logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    ओमसतियामा शुभकामना अदानप्रदान कार्यक्रम


    २ कार्तिक २०८० , बिहिबार

    ओमसतियामा शुभकामना अदानप्रदान कार्यक्रम

    पशुपति यादव । लुम्बिनीखबर
    रोहिणी, २ कात्तिक । ओमसतिया गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि चार्डपर्वको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
    नेपालीहरुको महान पर्व विजय दशमी, शुभ दिपावली, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रम गरेको छ ।
    कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु)ले एउटै जोड ओमसतियाको समग्र विकास समृद्धि होस् हामी सबै जनप्रतिनिधि, कर्मचारीवर्ग सकारात्मक सोचका साथ अगाडि बढेमा हुने कुरा बताएका थिए । गाउँपालिका भित्रका सबै जनप्रतिनिधि र कर्मचारी सकारात्मब सोचका साथ समय परिवर्तन अनुसार कार्य गरेमा अवश्य नै गाउँपालिकाको विकास र समृद्धि सम्भव रहेको भन्दै अध्यक्ष यादवले शुभकामना दिएका थिए ।
    कार्यक्रमका प्रमुख अतिथि तथा ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले पालिकाको काम गर्ने दौरानमा कही कमजोरी छ भने सुझावको अपेक्षा सहित शुभकामना मन्तव्य राखेका थिए ।


    कार्यक्रममा ओमसतिया गाउँपािलकाका उपाध्यक्ष सुनिता चौधरीले ओमसतियाको विकासमा हामी सबैको हातेमालो गरि अघि बढनु आवश्यक रहेको भन्दै शुभकामना मन्तव्य राखेकी थिइन् ।
    कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष शिव कुमार धवलले अहिलेको आवश्यकता अनुसार शिक्षा, स्वास्थ्य, रोजगार लगायतको विकासमा हामी लगिपर्ने आजको आवश्यकता रहेको भन्दै शुभकामना मन्तव्य राखेका थिए ।
    राजस्व शाखा प्रमुख अमृता पाण्डेय, पशु शाखा प्रविधिक चक्रमणि गैरे, कलाधर लम्साल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    कार्यक्रममा गाउँपालिका भित्रका सबै वडाका वडा अध्यक्ष, सदस्य, कार्यपालिका सदस्य, कर्मचारीहरुको सहभागितामा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.