अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी १६ मंसिर रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न १ खुनगाई कालिदहमा शनिबार विदाको समयमा स्कुल बसको ठक्करले घटना स्थलमै २ जनाको मृत्यु भएको छ । खुनगाईबाट कारिदह तिर जादै गरेको सिद्धार्थ प्रतिभा इङ्गलिस हाई स्कुल सुर्यपुराको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाईकलमा ठक्कर दिएको ईलाका प्रहरी निरक्षक कन्चन तामाङ जानकारी दिएको छ ।
ईप्रका लुम्बिनीले दिएको जानकारी अनुसार बसको ठक्करले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ४ अमारी बस्ने २१ वर्षिय मोहम्मद इरसाद र सोही ठेगाना कि १६ वर्षिय रुबिना खातुनको घटना स्थल मै मृत्यु भएको हो । यसैगरी गम्भीर घाइते रहेकी १७ वर्षिय अपसना खातुनको मेडिकल क्लेज भैरहवामा उपचार भइरहेको छ ।

घटनापछि स्थनीयले अक्रोसित भइ बस समेत जलाइदिएका छन ।भने बस डाबरलाई बाधिराखेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ ।
