अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, ७ माघ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ३ महिलवार पडरियाको विचमा पर्ने लंकापुर चौकमा साझ करीब ६ बजे भएको सवारी दुर्घटनामा दुई जना को मृत्यु भएको छ।
लु ५८ प २७२८ मोटरसाइकल तथा विपरीत दिशा बाट आउदै गरे को यू.पी ५५ ए.एन १११२ नम्बर को मोटर एक आपसमा ठक्कर बाट दुर्घटना भएको हो ।

उक्त गाडी ठक्कर हुदाँ कपिलवस्तु जिल्ला शुद्धोधन गाऊँपालिका वडा नम्बर ५ हथिहवा गाऊँका वर्ष ४५ का शिव शंकर यादव तथा अर्को भारतको सिद्धार्थनगर जिल्ला नौगढ आजादनगर गाऊँमा बस्ने २४ वर्षको धीरज चौधरी आधार काडबाट नाम खुलेको लुम्बिनी र्इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कन्चन तामाङले जनाकारी दिएका छन ।
दुवै जनाको घटना स्थलबाट उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको । तमाङले बताएक छन् । दáै जनाको शव पोस्टमार्टमको लागि भीम अस्पताल पठाइएको बताएका छन् ।