काठमाडौं, १२ मङ्सिर । मङ्सिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामालाई विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था International Buddhist Confederation (IBC) को शक्तिशाली अधिकार प्राप्त कार्यकारी स्थायी समितिमा निर्वाचित गर्दै अध्यक्ष पदमा निर्वाचित गरिएको छ ।
विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महादिवेशन सोमबारदेखि भारतको नयाँ दिल्लीमा सुरु भएको छ । विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था विश्व बौद्ध शिखर सम्मेलनको महाधिवेशन सहभागी हुन उपाध्यक्ष डा. लामा दिल्लीमा रहेका छन् । विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था IBC को स्थापनाकाल सन् २०११ सालदेखि २०१६ सम्म स्थायी समिति सदस्यमा निर्वाचित भएर काम गर्दै आएका हुन् । सन् २०१७ को दोस्रो महादिवेशनबाट अधिकार प्राप्त कार्यकारी सदस्यमा पुनः निर्वाचित भएर सचिवमा निर्वाचित भएका उपाध्यक्ष डा.लामा IBC को स्थायी कार्यकारी समितिमा निर्वाचित हुँदै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
भारत सरकारको मातहतमा रहेको IBC ले सय करोड भन्दा धेरै बुद्धिष्टहरुलाई एकता गर्दै विश्वभर शान्ति स्थापनको निम्ति विभिन्न कार्यक्रमहरु अगाडि बढाउँदै आएको छ । बुद्धिष्टसंग सम्बन्धित रहेका पुरात्वातिक क्षेत्रहरुको खोज तथा अनुसन्धान गर्दै सम्बन्धित क्षेत्रहरुको संरक्षण र सम्वद्र्धन गर्दै आएको छ ।
बुद्धदर्शनको विकास साथ–साथै संसार भर छरिएर रहेका बुद्धधर्म अवलम्बीहरुमा विकृति विसंगति र धर्म परिवर्तन गर्ने जस्तो अस्वभाविक अवस्था आउन नदिन यस संस्थाले विशेष भुमिका खेल्ने छ । युगौदेखि विभिन्न खाले उत्पीडन र अत्याचार समेत व्यहोर्दै आएको बुद्धिष्टहरुलाई न्याय दिलाउन सबै प्रकारको उत्पीडन अन्त्यको लक्ष्य समेत IBC ले राखेको छ ।

हाल भारतको नयाँ दिल्लीमा रहेको बुद्धिष्टहरुको छाता संगठन जसले विश्वभरका बौद्धमार्गीहरुको साझा मञ्चकोरूपमा काम गर्दै आइरहेको छ भने IBC को हाल ३९ देशहरूमा ३२० भन्दा बढी सगठनहरु रहेको छ । उक्त संस्थाको अध्यक्ष पदमा निर्वाचित भए लगत्तै पत्रकारहरुसँग बोल्दै प्रथम (हेल्मो खेन्पो छिमे छिरिङ) उपाध्यक्ष डा.लामाले यो निर्वाचितले बुद्धको जन्मस्थल पवित्र भूमी नेपालको सम्मान गरेको प्रतिक्रिया व्यक्त गरेका छन् । लामो समयदेखि बुद्ध दर्शनको खोज अनुसन्धान र अभ्यास गर्दै आएका उपाध्यक्ष डा. लामा सोमबार स्थायी कार्यकारी समिति हुँदै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
पूर्व मन्त्री र संविधानसभा सदस्य समेत भइसकेका उपाध्यक्ष डा. लामा बौद्धधर्मको विकास र सम्वद्र्धनमा अतुलनीय योगदान पु¥याएका व्यक्ति हुन् । बुद्ध दर्शनमा लेख एवं प्रवचन दिई नेपाल र लुम्बिनीको पहिचान विश्वभरका बौद्धमार्गीहरुमा पु¥याएका छन् ।
IBC को अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भएको भन्दै विभिन्न संघ संस्थाले बधाई एवं शुभकामना ज्ञापन गरेको छ । शुभकामना एवं बधाई व्यक्त गर्दै उहाँको उपस्तिथिले लुम्बिनीको विकास संरक्षण सम्वद्र्धन एवं अन्तर्राष्ट्रिय कारण हुने विश्वास एव खुशी व्यक्त गरिएको छ । साथै उहाँ निर्वाचित भएसँगै कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकरण हुन थप सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।