logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    गैडहवाको सुर्यपुरा बहुमुखी क्याम्पसमा भवन शिलान्यास


    २२ पौस २०८० , आइतबार

    गैडहवाको सुर्यपुरा बहुमुखी क्याम्पसमा भवन शिलान्यास

    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनी, २१ पुस । रुपन्देहीको गैडहवा गाँउपालिका वडा नम्बर ६ मा रहेको सुर्यपुरा बहुमुखी क्याम्पसको भवनको शिलान्यास  भएको छ ।
    २०७१ सालमा स्थापना भएको क्याम्पसको आफ्नै भवन नभएको कारणले सुर्यपुरा माध्यमिक विद्यालयमा कक्षा सञ्चाल हुदै आईरहेको थियो । यो क्याम्पसको भवन निर्माण पछि विद्यार्थीहरु अध्ययन गर्ने छन् ।
    यो योजना गौरवको योजना भएकोले यस सुर्यपुरा बहुमुखी क्याम्पसको शिलान्यास कार्यक्रममा गाँउपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले उक्त भवनको शिलान्यास भएपछि सञ्चारक्रर्मी संग कुराकानी गर्दै बहुमुखी क्याम्पसको भवन असार मसान्तसम्म बन्ने बताउदै निर्माण कार्यमा ठेकेदारले कुनै कमसल सामान प्रयोग गरेमा पत्रकार र स्थानीयलाई निरन्तर रेखदेख गर्न आग्रह गर्दै पालिकाले निरन्तर अनुगमन गर्ने बताउनुभयो ।
    त्यस्तै गाँउपालिकाका पुर्व अध्यक्ष बच्चुलाल केवट सुर्यपुरा माध्यमिक विद्यालयका विद्यालय ब्यवास्थापन अध्यक्ष भएकोले बालबलिकाहरु क्याम्पस पढ्न टाढा जानुपरेको बध्यताले अब क्याम्पस पनि खोल्न आवश्यकत परेकोले २०७१ सालमा सुर्यपुरा बहुमुखी क्याम्पसको स्थापना भएपछि २०७४ सालको स्थानिय चुनावको गाँउपालिका अध्यक्षको चुनाव जिते पछि यस क्याम्पसको बाउण्ड्री पर्खाल निर्माण गरि क्याम्पसको भवनको मेरो कार्यकालमा भवनका डिपीर भईसके पछि अहिले यो भवनको पौडेलको कार्यकालमा भवनको सिलान्यास भएको मेरो सपना पुरा भएको केवटले बताएका छन् ।
    सिलान्यास कार्यक्रममा गैडहवा गाँउपालिका अध्यक्ष सुरेन्द्र पौड्यालको प्रमुख अतिथ्यतामा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, निवर्तमान गाउँपालिका अध्यक्ष बच्चुलाल केवट, वडा अध्यक्ष राजकुमार लोधको, वडा अध्यक्ष बिजय कुमार शर्माको र विभिन्न राजनितिक दलका नेतृत्व कर्ताहरुको उपस्थितिमा भवनको सिलान्यास भएको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.