लाहान, २१ कार्तिक । सशस्त्र प्रहरी बल नेपाल सिराहाबाट खटिएको बिशेष टोलीले पेस्तोलसहित तीन युवकलाई सोमबार पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपालको इन्टिलिजेन्स ब्युरोले दिएको सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा हतियारसहित मानिस पक्राउ परेका हुन् । जिल्लाको लाहान नगरपालिका –१, सिँङराहीमा सशस्त्र प्रहरीको विशेष चेकजाँचका क्रममा स.९ प. ४९७१ नम्बरको यमाह मोटरसाइकलमा सवार तीन जना युवकको साथबाट आधुनिक ९ एमएमको ब्राउनिङ पेस्तोल एक थान, सोको म्याग्जिन १ थान र राउण्ड दुई थान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल सिराहाले जनाएको छ ।
पक्राउ परेका व्यक्तिको साथबाट नगद रु. १ लाख ८४ हजार २५३, चार थान मोबाइल सेट, रु. ४ लाख ६४ हजार ५ सय मूल्य बराबरको रिचार्ज काड समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
चेकजाँचमा पक्राउ पर्नेहरु सुरुङ्गा गरपालिका–५, सप्तरीका ३२ अनिल राम, सोहि नगरपालिका–५ का ३० वर्षिय जीवानन्द चौधरी र खड्ग नगरपालिका–४ सप्तरीका ३५ वर्षिय सञ्जयप्रसाद चौधरी छन् । पक्राउ परेका युवकहरुको विगत अपराधिक क्रियाक्लाबमा संलग्न रहेको स्थानीयहरुले बताएका छन् । उनिहरुलाई थप कार्वाहीका लागि अनुसन्धान प्रकृया अगाडी बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
