logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    भैरहवा मेलामा बुधबारदेखि कुस्ती प्रतियोगिता हुँदै


    १२ मंसिर २०८० , मंगलबार

    भैरहवा मेलामा बुधबारदेखि कुस्ती प्रतियोगिता हुँदै

    भैरहवा, १२ मंसिर । भैरहवामा जारी छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) अन्तर्गत मंसिर १३ गते बुधबारदेखि कुस्ती प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिता मंसिर १३ देखि १५ गतेसम्म (तीनदिन) सञ्चालन हुने महोत्सवका कुस्ती व्यवस्थापन संयोजक प्रभु यादवले बताए ।

    महोत्सवमा महिला पहलमानको पनि सहभागीता रहने महोत्सवको आयोजक संस्था चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले बताए । उनले तराई–मधेशमा लोकप्रिय खेलको रुपमा परिचित कुस्ती प्रतियोगिता महोत्सवमा आयोजना गरिने बताए । उनले भने, ‘प्रतियोगिताले कुस्ती खेलको संरक्षण र प्रवद्र्धनमा केही भए पनि टेवा पुग्छ भन्ने हाम्रो विश्वास छ ।’

    प्रिती पासवान आउँदै

    भैरहवामा जारी छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० अन्तर्गत मंसिर १३ गते बुधबार चर्चित भोजपुरी कलाकार तथा मोडल डान्सर प्रिती पासवान आउने भएकी छन् । बुधबार प्रिती पासवानको प्रस्तुति रहने चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) का सचिव तथा महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक कृष्ण प्रसाद पाण्डेले बताए ।

    हाँस्य कलाकार शैलेन्द्र सिम्खडा आउँदै

    त्यस्तै बुधबार नै महोत्सवमा हाँस्य कलाकार शैलेन्द्र सिम्खडा आउने पाण्डेले जानकारी दिए । सिद्धार्थनगर–८ स्थित अञ्चलपुरमा महोत्सवमा स्थानीयसँगै राष्ट्रिय कलाकारको प्रस्तुति रहेकोले महोत्सवको अवलोकन गर्न मेला मूल आयोजक समितिका सह–संयोजक तथा साँस्कृतिक व्यवस्थापन समितिका संयोजक नारायण प्रसाद भण्डारीले आग्रह गरे ।

    ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने नाराका साथ मंसिर १८ गतेसम्म महोत्सव सञ्चालन हुने उद्योग व्यापार संगठन, रुपन्देहीकी महासचिव लक्ष्मी अधिकारीले बताइन् । महोत्सवको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिका, कृषि तथा भूमिव्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश, प्रवद्र्धकमा पर्यटन परिषद, लुम्बिनी प्रदेश, लुम्बिनी साँस्कृतिक नगरपालिका, मर्चवारी, सियारी, शुद्धोधन, कञ्चन, रोहिणी, ओमसतिया, कोटहीमाई र सम्मरीमाई गाउँपालिका, रुपन्देही रहेका छन् ।

    महोत्सवको संरक्षकमा नेपाल चेम्बर अफ कमर्श, काठमाडौं र नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश रहेका छन् । त्यस्तै महोत्सवको मुख्य प्रायोजकमा होटल मौर्य, सह–प्रायोजकमा रिया एण्ड रक्षा फुड प्रोडक्ट, माया तेल, एसआर स्टील, नेट पार्टनरमा फाइबर नेट, टिकट प्रायोजकमा एनजी मार्केट मणिग्राम, आधिकारिक बैंकमा प्रभु बैंक, पर्यटन पार्टनरमा बोधी रेडसन होटल र मुख्य गेट प्रायोजकमा माउण्ट एभरेष्ट कत्था मिल्स प्रा.लि. रहेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.