परासी, २३ कार्तिक । सामुदायिक रेडियो परासी ९०.२ मेगार्हजको १६ औँ वार्षिकोत्सवको तेश्रो दिन कात्र्तिक १९ गते सञ्चालन भएको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा रमवापुर मा.वि. कक्षा १० मा अध्ययनरत स्मृती सापकोटा प्रथम हुनु भएको छ । सापकोटाले ८०.५ अंक प्राप्त गरी प्रथम हुन सफल हुनु भएकी हुन् । त्यसै गरी ज्योति मा.वि. असनैयाका कक्षा १० मै अध्ययनरत समिर बि.क. ७१.२६ अंक प्राप्त गरी द्वितीय स्थान हासिल गर्नुभएको छ । लिटिल एन्जल्स् मा.वि. परासीमा कक्षा १० मा अध्ययनरत सयालीका बराल ६६.६२ अंक र महाकवि देवकोटा मा.वि. सुनवलमा अध्ययनरत अपेक्षा ढकालले ६६.२९ अंक प्राप्त गरी तृतीय हुन सफल भएका छन् ।
प्रतियोगितामा निर्णयकबाट ६० अंक भार र सामाजिक संञ्जाल फेसबुक मार्फत लाइक र भ्युजको आधारमा ४० अंकभारको मूल्याङ्कन गरिएको थियो । वक्तृत्वकला कार्यक्रममा जिल्लाका सातै पालिकाका २९ विद्यालयमा अध्ययनरत विद्यार्थिले प्रतिस्पर्धा गरेका थिए ।