पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, १ कात्तिक । ओमसतिया गाउँपालिकाले विजय दशैं, शुभ दिपावली र छठ पर्व लगायतका चार्डपर्वलाई लक्षित गरि बजार अनुगमन गरेको छ ।
ओमसतिया गाउँपालिका वडा नम्बर ४ अन्तर्गत बसन्तपुरको चोक बजारमा अनुगमनको टोली पुग्दा केही पसल संचालकहरु सटर बन्द गरेर भागेका थिए ।
बजार अनुगमनको टोली पुग्दा विशेष गरि मासु व्यवसायीहरु सटर बन्द गरि भागेका थिए भने व्यवसाय दर्ता नगरेको र विल विजक नभएको केही किराना पसलका संचालकहरु सटर बन्द गरी भागेका थिए ।
बजार अनुगमन समिति संयोजक गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले लुम्बिनीखबरलाई जानकारी दिएकी थिइन् ।
बसन्तपुर हुलाकी सडकको छेउमा दर्ता विनाको अबरार फकिर सविरको मासु पसल संचालनमा रहेको पसललाई अनुगमन गर्दा खसी र कुखुराको २० किलो कुहिएको गन्ध आइरहेको मासु बरामद भएको अनुगमन समितिका सुचना अधिकारीले बताएका छन् ।
बरामद मासुलाई पशु शाखाको प्रविधिक टोलीले जाँच गरेपछि कुहिएको मासु पुष्टि भए पश्चात पालिकाका विभिन्न शाखाका प्रमुखहरु प्रतिनिधि ओमसतिया, ईलाका प्रहरीका प्रमुख, उपभोक्ता नगर प्रहरी, पशु शाखाका प्रविधिक टोली, संचारकर्मी समेतको रोहवरमा नष्ट गरिएको बजार अनुगमन समिति संयोजक ओमसतिया गाउँपालिकाका उपाध्यक्ष चौधरीले बताएकी थिइन् ।
अनुगमन कै क्रममा गायत्री किराना पसलबाट भुजाको म्याद नाघेको भुजाको ठूलो प्याकेट बरामद गरि नष्ट गरिएको अनुगमन टोलीले जनाएको थियो ।
फलफूल, चिया, मिष्ठान, खाद्यान्न, रक्सी, मासु, तरकारी लगायतका पसलहरुमा अनुगमन गरिएको उपाध्यक्ष चौधरीले बताइन् ।
अनुगमनको सिलशिलामा केही पसल पालिकामा दर्ता छ भने अधिकाशं पसलहरु पालिकामा दर्ता नरहेको उपाध्यक्ष चौधरीले बताइन् ।
स्थानीय सरकारको मापदण्ड अनुसार व्यवसाय संचालन गर्नाको लागि उनले व्यवसायीहरुलाई सुझाव दिएकी थिइन् ।
गुणस्तरीय बस्तुविक्री वितरण गर्ने निर्देशन दिएको र जुन सुकै वेला पसलहरुमा अनुगमन गर्न सकिने चौधरीले बताएकी थिएन ।
कुहिएको गुणस्तरहिन मासु विक्रि वितरण गर्नेलाई पहिलो पटक सचेत गराउदैं भविष्यमा यहि क्रियाकलाप दोहोर्याएमा कानून बमोजिम कारवाही गर्ने निर्देशन दिएकी थिइन् ।

यसै गरि चिया, मिष्ठान, नास्ता पसलमा अनुगमन गर्दा धेरै जसो पसलमा सरसफाई नदेखिएको र मासु पसल पनि मापदण्ड अनुसार नरहेकोले उपभोक्ता माथि खेलवाड गर्ने जो कसैलाई छुट छैन् । मापदण्डलाई पालन नगरेको खण्डमा जुनसुकै वेला कानूनी कारवाही हुन सक्ने बजार अनुगमन समिति संयोजक तथा उपाध्यक्ष चौधरीले कडा चेतावनी दिएकी एक उपभोताले बताएका थिए ।
संयुक्त अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, राजस्व शाखा प्रमुख अमृता पाण्डे, स्वास्थ्य शाखा, कृषि शाखा, पशुशाखा चक्रमणि गैरे, नगर प्रहरी, नेपाल प्रहरी, प्रविधिक टोली र संचारकर्मी लगायतको सहभागितामा बजार अनुगमन गरिएको पालिकाले जनाएको छ ।