असलम खाँन । लुम्बिनीखबर
मर्चवार, ७ माघ । रुपन्देहीको मर्चवारी गाउँपालिकाले बढ्दो शितलहर, चिसो र हुस्सुबाट बच्न विभिन्न स्थानहरुमा आगो ताप्ने व्यवस्था गरेको छ।
तराईका जिल्लाहरुमा बढ्दो शितलहर र हुस्सुको कारण सर्वसाधारण व्यक्तिहरुको जीवन कष्टकर बन्दै गएकोले चिसो मौसमबाट बच्नको लागि वडा अध्यक्षहरुको रोहबरमा गाउँपालिकाले १ नम्बर वडा देखि ७ नम्बर सम्मका वडाहरुमा रहेको चौकचौक, विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकीहरु लगायतका ठाउँमा आगो ताप्ने दाउराको ब्यवस्था मिलाई वितरण गरेको मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले जानकारी गराएका छन्।

मर्चवारीबासी बढ्दो जाडोमा आगो ताप्दै
गाउँपालिकाको विभिन्न स्थानहरुमा दाउरा जलाई आगो ताप्ने व्यवस्था मिलाईएको तथा उक्त कार्यबाट अति विपन्न परिवारहरु लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष बरईको भनाई छ।
विभिन्न वडाहरुको चौक चौकमा दाउरा खसाली सर्वसाधारणहरुलाई चिसोबाट जोगाउनको निम्ति आगो ताप्ने ब्यवस्था गरिएको स्थानीयहरुले बताएका छन् ।
