असलम खान । लुम्बिनीखबर
मर्चवार, २ कात्तिक । रुपन्देही जिल्लामा बेमौसमी वर्षाका कारण धान बालीमा क्षति भएको छ ।
मर्चवारका कृषकहरुले लगाएको धानबालीमा सोमबार राति आएको हावाहुरी सहित असिना पानीले क्षति पु¥याएको हो ।
सम्मरीमाई गाउँपालिका वडा नम्बर –६ का कृषक कपिल केवटका अनुसार धानबाली भित्र्याउने समयमा हावाहुरी सहितको वर्षाले खेतमै धान ढलेकाले चिन्तित बनाएको बताउनुभयो । उहाँले भन्नुभयो सोमबार राति भएको असिना पानी सहितको वर्षाले धान पाकेर भित्र्याउन जुटेका किसान बाली नोक्सान हुने पीरले चिन्तित बनाएको बताउनुभयो । अझै वर्षा भएमा धानबाली खेतमै सड्ने चिन्ता बढेको उहाँले बताउनुभयो ।

मर्चवारी गाउँपालिका वडा नम्बर ३ का कृषक प्रकाश गुप्ताको अनुसार खेतमा धान पाकेर बाली झुलेका छन् । वर्षाको डरले धान नकाटेका गुप्ताको खेतमा सोमबारको हावाहुरी सहितको वर्षाले क्षति पु¥याएको छ । अस्तिको वर्षा र हावाहुरीले धान भाँचेको छ उहाँ भन्नुहुन्छ । अझै वर्षा भएमा धानबालीको धेरै क्षति हुने बताउनुभयो । धान घर भित्र्याउने बेलामा हरेक वर्ष किन वर्षा हुन्छ होला प्रश्न गरेको थिए ।
