logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    वैजनाथ जयसवालद्वारा भारतिय बालक उद्धार


    २२ असोज २०८० , सोमबार

    वैजनाथ जयसवालद्वारा भारतिय बालक उद्धार

    ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
    नवलपरासी, २२ असोज । पश्चिम नवलपरासीमा मित्र राष्ट्र भारतको राजधानी दिल्लीमा रहेको सोसाइटी डेभलप्मेण्ट अफ यूथ संस्थाका अनुमानित १५ वर्षको मुस्ताक खानको उद्धार भएको छ ।


    हिजो भारतको दिल्लीमा बस्ने १५ वर्षिय बालक खान नेपालको रामग्राम नगरपालिकामा फेला परेको थियो ।
    रामग्राम नगरपालिकाका कर्मचारीहरुको दबाब मूलक कार्यक्रमलाई समर्थन गर्नका लागि उपस्थित हुनुभएका लुम्बिनी प्रदेश सभा सदस्य जयसवालले उक्त बालकको विषयमा बालकको हातमा दिएको संस्थाको नाम र नम्बरमा सम्पर्क गर्नु भएको थियो । सोधपुछ पश्चात भारतको महाराजगञ्जका डि.एम संग समन्वय गरी बालकको उद्धार गरिएको हो ।


    जिल्ला प्रहरी कार्यालय नवलपरासीले संग बालकको विषयमा सोधपुछ गर्दा उक्त बालक सुस्त मनस्थिति भएको र वोल्न नसक्ने भएकोले बालकको हातमा दिएको संस्थाको नाम र नम्बर कै आधारमा बालक उद्धार गर्न सजिलो भएको हो ।


    बालकको हात लेखिएको नाम र संस्थाको नाम, सम्पर्क नम्बरले गर्दा सबै कुरा बुझ्न सजिलो भएको र उक्त बालकलाई भारतका महराजगंज जिल्लाका डि.एम संग फोन मार्फत समन्वय गरि सचिव ईमामुल अलिले सुनौली देखि दिल्ली सम्म जानका लागि गाडीका टिकट कटाई गाडीमा बसाली संस्थालाई जानकारी समेत गराउनुभएको थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.