logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    मुस्ताङमा अबैध गांजाको फंडानी


    २३ असोज २०८० , मंगलबार

    मुस्ताङमा अबैध गांजाको फंडानी

    ज्ञानेश्वर साहनी । लुम्बिनीखबर
    मुस्ताङ, २३ असोज । मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वार्ड नं ५ टिटी रहेको अवैध गाँजाको बोटहरु फंडानी गरिएको छ।

    हिजो जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलन बहादुर बि.क. को कमाण्डमा जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत रहेको ईलाका प्रहरी कार्यालय लेते र प्रहरी चौकी कोवाङ गरी १६ जना प्रहरी टोलीले अवैध गाँजा फडानी गरेको छ।

    जिल्ला मुस्ताङ थासाङ गाउँपालिका वडा नं. ५ टिटि गाउँमा स्थित स्थानीय मानिसहरुको खाँली जग्गा र टिटि ताल वरपर रहेको सार्वजनिक स्थान गरि लगभग १३ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा उम्रिएको अन्दाजी १५ हजार अबैध गाँजाको बोट फडानी गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.