logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    वृद्धाश्रममा भोजन


    १० माघ २०८० , बुधबार

    वृद्धाश्रममा भोजन

    भैरहवा, माघ १० । हिमाली सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा सिद्धार्थनगर–७, ८ र ९ रुपन्देहीले वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई भोजन गराएको छ । केन्द्रले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई बृद्ध सेवा आश्रममा वृद्धवृद्धाहरुलाई भोजन गराएको हो ।
    वृद्धाश्रम रहेका आमाबुवाहरुको सेवा र उहाँहरुसँग भलाकुसारी गर्न भोजन कार्यक्रम गरिएको हिमाली सामुदायिक सेवा केन्द्रका अध्यक्ष सुरेन्द्रजंग थापाले बताउनु भयो । वहाँले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनु भयो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले वृद्धाश्रममा सहयोग गर्ने राम्रो चलनको विकास भएको र जन्मदिन लगायत विशेष उत्सवहरुमा फजुल खर्च रोकेर वृद्धाश्रममा सहयोग गर्ने राम्रो परम्पराको विकास हुनु सराहनीय रहेको बताउनु भयो । वहाँले भन्नुभयो, ‘‘अस्पताल जस्तै वृद्धाश्रम पनि पवित्र ठाउँ हो । विभिन्न कारणले आमाबुवाहरु वृद्धाश्रममा हुनुहुन्छ । उहाँहरुको सेवा गर्नु राम्रो कार्य हो ।’’ त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरेले हिमाली सामुदायिक सेवा केन्द्रले वृद्धाश्रममा कार्यक्रम गर्दा खुसी लागेको बताउनु भयो ।

    श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हिमाली सामुदायिक सेवा केन्द्रका आजीवन सदस्य तिलकराम ज्ञवालीले सेवा केन्द्रले यस्तै प्रेरणादायी काम गर्दै जाने विश्वास व्यक्त गर्नुभयो । श्री सत्य साई बृद्ध सेवा आश्रम सञ्चालक समिति अध्यक्ष माया खरेलले हिमाली सामुदायिक सेवा केन्द्रले राम्रो काम गरेको बताइन् ।

    हिमाली सामुदायिक सेवा केन्द्रका सचिव विष्णु मरासिनीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वृद्धाश्रमलाई २० वटा हर्लिक्स प्रदान गरिएको सेवा केन्द्रले जनाएको छ । वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष माया खरेलका अनुसार हाल वृद्धाश्रममा १७ जना वृद्धवृद्धा छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.