logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    पर्यटकिय सिद्धार्थनगरको खण्डहर बसपार्क


    २० कार्तिक २०८० , सोमबार

    पर्यटकिय सिद्धार्थनगरको खण्डहर बसपार्क

    कमल रायमाझी
    भैरहवा, २० कार्तिक । नेपालमै काठमान्डौँ पछिको पहिलो अत्याधुनिक तथा सुविधा सम्पन्न भैरहवाको सिद्धार्थ बस टर्मिनल अहिले खण्डहर बनेको छ ।
    वि.स. २०५६ सालमा तत्कालिन नगर प्रमुख सागर प्रताप राणाको नेतृत्वमा सिद्धार्थनगर नगरपालिकाले नगर गौरवको आयोजना अन्र्तगत कर्जा सापटी तथा नगरको आन्तरिक लगानीमा निर्माण भएको यो वसपार्क खण्डहरमा परिणत भएको देखिन्छ ।
    करिव ६ बिघाक्षेत्रफलमा फैलिएको यो बसपार्क सिद्धार्थनगर नगरपालिका र शहरी विकास मन्त्रालयको सहकार्यमा निर्माण गरिएको हो । वि.स. २०५६ सालमा करिव ३ करोड लागत निर्माण र वि.स. २०७४ सालमा करिव साढे १२ करोड लागतमा यो बसपार्कको स्तरोन्नती गरिएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ ।
    अत्याधुनिक तथा सुविधा सम्पन्न बसपार्कको परिकल्पना र योजनामा निर्माण भएको यो बसपार्कमा बस पार्किङ स्थल, सार्वजनिक शौचालय, फुटपाथ, वर्कसप भवन, यात्रु प्रतिक्षालयहरु, हरियाली, सोलार बत्ती निर्माण भएका छन् ।
    राज्यको ठुलो रकम खर्च गरेर निर्माण गरिएका यी संरचनाहरु समयमा मर्मत संम्भार र व्यवस्थापन नगर्दा बसपार्कलाई नै असोभनिय बनाएको देखिन्छ ।
    यहाँ अहिले अव्यवस्थित बस तथा नीजि सवारीको पार्किङ, यात्रुहरुलाई निषेध गरिएको तालाबन्दी अवस्थाको सार्वजनिक शौचालय, भत्किएको फुटपाथ, प्रयोग विहिन वर्कसप भवन, खण्डहर तथा फोहोर यात्रु प्रतिक्षालयहरु र अस्तव्यस्त सोलार तथा विद्युतियकरण भएको बस व्यवसायीहरु बताँउछन् ।
    बसपार्कको पछाडी शहरी विकास मन्त्रालयले निर्माण गरिदिएका टायर बिक्री सेन्टर, मर्मत सेन्टर, डिजेल तथा पेट्रोल बिक्री कक्षहरु निर्माण गरिएपनि प्रयोग विहिन अवस्थामा रहेको सिद्धार्थ बसपार्कमा आउने चालकहरु बताउँछन् ।व्यवसायी प्रयोजनका लागि निर्माण गरिएका सटरहरुको पुर्ण प्रयोग समेत यहाँ गर्न सिद्धार्थनगरपालिका चुकेको देखिन्छ । निर्माण हुन बाकी रहेको व्यवसायीक सुपरमार्केट भवन समेतको निर्माण कार्य नगरपालिकाले अलपत्र बनाएको छ ।सुन्दर ,सफा, व्यवस्थित र हरियाली बसपार्कको अवधारणा नगरपालिकाले अगाडी सारेपनि अहिले बसपार्कमा फोहोरका थुप्राहरु, अस्तव्यस्त बसपार्क र मर्मत सम्भार नभएका सडकहरु भेटिन्छन् ।बसपार्कको प्रवेष मार्ग र निकास हुने मार्ग फत्किएर धुलाम्मे बनेको तर नगरपालिकाले कानमा तेल हालेर बसेको यात्रुहरुको आरोप रहेको छ । बार्षिकरुपमा प्रवेष मार्ग र निकास मार्ग मर्मतका लागि लाखौ रकम खर्च गरिएको नगरपालिकाको योजना रेर्कड देखिएपनि भत्किने क्रमले भने निरन्तरता पाएको देखिन्छ । त्यसकारण बसपार्कको प्रवेष र निकास क्षेत्रमा बलियो तथा आरसीसी सडक निर्माण गर्नुपर्ने बस चालकहरुको माग रहेको छ । बसपार्क मर्मतका नाममा बार्षिकरुपमा ठुलो रकम निकासा गर्ने र मर्मत जस्तो झाराटार्ने काम गरि बजेट खाने क्रमलाई रोक्न समेत उनिहरुले आग्रह गरेको छन् । बसपार्क भित्र यात्रुहरुका लागि निर्माण गरिएको सार्वजनिक पार्क समेत तालाबन्दी गरेर थुनिएको छ । फोहोरा सहितको रमणिय उक्तपार्क यात्रुहरुलाई विश्राम गर्न र घुम्नका लागि निर्माण गरिएको थियो । तर नगरपालिकाले योजना अनुसारको कार्यन्वयन गर्न नसकेको स्थानीयहरुको आरोप छ । सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खानले बसपार्कलाई हरियाली र व्यवस्थित बनाउने योजनाका साथ नगरपालिका अगाडी बढेको बताउदै बजेट व्यवस्थापनमा आफु सक्रिय भएको बताउनुभयो । नेपालमा आधुनिक बसपार्क भित्र पुरानो यो बसपार्कलाई पर्यटकियरुपमा आर्कषण बनाउने योजनामा सिद्धार्थनगर रहेको नगरप्रमुख खानले जानकारी दिनुभयो ।सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज पौडेल नगरपालिकाको व्यवस्थापन गर्नुपर्ने विषयमा आफुलाई जानकारी रहेको बताउनुभयो । उहाँले बसपार्कलाई व्यवस्थित र उचित व्यवस्थापनमा सञ्चालन गर्ने सोच भएपनि बजेटको अभावमा केहि गर्न नसकिएको जानाकारी दिनुभयो । सिद्धार्थ बस टर्मिनल अहिले सिद्धार्थनगरपालिकाको मातहतमा सञ्चालनमा रहेको छ । यहाँ बस पार्किङ शुल्क, सटर भाडा लगायतका शुल्कहरु उठाउने जिम्मा पनि नगरपालिकाको छ । यहाँ आउने बसको पार्किङ तथा प्रवेश शुल्क समेत नगरपालिका आफैले उठाउदै आएको बस चालकहरु बताँछन् । तर यहाँको विकास र व्यवस्थापनमा भने नगरपालिका उदासीन देखिन्छ । पर्यटक आगमनको मुख्य मार्गको शुरुवातमा रहेको यो बसपार्कको हरिबिजोक अवस्थाले मानिसमा वितृष्णा गराउने गरेको छ । यसको लागि सिद्धार्थनगर नगरपालिकाले दिर्घकालिन सोचका साथ काम गर्नुपर्दछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.