logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    बुद्धभूमि लुम्बिनीमा विश्व शान्तिका लागि मोन्लम पूजा


    १६ कार्तिक २०८० , बिहिबार

    बुद्धभूमि लुम्बिनीमा विश्व शान्तिका लागि मोन्लम पूजा

    लुम्बिनी, कार्तिक १५ । बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिका लागि प्राणिधान (मोन्लम पूजा ) विहिबारदेखि शुरु भएको छ । महायान परम्परा अनुसार नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघले तीन दिने मोन्लम पूजा शुरु गरेको हो । संसारभर बुद्ध नेपालमा जन्मिएको सन्देश दिन र विश्व शान्तिका लागि बार्षिक रुपमा यस्तो पूजा गर्ने गरिएको छ ।

    लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) को उपस्थितीमा खेन्छेम पेमा शेर्पा (रिपोन्छे) ले मोन्लम पूजा गराएका हुन् । उपाध्यक्ष लामाले लुम्बिनीमा आनीहरुको मोन्लम पूजाबाट यो वर्ष पूजाको शुरुवात भएको बताउँदै आगामि दिनमा यस्ता पूजाहरु बढ्दै जाने बताए । उनले आफू कोषको उपाध्यक्ष हुँदा नै लुम्बिनीमा लामा, गुरुहरुको उपस्थितीमा विभिन्न खालका पूजा गराउने प्रतिबद्धता जनाएको बताए । उनले अब बेलाबेलामा ठूला–ठूला मोन्लुम पूजाहरु हुने बताए ।

    भगवान बुद्धका उपदेशका पाठहरु गर्दै बोद्धिसत्व गरेकाहरुको स्मरणमा गरिएको पूजाको महायान परम्परामा निकै ठूलो महत्व रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । उनले लुम्बिनी विकास कोषले मोन्लम जस्ता पूजाहरुलाई नीतिगत रुपमा प्रोत्साहन गर्ने नीति लिएको बताए । उनले यो वर्षका लागि पूजा शुरु भएको बताउँदै नोभेम्र र डिसेम्बरमा पनि यस्तै पूजा लुम्बिनीमा हुने बताए । लुम्बिनीमा धार्मिक पर्यटकहरुलाई आर्कषित हुने र यसले बुद्धका उपदेश र सन्देश थप फैलने उनले बताए । नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघले प्रत्येक वर्ष लुम्बिनी स्थित मायादेवी मन्दिरमा मोन्लम पूजा गर्दै आएको छ ।

    बुद्धजन्मस्थल नेपाल र लुम्बिनी हो भन्ने सन्देश दिन र विश्वभर नै शान्तिको कामना गर्दै विगत ६ बर्षदेखि मोन्लम पूजा गर्दै आएको संघका संस्थापक अध्यक्ष खेमो डोल्पा छिरिङ लामाले बताईन । पूजाको शुरुवातका दिन कोषका उपाध्यक्ष डा. लामा सहित, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य राजेश शाक्य, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई लगायतको उपस्थिती रहेको थियो । पूजा शनिबारसम्म चल्नेछ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.