अन्जना चौहान। लुम्बिनीखबर
लुम्बिनी, २७ मंसिर। लुम्बिनी सास्कृतिक नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने आभियान २०८० को अवसरमा बृहत र्याली तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सुनगाभा समुदायिक विकास केन्द्रका अध्यक्ष अमृता थापाको अध्यक्षतामा र क्षेत्र न। ४ का विधायक कन्हैया बनियाको प्रमुख आतिथ्यता र नगरपालिकाका उपप्रमुख कल्पना हरिजनको विशिष्ट आतिथ्यतामा गरिएको थियो।

कार्यक्रममा गाउँ गाउँ तथा टोल टोलबाट सम्बादका लागि बालबालिका र विभिन्न संघ संस्थामा आबद्ध व्याक्तिहरुले हजारौ संख्याको रैली निकाली गाउँ गाउँबाट चौक हुँदै नारा लगाउदै लैङ्गिक हिंसा विरुद्धको रैली अगाडी बढाइएको थियो। त्यसै गरी दाईजो प्रथा बन्द गर, महिला हिंसा बन्द गर मुल नाराका साथ लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा न० ३ लुम्बिनी पडरिया चौकमा पुगी महिला हिंसा सम्बन्धी विभिन्न कार्यक्रमहरु गरी नाचगान, गीत नृत्य तथा नाटक समेत प्रस्तुत गरि कार्यक्रम समापन गरिएको थियो।
कार्यक्रममा २ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता ईनामुल्लाह फकिर, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी बल र वडाध्यक्ष, सञ्चारकर्मी लगायतका उपस्थिति रहेको थियो भने श्याम यादवले कार्यक्रम सञ्चालन गरेका थिए ।