेका छन् । राज्यका जिम्मेवार निकाय तथा सरकारी स्वास्थ्यकर्मीहरुले गर्दा सरकारी अस्पतालमा मानिसहरुको कम विश्वास हुने गरेको छ । सरकारी सेवा सुविधाका लागि हाजिर गर्न पुग्ने सरकारी स्वास्थ्यकर्मीहरु समेत नीजिक्षेत्रमा काम गर्ने गरेको पाईन्छ । त्यस कारण नेपालको स्वास्थ्यक्षेत्रमा नीजिक्षेत्र हाबी बनेको छ । नीजिक्षेत्रको बोलवाल रहेको स्वास्थ्यक्षेत्र अत्यधिक महंगो बनेको छ । कमजोर आर्थिक अवस्था भएका नेपाली जनतालाई बाध्यात्मक रुपमा सरकारीमा जादा उपचार नपाईने र नीजिक्षेत्रमा जादा उपचार मंहगो भएर उपचार नपाएर मर्न परेको छ । सरकारले वार्षिकरुपमा करोडौ रकम स्वास्थ्यक्षेत्रमा खर्च गर्न गरेको देखिन्छ । त्यो खर्चको ७५ प्रतिशत सबै कमिशन र सेटिङमा सकिने गरेको छ । सरकारी अस्पताललाई कमजोर बनाएर नीजि अस्पतालहरुलाई धनि बनाउने खेल नेपालमा धेरै पहिला देखि चलेको छ । सरकारले आफ्नो संयन्त्रलाई कमिशन र दलालीमा क्रियाशिल बनाउने र नीजिक्षेत्रलाई नियन्त्रण गर्न नसक्दा नेपालको स्वास्थ्यक्षेत्र अस्तव्यस्त बनेको छ । यसको नियन्त्रण तथा अनुगमन गर्न राज्यले नसकेको देखिन्छ । सरकारमा पुग्ने मन्त्री देखि प्रधानमन्त्री र कर्मचारीतन्त्र आर्थिक उर्पाजनमा तल्लिन हँुदा नीजिक्षेत्रबाट सञ्चालनमा रहेका स्वास्थ्यक्षेत्रले नेपाली जनतालाई चुस्नेकाम गरिरहेका छन् । त्यसतर्फ राज्यले कुनै योजना निर्माण गर्न सकेको छैन । त्यसकारण देशलाई समानताको आधारमा विकास गर्न जरुरी छ । स्वास्थ्यक्षेत्रलाई सकिन्छ निःशुल्क नसके कम शूल्कमा उपचारको व्यवस्था राज्यले ग्यारेण्टी गर्नुपर्दछ । स्वास्थ्य उपचारका लागि आर्थिक रुपमा वार्गेनिङ हुने गरेको छ । मानिसले आफ्नो उपचार आर्थिक रुपमा सबल भएकाले मात्र गर्न सक्ने र आर्थिकरुपमा कमजोर भएकाहरुले अकालमा उपचार नपाएर नेपालमा मर्नपर्ने अवस्था छ । यसको निराकरण कस्ले गर्ने प्रश्न चिन्ह खडा भएको देखिन्छ ? राज्यको स्वास्थ्य संयन्त्र सधै भाषण र कमिशनमा डुबेको छ । नीजिक्षेत्रले लुटतन्त्र मच्चाएको छ । यसको व्यवस्थापन तथा नियमन गर्ने निकाय बिकाउ बनेको छ । सरकारी अस्पतालमा केहि गर्न चाहाने डाक्टर तथा व्यवस्थापन समितिलाई विभिन्न झमेलामा फसाउने काम समेत सरकारी निकायले गर्ने गरेको छ । त्यसैले नीजिलाई बलियो र सरकारी स्वास्थ्य संस्थालाई कमजोर बनाउने कसरतले गर्दा नेपालको स्वास्थ्यक्षेत्र सधै पछाडी परेको छ । यसको व्यवस्थापनलाई कसिलो बनाउनका लागि राज्यले पहल गर्न जरुरी छ । देशको सरकारी स्वास्थ्य संस्थाहरु बस्तीबस्ती सम्म स्थापना छन् । ती स्वास्थ्य संस्थाको व्यवस्थापन सहिरुपमा गर्न सक्नेहो भने नेपालमा बार्षिकरुपमा अकालमा मर्न धेरै नेपालीहरुले उपचार पाएर पुर्नजिवन पाउने थिए । स्वास्थ्यक्षेत्रमा नीजिक्षेत्रले गर्ने दलाली र मंहगो उपचार पद्धतीको समेत सञ्चाल कमजोर बन्न सहयोग पुग्ने थियो । यसैले सरकारी अस्पताल तथा स्वास्थ्यक्षेत्रलाई गुणस्तर र व्यवस्थित बनाउन राज्य कठोर भएर लाग्नु पर्दछ । यस्तो भएमा नेपाल र नेपालीमा हितमा हुने छ ।