logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सप्ताहव्यापी कार्यक्रमको छैठौँ दिनः सामुदायिक रेडियो परासीद्वारा ट्राफिक सचेतना


    २३ कार्तिक २०८० , बिहिबार

    सप्ताहव्यापी कार्यक्रमको छैठौँ दिनः सामुदायिक रेडियो परासीद्वारा ट्राफिक सचेतना

    परासी, २३ कार्तिक । सामुदायिक रेडियो परासीको १६औँ वार्षिकोत्सवको अवसरमा परासीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । बजार क्षेत्रमा व्यापक ट्राफिक नियम उलंघन भइरहेको बेला पहिलो चरणमा बालबालिकालाई ट्राफिक नियमबारे सचेतना दिइएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि संविधान सभाका सदस्य अलाउद्धिन अन्सारीले सडक दुर्घटना न्यूनिकरणमा सबैले पहल गर्नु पर्ने बताउनु भयो । सो अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक राजु खत्रिले ट्राफिक नियमका बारेमा सहजिकरण गुर्न भएको थियो । निरिक्षक खत्रीले सडक लेन, सवारी चलाउँदा र बाटो काट्दा ध्यान दिनुपर्ने कुरा लगायतका विषयमा जोड दिनु भयो ।

    कार्यक्रममा रामग्राम नगर क्षेत्रका ४० जना विद्यार्थीहरुको सहभागीता रहेको सामुदायिक रेडियो परासीका सहसचिव तोेरेन्द्र जिसीले बताउनु भयो । ट्राफिक सचेतना कार्यक्रममा सामुदायिक रेडियो परासीका अध्यक्ष सुमन गोपाल आचार्यको अध्यक्षता, रेडियो परासीका उपाध्यक्ष राजकुमार रेश्मी, प्रबन्ध निर्देशक मेघराज गौतम लगायतले बोल्दै ट्राफिक नियमको पालना नगर्दा ठूलो पिडा भोग्नुपर्ने अवस्था आउने बताउँदै यस तर्फ सबै सचेत बन्नुपर्नेमा जोड दिनु भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.