logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सियारि–२ मा मानव कङ्काल फेला


    २१ कार्तिक २०८० , मंगलबार

    सियारि–२ मा मानव कङ्काल फेला

    सियारी, २१ कार्तिक । रुपन्देहीको सियारी–२ मैनहिया स्थित रमन कन्सट्रक्सन पछाडि नहरको किनारमा मानव कङ्काल फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् सूचना अधिकारी प्रनाउ मनोहरप्रसाद भट्टका अनुसार स्थानीले मङ्गलबार विहान गाई, चौपाया चराउँदा कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    स्थानीयको खबरपछि पुगेका प्रहरी टोलीले अनुसन्धान गर्दा बेवारिसे मानिसको शरिरको हड्डी, खप्पर भएको पुष्टी भएको हो । कंकाल नजिकै रातो ज्याकेट भेटिएको प्रहरीले जनाएको छ ।

    कंकाल कस्को भन्ने पहिचान खुल्न सकेको छैन । थप अनुसन्धानका लागि कंकाल जिल्ला प्रहरी कार्यालय रुपन्देही लगिएको प्रवक्ता भट्टले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.