गाजा । अल जजिरा मिडिया नेटवर्कले इजरायली हवाई आक्रमणमा गाजा संवाददाताका श्रीमती र दुई छोराछोरी मारिएको जानकारी दिएको छ। उनीहरू उत्तरी गाजाबाट भागेर शरणार्थी शिविरमा बस्दै आएका थिए।
यस आक्रमणको बारेमा इजरायली सेनाको तर्फबाट कुनै बयान आएको छैन। अल(जजीराले प्रत्यक्ष टिभीमा संवाददाता वेल अल(दहदौलाई आफ्नी श्रीमती, छोरी र छोराको शव समातेको देखाएको थियो।
अल(जजीराका अनुसार उनीहरू गाजाको नुसिरत शरणार्थी शिविरमा बस्दै आएका थिए जहाँ इजरायली रकेट आक्रमण गरिएको थियो । इजरायलको चेतावनीपछि वेल अल(दहदौले आफ्नो परिवारसहित उत्तरी गाजा छोडेर दक्षिणी गाजा गएको अल(जजीराले जनाएको छ।