logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    पत्रकारहरुको पैदल यात्राले शान्ति र अहिंसाको सन्देश प्रवाहः डा. लामा


    ६ पौस २०८० , शुक्रबार

    पत्रकारहरुको पैदल यात्राले शान्ति र अहिंसाको सन्देश प्रवाहः डा. लामा

    लुम्बिनी, पुस ६ । सधैं अर्काको समाचार लेख्ने पत्रकारहरुले शुक्रबार पर्यटन प्रवद्र्धन र विश्वशान्तिको सन्देश दिने उदेश्यले भैरहवादेखि बुद्धजन्मस्थल लुम्बिनीसम्म बौद्ध सञ्चार पैदल यात्रा गरेका छन् । लुम्बिनी प्रेस क्लबको आयोजनामा भैरहवादेखि लुम्बिनीसम्म २२ किमी पैदल यात्रा गरिएको हो । करिब ४ घण्टा पैदल हिँडेर लुम्बिनी मायादेवी मन्दिर पुगेका पत्रकारसहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गरे । उपाध्यक्ष डा.लामाले बौद्ध सञ्चार यात्राले विश्वमाझ शान्ति र अहिंसाको सन्देश प्रवाह गरेको बताए । उनले पत्रकारहरुले भैरहवादेखि बुद्धजन्मस्थल लुम्बिनीसम्म पैदल यात्रा गरेर विश्वभरका शान्ति, अहिंसाको सन्देशसँगै पर्यटन प्रवद्र्धनमा ठूलो योगदान दिएको बताए ।


    ‘सञ्चार क्षेत्र यस्तो शक्ति हो, जसले छिनभरमै विश्वमाझ सन्देश दिनसक्छ, हो आज त्यही सन्देश संसारभर फैलिएको छ । शान्तिमार्गीलाई लुम्बिनी आउन, पदयात्रा गर्न प्रेरणा मिलेको छ’, उनले भने । उनले पदयात्रा बुद्ध जीवनीसँग मेल खाने भएकाले लुम्बिनी आएर पदयात्रा गर्न विश्व समुदायलाई आह्वान गरे । उनले भगवान् बुद्ध लुम्बिनीमा जन्मिनु नै नेपाली र विश्वभरका बौद्धमार्गी र शान्तिप्रेमीहरुलाई खुशीको कुरा भएको जनाए । उनले भगवान बुद्ध लुम्बिनीमा जन्मिनु नै नेपाली र विश्वभरका बौद्धमार्गी र शान्तिप्रेमीहरुलाई खुशीको कुरा भएको जनाए ।

    ‘अब अर्का बुद्ध जन्मिने सम्भावना छैन, लुम्बिनी अरु कसैले बनाउन पनि सक्दैन, त्यसैले शान्ति खोज्नेहरुका लागि यो एउटा उद्गम थलो हो’, उनले भने, ‘आजका जस्ता कार्यक्रमले लुम्बिनीमा सबै धर्ममा आस्था राख्नेलाई गोलबद्ध गर्नसक्छ, लुम्बिनी ल्याउन सक्छ ।’ उपाध्यक्ष डा.लामाले अब यस्ता पदयात्रा तिलौराकोट, देवदह, रामग्राम लगायतका बौद्धस्थलहरुमा पनि हुनुपर्ने जनाए । यसका लागि विकास कोषले आवश्यक सहयोग र सहकार्य गर्ने जनाए । उनले लुम्बिनी विश्वभर रहेका अर्ब बढी बौद्धमार्गीको आस्थाको केन्द्र र संसारभरका सबै मानिसको साझा थलो रहेको बताए ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बुद्धले बुद्धत्व प्राप्त गर्न जाँदा र शान्तिको सन्देश दिँदा हिँडेरै दिएको भन्दै लुम्बिनीमा पदयात्रा र आध्यात्मिक कार्यक्रम धेरैभन्दा भेरै हुन जरुरी रहेको बताए । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धले पैदल हिँडेर आफ्नो ज्ञान र सन्देश बाँडेको बताउँदै त्यसैलाई पत्रकारहरुले अनुसरण गर्नु सकरात्मक भएको बताए ।

    २२ किलोमिटर लामो मौन पदयात्राले शान्ति, अहिंसा र आध्यात्मिकताका लागि विश्वभर सन्देश पैदा गरेको क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले बताए ।
    ‘यहाँमात्रै नभई विश्वभर मानिस स्वार्थी बनेको छ, हत्याहिंसा, आतंक र द्वन्द्वमा लागेको छ, त्यसैले शान्तिमार्गीहरु लुम्बिनी आउनुपर्छ, यहाँबाट विश्व शान्त छ भन्ने सन्देश दिनुपर्छ र शान्तिको बाटो अवलम्बन गर्नुपर्छ भन्ने नै हाम्रो उद्देश्य हो’, उनले भने । भगावन बुद्धले हिँडेरै विश्वभर बुद्ध सन्देश फैलाएका थिए । बौद्ध धर्ममा पदयात्राको खास महत्व छ ।


    कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरी, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले जतिसुकै दुःखकष्ट गरेर आए पनि लुम्बिनी आउँदा शान्तिको अनुभूति हुने जनाए । उनीहरुले पदयात्रा र शान्तिको सन्देश दिन तथा पर्यटन प्रबद्र्धनका लागि प्रेस क्लबले खेलेको भूमिका सह्रानीय रहेको बताए ।

    ‘पर्यटनका लागि शान्ति, शान्तिका लागि आध्यात्मिक मौन यात्रा’ नारा दिएको बौद्ध संचार यात्रामा भिक्षुभिक्षुणी, लामा, पत्रकार, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी–व्यवसायी, नेपाली सेना, प्रहरी, सशस्त्र र सर्वसाधारण सहभागी भएका थिए । ठाउँठाउँमा स्थानीय र पर्यटन व्यवसायीले स्वःस्फूर्त खादामाला र टिकाले स्वागत गरे ।
    बिहान ७ः१० मा भैरहवाको लुम्बिनी गेटबाट रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, सशस्त्र प्रहरी २७ नम्बर गणका प्रमुख दिपककुमार थापा, राष्ट्रिय अनुसन्धानका रुपन्देही प्रमुख हुमाकान्त पाण्डे लगायतले रिवन काटेर बौद्ध संचार यात्राको सुरुवात गरेका थिए । पदयात्रा ११ः४० मा लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा पुगेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.