कार्तिक २, ठूलाबेसीं । प्यूठानको गौमुखी गाउँपालिकामा १ लाख ५० हजार बढीको मदिरासहित म्याद गुज्रिएका सामानहरुको नष्ट गरिएको छ । पालिकाको वडा नं–५ खुङ, वडा नं–७, नारिकोट,वडा नं–४ पुजा लगायत अन्य वडाका पसलहरुमा उपाध्यक्ष, प्रसाशन टिम एवम् सुरक्षाकर्मीसहितको टोलीले बजार अनुगमन गर्दा अवैध मदिरा, कमसल खालका सामानहरु एवम् म्याद गुज्रिएका सामानहरु फेला पारी बिहीवार पालिकामा नष्ट गरिएको छ ।
नष्ट गरिएका सामानहरुमा ४० यूपी भन्दा माथिका कमसल खालका मदिरा, वर्फी डाईमण्ड १ सय २० ओटा, सिक्स टु सिक्स २२ ओटा, १ सय बढी कोल्ड ड्रीन्क्स, मसलाहरु, लगायत अन्य कमसल खालका सामानहरुको नष्ट गरिएको गाउँपालिकाका उपाध्यक्ष महाविर रानाले बताए । नष्ट गर्ने कार्यक्रममा उपाध्यक्ष रानाले भन्नुभयो “गाउँपालिकाले अवैध भनेको मदिरा बिक्री गर्न पाइदैन र म्याद गुज्रिएका बस्तुहरु बिक्री गरि उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गर्ने पाइदैन ।

“छापा हान्दा अवैधरुपमा ४० यूपी माथिका मदिरा वडाहरुमा भेटिएकाले कमसल खालका मदिरा बिक्री गरी फाइदा उठाउने उद्देश्यले भित्राएको सामानको नष्ट गरिएको प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम पौडेलले बताए । सभ्य गौमुखी निर्माणमा हरेक वडाका स्थानीयहरु जागरुक भई अवैध एवम् म्याद गुज्रिएका सामानहरु फेला परे तुरुन्त उजुरी गर्न ईलाका प्रहरी कार्यालय पुजा लिवासेका असई उदय बहादुर डाँगिले जनाए । ‘‘यी यस्ता अवैध मदिरा ढुवानी गर्ने यातायातको साधनलाई नै रोक लगाउने तयारीमा छौं ।’’ डाँगीले भने ।