logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    इतिहासमा पहिलो पटक लुम्बिनीमा अन्तर्राष्ट्रिय शिक्षक दिवस मनाइयो


    २५ असोज २०८० , बिहिबार

    इतिहासमा पहिलो पटक लुम्बिनीमा अन्तर्राष्ट्रिय शिक्षक दिवस मनाइयो

    पाँच पालिका शिक्षकलाई सम्मान

    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनी, २५ असोज । रुपन्देही जिल्लाको लुम्बिनीमा इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय शिक्षक दिवस मनाइएको छ । अन्तर्राष्ट्रिय शिक्षक दिवसको उपलक्ष्यमा थिङकिङ रिच नेपालको आयोजनामा र विभिन्न संघ संस्थाहरूको सहकार्यमा नगर शिक्षक सम्मान कार्यक्रम भएको छ ।

    शिक्षक सम्मान कार्यक्रम असोज २० गते शनिवार अन्तर्राष्ट्रिय शिक्षक दिवसको अवसर पारेर लुम्बिनी साँस्कृतिक नगरपालिकाको सभा हलमा सम्पन्न भएको आयोजक स्रोतले जनाएको छ ।
    उक्त कार्यक्रममा गैडहवा, मायादेवी, कोटहीमाई, शुद्धोधन गाउँपालिका शिक्षकहरुका साथै लुम्बिनी सांस्कृतिक नगरपालिका शिक्षकहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा सामाजिक विकास मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि माननीय चन्द्रकेश गुप्ताले कार्यक्रमलाई सम्वोधन गर्दै यो कार्यक्रम आफनो जीवनको सबै भन्दा महत्वपूर्ण कार्यक्रम रहेको बताउनुभयो । यस्ता कार्यक्रममा हरेक वर्ष अन्तर्राष्ट्रिय शिक्षक दिवसको अवसरमा मनाउनुपर्छ उहाँहरुको सेवा प्रति सम्मान गर्नु पर्ने कुरा बताउनुभयो । शिक्षक भनेको हाम्रो गुरु हुन जसले हामीलाई औपचारिक तथा अनौपचारिक रुपमा हामीलाई ज्ञान दिनु हुन्छ । सकारात्मक कुरा सिकाई समाजका लागि उल्लेखनीय कार्य गर्न प्रेरणा दिनुहुन्छ । जसरी एउटा ड्राइभरले यात्रुहरुलाई सही गन्तव्यमा पुर्याउछ त्यसरी नै असल शिक्षकले विद्यार्थीलाई गन्तव्यमा पुग्न सहयोग गर्छ । त्यसकारण यो कार्यक्रमले शिक्षकमा अवश्य नै उर्जा प्रयारोपण हुन्छ भन्ने विश्वास रहेको बताउनुभयो । गुप्ताले भन्नुभयो– आफनो जीवनको पहिलो पटक स्थानीय शिक्षकलाई सम्मना कार्यक्रम गरिएको र यो कार्यक्रम सबै भन्दा सम्मानित कार्यक्रम हो । अगामि दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता छ ।

    कार्यक्रममा प्रदेश सभा सदस्य तथा कार्यक्रमका विशिष्ट अतिथि कन्हैया बनियाँले शिक्षक सम्मान कार्यक्रममा सहकार्य गरेका संघसंस्था तथा आयोजक स्रोतलाई धन्यावाद दिदै शिक्षा नीतिमा परिवर्तन गर्नु पर्ने छ । अहिलेको शिक्षा ऐनमा राख्नु भएको नीति नियम तथा कार्यक्रममा धेरै समस्याहरु रहेको बताउनुभयो । शिक्षा सम्बन्धि विभिन्न किसिमका नीति नियम बने त पनि कार्यान्वय भएको देखिदैन् । केही मात्रामा मात्र कार्यान्वयन भएको कारणले लगानी अनुसारको उपलब्धी नदेखिएको बताउनुभयो । शैक्षिक कार्यक्रममा आफूले बढी जोड दिने र यस प्रकारको उत्कृष्ठ तथा सम्मानित कार्यक्रममा आफूले सहकार्य गर्ने प्रदेश सभा सदस्य बनियाँले जनाउनुभयो ।


    कार्यक्रममा थिङ्किङ् रिच नेपालका अध्यक्ष तथा कार्यक्रममा संयोजक दिनेश गुप्ताले कार्यक्रम संचालन गर्नुको मुख्य उद्देश्य शिक्षकहरूको मनोबल बढाउन, पेशा प्रति सम्मान बढाउन, शिक्षकहरूको सम्बन्ध राम्रो बनाउन, शिक्षामा गुणस्तरीयता ल्याउन, विद्यार्थीहरूको शिक्षक प्रतिको चासो बढाउन आदि जस्ता रहेको बताउनुभयो । साथै कार्यक्रममा आमन्त्रित सबै शिक्षक, विभिन्न संस्थामा कार्यरत व्यक्तित्व, अतिथि तथा स्थानीय समाजसेवी लगायतलाई सहभागि भई कार्यक्रमलाई सफल बनाएकोमा धन्यावाद दिदै अगामि दिनमा पनि यस्ता कार्यक्रम संचालन गर्ने बताउनुभयो ।
    कार्यक्रममा पाँचवटा पालिकाका भित्रका शिक्षक, शिक्षिका, विभिन्न संघ संस्थामा आवद्ध व्यक्तित्वहरु, एस.एन त्रिपाठी, राजन कशौधन, गोविनद धवल, राज यादव, रामदेव मौर्या लगायत सयौँ व्यक्तिहरुको उपस्थिति रहेको थियो भने करन बरुनको संचालनमा कार्यक्रम सम्पन्न थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.