logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    ७२औं अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै


    ३ माघ २०८० , बुधबार

    ७२औं अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै

    भैरहवा, पुस ३ । ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवस साताव्यापी कार्यक्रम गरी मनाइँदै छ । माघ ५ गतेदेखि १२ गतेसम्म बिभिन्न सचेतनामूलक एवम अन्य विविध कार्यक्रमहरुकासाथ भन्सार दिवस मनाउने निर्णय गरिएको छ ।

    भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार यसको लागि माघ ५ गते भन्सार एजेन्टसहितको मूल समारोह समिति गठन गरिने, सोही दिन ७२औं अन्तर्राष्ट्रिय भन्सार दिवसको नारा र तुल, लोगो अंकित होर्डिङ्ग बोर्ड, ब्यानर लगायत प्रचारप्रसार सामाग्रीहरु तयार गरी दिवसको व्यापक प्रचार गरिनेछ ।

    माघ ७ गते समकक्षी भन्सारसंग बैठक गरी ब्यपार सहजीकरणको विषयमा अन्तरक्रियात्मक कार्यक्रम गर्ने, ८ गते प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम एवम् राजस्व चुहावट नियन्त्रण समितिको बैठक बस्ने गौतमले जानकारी दिए । माघ ९ गते ७२औं अन्तर्राष्ट्रिय भन्सार दिवसकै अवसरमा बिभिन्न खेलकुद प्रतियोगिताहरुको आयोजना गर्ने र भन्सार यार्ड तथा कार्यालय परिसरको सरसफाइ गर्ने कार्यक्रम रहेको छ । यस्तै माघ १० गते निजी क्षेत्रसँग सम्बन्धित संघ संस्थाहरु, सरोकारवाला निकाय, भन्सार एजेन्ट, पत्रकारसहितको सहभागीतामा बेरुजु फछर्यौंट, किटानी घोषणा, ब्यपारीलाई सहि सूचना दिने विषय लगायत भन्सार कानूनको परिपालना सम्बन्धमा अन्तरक्रिया कार्यक्रम, परिसम्वाद लगायतका छलफल तथा कार्यक्रम गर्ने गौतमले बताए ।

    यस्तै सोही दिन साँझदेखि भन्सार परिसर, यात्रु शाखा तथा डण्डा गेटमा ३ दिनसम्म दिपावली गरी दिवसलाई उत्सवकोरुपमा मनाइँदै छ । माघ ११ गते सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यक्रमहरु अन्र्तगतका बिभिन्न कार्यक्रमहरु आयोजना हुनेछ । अन्तिम दिन माघ १२ गते भैरहवा भन्सार कार्यालयमा भन्सार एजेन्ट र सरोकारवाला निकायहरुसंग समन्वय गरी स्वास्थ्य परिक्षण शिविर कार्यक्र आयोजना गरिदै छ । यस्तै सोही दिन निजी क्षेत्रसंग सम्बन्धित संघ संस्थाहरु, सरोकारवाला निकाय तथा भन्सार एजेन्टसहितको सहभागीतामा शुभकामना आदानप्रदान, पुरस्कार, प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरी दिवसको समापन गरिने प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए ।

    हरेक वर्षको जनवरी २६ का दिन यो दिवस विश्वभर मनाउने गरिन्छ । विश्व भन्सार संगठनको निर्णय अनुसार हरेक जनवरी २६ मा यो दिवस मनाउन थालिएको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.