असलम खान । लुम्बिनीखबर
मर्चवार, २२ मंसिर। नोभेम्बर २५ देखि देशभर लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सञ्चालन भईरहेको छ। लैङ्गिक हिंसाका बिरुद्ध एक्यबद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न कार्यक्रमहरु भैरहेका छन्। रुपन्देही जिल्लामा पनि विभिन्न अभियान तथा सचेतना मुलक कार्यक्रमहरु भइरहदा जिल्लाको मर्चवारी गाउँपालिकाले पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरि लैंगिक हिंसा विरुद्ध मनाएको छ।
लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको एक्यबद्धता भन्ने मुल नाराका साथ मर्चवारी गाउँपालिका तथा किशोरी अधिकार मञ्च रुपन्देही मर्चवारको आयोजनामा शुक्रबार कार्यक्रम गरिएको छ।
पछिल्लो समयमा लैङ्गिक हिंसाका घटनाहरु वृद्धि भइरहेका छन्। यस्ता कार्यक्रमहरुले लैङ्गिक हिंसाका घटनाहरुलाई न्युनिकरणका लागि सहयोग पुर्याउन मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताउनुभयो।
कार्यक्रममा लैङ्गिक हिंसा न्युनिकरणका विषयमा अन्तरक्रिया चलेको थियोे।
मर्चवारी गाउँपालिका उपाध्यक्ष आशा सिंहको अध्यक्षता र मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईको प्रमुख अतिथ्यता रहेको थियो।
कार्यक्रममा मर्चवारी गाउँपालिका कार्यपालिकाका सदस्य, किशोरी अधिकार मञ्चका सदस्यहरु, वडाका जनप्रतिनिधिहरु, जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य राजमन प्रसाद लगायतको उपस्थित कार्यक्रम सम्पन्न भएको थियोे।
कार्यक्रमको संचालन मर्चवारी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख पुरुषोत्तम घिमिरेले गर्नुभएको थिए।