logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    जमुहानी तालको सरसफाई माओवादी केन्द्रको अगुवाईमा


    २२ असोज २०८० , सोमबार

    जमुहानी तालको सरसफाई माओवादी केन्द्रको अगुवाईमा

    पशुपति यादव । लुम्बिनीखबर
    रोहिणी, २२ असोज । रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर ६ अन्तर्गत ऐतिहासिक महत्व बोकेका जमुहानी ताललाई ओमसतिया माओवादी केन्द्रले सरसफाईमा आफनो ध्यान केन्दीत भएको सचिवालयले जनाएको छ ।

    पर्यटकीय स्थलको रुपमा रहेको तालको किनारमा घाँस पात र विच भागमा कमल रहेको झारपात कै कारण तालको सुन्दरतामा कमिलाई विचार गरेर सरसफाईमा आफनो पार्टी माओवादी केन्द्रले लगिपरेको ओमसतिया पार्टी अध्यक्ष चन्नार प्रसाद यादवले जानकारी दिएका थिए । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको तीन महिने रुपान्तर अभियान कै क्रममा केन्द्रीय सदस्य राजु हरिजनले नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र ओमसतियाले कार्यसमितिको वैठकको निर्णय अनुसार सार्वजनिक स्थल तथा ताल समेतलाई सरसफाईमा माओवादी केन्द्रले तीव्रता दिएको पार्टी पालिका सचिव रामबहादुर गुरुङ्गले बताए ।

    जमुहानी ताल ऐतिहासिक महत्व बोकेको पौराणिक काल ताललाई गुरुयोजना सहित ओमसतिया वडा नम्बर ६ वडा अध्यक्ष शिव कुमार धवल सौन्दर्यकरण एवम् व्यवस्थित गर्नको लागि आफू लगिपरेको बताए ।
    जमुहानी ताललाई सरसफाई गर्नमा अध्यक्ष धवलको महत्वपूर्ण भूमिका रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
    सरसफाई कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका अगुवा नेता कार्यकर्ताको बाक्लो सहभागिता रहेको वडा सदस्य झपेन्द्र यादवले जानकारी दिएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.