logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    अमेरिकामा एक बन्दुकधारीको आक्रमणमा १६ को मृत्यु, बन्दुकधारी फरार


    ९ कार्तिक २०८० , बिहिबार

    अमेरिकामा एक बन्दुकधारीको आक्रमणमा १६ को मृत्यु, बन्दुकधारी फरार

    एजेन्सी । अमेरिकाको लेबिस्टन सहर माइनमा एक बन्धुकधारीले १६ जनाको हत्या गरेको छ । ५० जनाभन्दा बढी घाइते भएका छन् ।प्रहरीले उक्त बन्दुकधारी अझै पनि फरार रहेको भन्दै सचेत रहन नागरिकलाई चेतावनी दिएको छ । माइन राज्य प्रहरीले स्थानीयलाई सम्बोधन गर्दै भनेको छ, ‘लेबिस्टनमा एक सक्रिय सुटर छ । हामी मानिसहरूलाई सुरक्षित ठाउँमा शरण लिन आग्रह गर्छौँ । कृपया ढोका बन्द गरेर आफ्नो घरभित्रै बस्नुहोस् ।’प्रहरीले सहरका बासिन्दाहरू, साथै नजिकैको लिस्बन सहरका बासिन्दाहरूलाई सुरक्षित रहन भनेको बिबिसीले जनाएको छ । प्रहरीका अनुसार ४० वर्षीय रोबर्ट कार्डले १६ जनाको हत्या गरिसकेका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । लेबिस्टनको सिटी काउन्सिलका लागि उम्मेदवारी दिएकी बिली जेने कुकले बिबिसी न्युज च्यानललाई गोली हानिएका घटनाका विवरण सार्वजनिक भएपछि आफूले कार्यक्रम छोडेको बताइन्

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.