ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
नवलपरासी, २७ असोज। जिल्ला प्रहरी कार्यालय मुस्ताङले नागरिक सहायता कक्ष स्थापना गरेको छ ।
आउदै गरेको चाडपर्वको बेलामा यात्रुहरुलाई सुरक्षा प्रदान गर्नका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको हो।
दशैं, तिहारको बेलामा सार्वजनिक सवारी साधन चालकहरुले मनपरी भाडालिने, शीटको क्षमता भन्दा बढी यात्रु बोक्ने, यात्रुहरुले यात्रा गरेको समयमा छुटेका सामग्रीहरु सम्बन्धित व्यक्तिलाई पुर्याइदिने आदि लगायतका विषयमा सहायक कक्षले कार्य गरेको देखिन्छ । सहायक कक्ष स्थापना गरेपछि नागरिकहरुलाई सजिलो हुने भन्ने कुरा ध्यानमा राखी स्थापना गरिएको मुस्ताङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
चाड पर्वको बेलामा भीडभाड हुने र विभिन्न किसिमका चोरी डकैती, लुटपात लगायतका गतिविधि नियन्त्रणका लागि यो कार्यक्रम ल्याएको प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा जिल्लाको घासा, जोमसोम र कागबेनीमा यात्रु सहायता कक्षबाट सेवा सुरु गरिएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो।
यात्रु सहायता कक्षमा प्रहरी नायब उपरीक्षक पाण्डेको कमाण्डमा ट्राफिक प्रहरी र जनपद प्रहरी समेत खतियएका छन ।
यात्रु सहायता कक्ष संचालन भएदेखि जिल्लाको तिनओटै कक्ष घासाबाट ९० जना, जोमसोमबाट ५ जना र कागबेनीबाट १० जना गरि जम्मा ११० जना यात्रु तथा सेवाग्राहीलाई विभिन्न बिषयमा सेवा दिइएको छ ।