logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    अन्तर्राष्ट्रिय स्तरमा मन्दी रहेको हुँदा नेपालमा समेत मन्दी देखिएको छ – पुर्ब मन्त्री बलदेव


    १३ कार्तिक २०८० , सोमबार

    अन्तर्राष्ट्रिय स्तरमा मन्दी रहेको हुँदा नेपालमा समेत मन्दी देखिएको छ – पुर्ब मन्त्री बलदेव

     

    शहबाज खान । लुम्बिनीखबर 

    कृष्णनगर, १३ कार्तिक  । “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान ” अन्तरगत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कपिलवस्तुद्वारा नेपालीहरुका साँस्कृतिक पर्व बडा दशैं, दिपावली , छठ , नेपाल सम्वत लगायतको शुभ अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ ।

    उक्त कार्यक्रममा बोल्दै पुर्ब कृषि मन्त्री चक्रपणि खनाल `बलदेव´ ले हाल अन्तर्राष्ट्रिय स्तरमा मन्दी रहेको हुँदा नेपालमा समेत मन्दी देखिएको बताएका छन् । उनले नेपालको आर्थिक अवस्था सुधारन कृषि , शिक्षामा विशेष जोड दिनु पर्ने र बिदेशबाट आएको रेमिटेन्सको उचित सदुपयोग गर्नु पर्ने धारणा समेत व्यक्त गरेका छन् । 

    उक्त कार्यक्रममा पुर्ब युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज `अथक´ , नेकपा एमाले , जसपा , राप्रपा , रस्वपा लगायत पार्टीका नेता तथा प्रतिनिधि उपस्थित रहेका थिए । उक्त कार्यालय कपिलवस्तु नगरपालिकाको सभा हलमा नेकपा माओवादीका जिल्ला संयोजक बिस्णु बेलबासेको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रम संचालन नेकपा माओवादी जिल्ला सचीव हजरत अलिले गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.