लुम्बिनीखबर
भैरहवा, पुस। रुपन्देही जिल्लाको बेलहियामा सिद्धार्थनगर सिटी अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। अस्पातलले २७ गते शुक्रबारका दिन एक कार्यक्रमको आयोजना गरी बिरामीलाई सेवा पुर्याएको छ।

उक्त कार्यक्रममा बिरामीलाई चेकजाँच तथा औषधी समेत वितरण गरेको हो।
उक्त कार्यक्रम जिल्लाको सीमा क्षेत्रमा पर्ने बेलहियामा आवत जावत गर्ने नेपाल र भारतका नागरिक गरी २५० भन्दा बढीलाई सेवा पुर्याएको अस्पताल स्रोतले जनाएको छ।
अस्पतालले आयोजना गरेको कार्यक्रममा बिरामीको नाम दर्ता गराई बिरामी छनौट गरी त्यसैको आधारमा चेकजाँचका साथै औषधी वितरण गरेको आयोजक स्रोतले जनाएको छ।

कार्यक्रममा बिरामी छनौट गरी जनरल फिजिसियन, बिरामीको विटाल सिङस्, सुगर परीक्षण, पिसाब जाँच, हाडजोर्नी तथा नशा रोग परीक्षण, मृगौला रोग लगायतका रोगहरु चेकजाँच गरी औषधी उपचार गरिएको अस्पताल स्रोतले जनाएको हो।
कतिपय मानिहरूको आर्थिक कमजोर भएका कारणले रोग लिएर घरमा नै लुकेर बसेको देखिन्छ। समयमा उपचार नहुँदा यी समस्याहरु जटिल समस्याको रूपमा परिणत भई अझै बढी क्षति पुर्याउने भएको हुँदा आफूहरु यस्ता कार्यक्रमहरु विभिन्न ठाउँमा समय समयमा गर्दै आएको अस्पताल स्रोतले जनाएको छ ।
यस्ता कार्यक्रमबाट सेवा लिने बिरामीहरूको स्वास्थ्य र आर्थिक अवस्थालाई विशेष ध्यानमा सेवा दिँदै अगाडि बढेको अस्पातल स्रोतको भनाई छ।
उक्त कार्यक्रममा स्थानीयबासी, गरीब कृषक, वृद्ध वृद्ध, महिला, युवा, सुरक्षाकर्मी, स्थानिय स्वयमसेविकाका साथै नेपाल र भारत आवत जावत गर्ने मानिसहरु समेतले सेवा लिएका थिए भने अस्पतालका विभिन्न रोग बिशेषज्ञ डाक्टरहरुद्वारा चेकजाँच तथा औषधी वितरण गरिएको थियो।