logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    श्री हाम्रो राधाकृष्ण कृषि सहकारीद्वारा पशुपालक किसान सम्मानित


    २१ मंसिर २०८० , बिहिबार

    श्री हाम्रो राधाकृष्ण कृषि सहकारीद्वारा पशुपालक किसान सम्मानित

    लुम्बिनीखबर 
    सिद्धार्थनगर, २१ मंसिर । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मा रहेको श्री हाम्रो राधाकृष्ण कृषि सहकारी संस्था लिमिटेडले नवौं स्थापना  दिवसको अवसरमा पशुपालक किसानलाई सम्मान गरेको छ।
    सहकारीले आज स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि पशुपालक कृषकलाई सम्मान गरेको आयोजक स्रोतले जनाएको छ।


    कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि दोमलाल भुषालले कार्यक्रमलाई सम्बोधन गर्दै पशुपालन गर्ने कृषकहरु पशुपालन गर्नु भनेको उल्लखनिय कार्य गरेको र यसबाट कृषक मात्र नभएर अन्य व्यक्तिहरु पनि दूध, दही, घिऊ लगायत उपलब्ध गराउनमा ठूलो भूमिका रहेको प्रशंसा गर्दै आगामी दिनमा नगरपालिकाबाट विभिन्न किसिमका कृषि तथा पशुपालनका लागि सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। साथै यो सहकारीमा आबद्ध कृषकहरु सम्मान गर्नु सहकारीहरुको लागि मात्र नभएर जिल्लाकै लागि नमुना कार्यक्रम यो सहकारीले गरेको बताएका थिए। यस्ता कार्य सबै सहकारीहरुले समय समयमा सञ्चालन गर्नुपर्ने सुझाएका थिए।
    कार्यक्रममा संस्थाका अध्यक्ष तथा कार्यक्रमका संयोजन सूर्य प्रसाद बन्जाडेले कार्यक्रममा पशुपालक किसानहरुलाई सम्मान गर्नुको मुख्य उद्देश्य कृषि तथा पशुपालनका लागि कृषकलाई प्रोत्साहन गर्नु हो। आगामी दिनमा साना किसान लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्ने बताएका थिए।
    कार्यक्रममा किसानहरु तर्फका एक वक्ताले किसानहरुले उत्पादन गरेको हरेक चीजबीजको बजार सुनिश्चित भए मात्र यो पेसा प्रति सबैको चासो बढ्ने बिचार व्यक्त गरेका थिए  ।

    कार्यक्रममा संस्थाका कोषाध्यक्ष बाबुराम भन्डारीले आफ्नो स्वागत मन्तव्य राखी सम्पूर्णलाई स्वागत गरेका थिए भने संस्थाका सचिव शिवलाल कंडेलले कार्यक्रम सञ्चालन गरेका थिए।

    कार्यक्रममा २५ जना  पशुपालक कृषकहरुलाई गम्बुट , पशुमिनरल दाना र औषधि समेत बितरण गरिएको थियो।संस्थाको नवौं स्थापना दिवसमा प्रमुख अतिथि र दुई जना कृषकको हातबाट केक काटी कार्यक्रमको समापन गरिएको थियोे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.