अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, ११ माघ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ९ मा माघ महिनाको ६ गते शनिवारका दिन २६४८ओै तथा तेस्रो माघी तथा खिचडी महोत्सव २०८० सम्पन्न भएको छ ।
थारु समुदायले माघ महिनाको पहिलो दिन देखि नै नयाँ बर्षको रुपमा मनाउने चलन पहिला देखि नै चलिआएको छ । माघीपर्व पुस पाक्या र माघ खाक्याको रुपमा खिचडी देखि सुरुवात भएको देखिन्छ । पुस महिना अन्तिम दिन पकाउने र माघ महिनाको पहिलो दिन खिचडी खाएर सुरुवात हुने गरेको देखिन्छ ।
त्यही नयाँ वर्षको सुरुवातको रुपमा सम्झेर थारु समुदायले “हमहनके भेषभुषा, हमहनके भाषा र साँस्कृति, हमहनके पहिचान” भन्ने मुल नाराका साथ शनिवारका दिन एक कार्यक्रमको आयोजना गरी भव्य र सभ्य तरिकाले सम्पन्न गरेका छन् ।
थारु समुदायको आफनो साँस्कृतिक, भेषभुषा, र पहिचान लोप हुना लागेको र यसलाई जोगाउनको निम्ति माघी तथा खिचडी महोत्सवको आयोजनाले संरक्षणमा ठूलो भुमिका खेलेको देखिन्छ । जसले गर्दा माघ महिनाको पहिलो दिन देखि माघ महिना अन्त्यसम्म माघेसंक्रान्ति मनाइन्छ । थारु समुदायको माघ महिना नयाँ बर्षको रुपमा मनाउने चलन पनि रहेको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ९ मा रहेको खुदावगार सामुदायिक सिकाई केन्द्रको आयोजना र लुम्बिनी साँस्कृतिक नगरपालिकाको सहयोग कार्यक्रम भएको थियो ।
कार्यक्रममा थारु समुदायका साँस्कृतिक झल्कने झाँकी तथा थारु समुदायको भेषभुषा झल्कने, नाचगाँनका विभिन्न साँस्कृतिक कार्यक्रम गरी माघी पर्व सम्पन्न भएको थियो ।
कार्यक्रममा खुदावागर समुदायिक सिकाई केन्द्रका अध्यक्ष शिवनाथ चौधरीको अध्यक्षतामा संचालन गरिएको थियो । कार्यक्रममा अध्यक्ष चौधरीले कार्यक्रममा बोल्दै आफनो संस्कृति, पहिचान, भेषभुषा, रितीरिवाज, चार्डपर्वलाई जोगाउन सबैको कर्तव्य हो भने सबै व्यक्तिले स्वतन्त्र रुपले मनाउन पाउने अधिकार पनि रहेको छ । अगामी दिनमा पनि यस्ता संस्कृतिक कार्यक्रमहरु गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका नगप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सजरुद्दीन मुसलमानले कार्यक्रममा वोल्दै हरेक वर्ष थारु समुदायले माघ महिनामा आफनो पहिचान जोगाउनका लागि गरिरहेको कार्यक्रममा आफूहरुको सहयोग रहिरहेको र अगामि दिनमा पनि रहने जनाएका थिए ।
कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर उपप्रमुख तथा विशिष्ट अतिथि कल्पना हरिजन, अतिथि निवर्तमान प्रदेश सदस्य फकरुद्दी खाँन, निवर्तमान वडा अध्यक्ष सईफ खाँन ले मन्तव्य राखेका थिए भने कार्यक्रममा थारु सामुदायका साथै राजनितिकर्मीहरु, बुद्धिजिवी, समाजसेवी, पत्रकार तथा संचारकर्मी, स्थानीय वडावासी लगायतको सहभागिता रहेको थियो ।