logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    कोटहीमाई गाउँपालिकाले एसईई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई रु. २५ हजार नगद सहित सम्मान


    २४ मंसिर २०८० , आइतबार

    कोटहीमाई गाउँपालिकाले एसईई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई रु. २५ हजार नगद सहित सम्मान

    असलम खान

    मर्चवार, २४ मंसिर । रुपन्देहीको कोटहीमाई गाउँपालिकाले एसईई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई रु. २५ हजार नगद सहित सम्मान गरेको छ । गाउँपालिकाले स्थापना गरेको ‘एसईई उत्कृष्ट जिपिए पुरस्कार’ अन्तरगत एसईई परीक्षा २०७९ मा सहभागी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुका उत्कृष्ट जिपिए ल्याउने एकजना छात्र र एकजना छात्रालाई शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले सम्मान गरेका हुन् । परीक्षामा सहभागी छात्रहरु मध्ये कोटहीमाई ५ स्थित श्री मर्चवार आदर्श माध्यमिक विद्यालयका छात्र राजेश कुमार लोधले ३.२० जिपीए र छात्राहरु मध्ये कोटहीमाई ३ स्थित श्री मर्यादपुर माध्यमिक विद्यालयका की छात्रा सुमन यादवले ३.१० जिपिए ल्याई उत्कृष्ट जिपिए पुरस्कार हासिल गरेको कोटहीमाई गाउँपालिका शिक्षा शाखका प्र.स. मनोहर चौधरीले जानकारी दिएका छन् ।

    उत्कृष्ट दुबै विद्यार्थीहरुलाई गाउँपालिकाले सम्मान स्वरुप २५–२५ हजार नगद तथा प्रशंसा पत्र दिएर सम्मान गरेको उनले बताए । उत्कृष्ट जिपिए ल्याएका छात्र तर्फ मर्चवार आदर्श माध्यमिक विद्यालय तथा छात्रा तर्फ श्री मर्यादपुर माध्यमिक विद्यालयलाई पनि सम्मान गरिएको थियो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले युवा पढे मात्र समृद्ध गाउँपालिकाको अनुभुति हुने बताए । अहिलेको पिढिले राम्रो शिक्षा हासिल गर्न सके विभिन्न ब्यवसाय संचालन गर्ने, समाजका बिक्रितीहरु हटाउनमा सहयोग गर्ने, सार्बजनिक सम्पत्तीको संरक्षण साथै भ्रष्टाचार बिरुद्ध आवाज समेत उठाउने उनले बताए । गाउँपालिकाले लागु गरेको छात्राहरुलाई साइकल वितरण कार्यक्रमले विद्यालयहरुमा छात्राहरुको संख्या बढन थालेको उनले बताए । निजि विद्यालय भन्दा सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरीयता न्युन पाइएकोले छात्राहरुको प्रोत्साहनको लागि साइकल वितरण, समग्र विद्यार्थीहरुको प्रोत्साहनका लागि उत्कृष्ट जिपिए पुरस्कार लगायत विभिन्न योजना लागु गरेको अध्यक्ष त्रिपाठीले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.