logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    युवा सामाजिक विकास संस्थाद्वारा भेदभाव सम्बन्धी सडक नाटक


    २२ असोज २०८० , सोमबार

    युवा सामाजिक विकास संस्थाद्वारा भेदभाव सम्बन्धी सडक नाटक

    ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
    नवलपरासी, २२ असोज । पश्चिम नवलपरासीको पल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ बेलास पुरमा रहेको युवा सामाजिक विकास संस्था उपशाखाले भेदभाव सम्बन्धी सडक नाटक कार्यक्रम संचालन गरेको छ ।
    पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ मा पर्ने राजावारी टोलमा “युवा अगाडी, देश अगाडी ” भन्ने मुल नाराका साथ छुवाछुत तथा भेदभाव सम्बन्धी सडक नाटक कार्यक्रम आयोजना गरि शनिवार सम्पन्न भएको हो ।


    सो कार्यक्रम युवा सामाजिक विकास संस्थाका अध्यक्ष राम कृपाल गुप्ताको अध्यक्षता र ज्ञानेश्वर सहानीको प्रमुख अतिथ्यतामा गरिएको हो ।


    कार्यक्रम संस्थाका अध्यक्ष तथा कार्यक्रमका संयोजक राम कृपाल गुप्ताले यो संस्था स्थापना काल देखि नै विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहेको र समय समयमा जनचेतना मुलक संदेशका कार्यक्रम आयोजना गरि समाज रुपान्तरणमा सहयोग पुर्याइरहेको बताएका थिए । कार्यक्रममा गुप्ताले भने यो संस्था गरीब, असहाय, विपन्न, पिडित, दुःखी, दीर्घरोगी लागेका व्यक्तिहरुलाई हरेक वर्ष विभिन्न किसिमको सहयोग प्रदान गर्दै आइरहेको र अगामि दिनमा पनि सहयोग गर्ने बताएका थिए ।

    कार्यक्रममा अतिथि प्रहरी निरीक्षक हरि रिमालले कार्यक्रमलाई संवोधन गर्दै समाज समय अनुसार परिवर्तन हुनुअत्यन्तै जरुरी छ तर समाजमा छुवाछुत भेदभाव अन्त्यका लागि सबैले आआफनो घर परिवारबाट नै अन्त्य गर्नु जरुरी रहेको बताएका थिए ।


    कार्यक्रममा संस्थाका कोषाध्यक्ष रुखमीणी रायले स्वागत गरेका थिए भने कार्यक्रममा सयौ भन्दा बढी स्थानीय वालवालिका, युवा, समाजसेवी, किसान, युवा, बृद्धबृद्धा लगायतको उपस्थितिमा नाटक भएको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.