ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
नवलपरासी, १२ पुस । पश्चिम नवलपरासीमा रहेको यातायात ब्यवस्था कार्यालय स्थापना भएको झण्डै ४ महिना पुगेको छ । यहाँका जनताहरुले सवारी चालक अनुमति–पत्र प्राप्त गर्नका लागि यातायात व्यवस्था कार्यालय बुटलवमा धाउनुपर्ने वाध्यता हटेको देखिन्छ ।
यी ४ महिनाका समयावधीमा यातायात व्यवस्था कार्यालय नवलपरासीले ५ करोड भन्दा बढी राजस्व संकलन गरेको देखिन्छ ।
यातायात व्यवस्था कार्यालय नवलपरासीमा प्रयोगात्मक परीक्षा साउन मसान्तको १२ गतेदखि मंसिर १५ गते सम्मको सुचना अनुसार ११ पटक परीक्षा संचालन भएको छ ।
यातायात व्यवस्था कार्यालयका प्रमुख मुक्ति प्रसाद पाण्डेका अनुसार – कार्यालय संचालन आएदेखि यहाँका जनसमुदायलाई अनुमति–पत्र लिन सजिलो भएको छ । संचालन भएदेखि कार्यालयमा ५ करोड २४ लाख ४४ हजार ५ सय ६५ राजस्व संकलन भएको छ । ३ हजार ६ सय ७४ जनाले सवारी साधन अनुमति पत्र प्राप्त गरेका छन् । अहिले सम्म भएको लिखित परिक्षामा सहभागी हुनेको कुल संख्या ५ हजार १ सय २६ जना रहेको, जसमा ३ हजार ६ सय ७४ जना उर्तीण भएका थिए र १ हजार ४९ जना अनुत्र्तिण भएका थिए ।
यस कार्यालयबाट कार्तिक महिना सम्म मोटरसाईक सवारी अनुमतिपत्रका लागि १ हजार ९ सय ४० जना र स्कुटीबाट १ हजार ९ सय ८ जनाले प्रयोगात्मक परिक्षा दिएको यातायात व्यवस्था कार्यालयका प्रमुख पाण्डेले बताए ।
कार्यालय स्थापना पछि बिस्तारै सेवाग्राहीको सख्या दिनप्रति दिन बढिरहेको छ । राजस्वमा पछिल्लो समय उल्लेखनीय वृद्धि भएको कार्यालयका प्रमुख पाण्डेले बताए । कार्यालय प्रमुख पाण्डेका अनुसार असोज मसान्तसम्म ३ करोड ७३ लाख ४५ हजार राजस्व संकलन गरिएको थियो । जसमा कार्तिक महिनामा १ करोड ५० लाख ९९ हजार सकलन भएको थियो । यातायात कार्यालयले संकलन गरेको राजस्व मध्ये सवारी साधन कर ३ करोड ७७ लाख ५३ हजार, सवारी नवीकरण ५२ लाख १९ हजार, सवारी चालक अनुमति–पत्र ७६ लाख ९१ हजार, आयकर ११ लाख ९४ हजार राजस्व संकलन गरेको छ ।