असलम खान । लुम्बिनीखबर
मर्चवार, २१ पुस । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ३ थुम्हवा पिपरहवामा जेष्ठ नागरिक, एकल महिला एवम् अपांगहरुलाई शुक्रबार एक कार्यक्रमका बिच न्यानो कम्बल वितरण गरिएको छ ।
सम्मरीमाई गाउँपालिका वडा नंम्बर ३ का वडा अध्यक्ष अदहम अलि देवानको अध्यक्षता तथा सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोद श्रीवास्तवको प्रमुख आतिथ्यतामा जेष्ठ नागरिक एवम् एकल महिला र अपांगहरुलाई न्यानो कम्बल वितरण गरिएको हो । कार्यक्रममा ४ सय १५ थान कम्बल वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रकेश चौधरी, वडा सचिव घनश्याम बरई, समाजसेवी सहाबुद्दिन देवान, वडा सदस्यहरु सहित जेष्ठ नागरिक एवम् एकल महिला, अपाङ्गहरुको सहभागिता रहेको थियो ।


