असलम खान
मर्चवार, १२ माघ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर चार फरेनामा जेष्ठ नागरिक, एकल महिला एवम् अपांगहरुलाई बिहीबार एक कार्यक्रमका बिच न्यानो कम्बल वितरण गरिएको छ ।
सम्मरीमाई गाउँपालिका वडा नंम्बर चार का वडा अध्यक्ष दिवाकर दुवेको अध्यक्षता तथा सम्मरीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रकेश चौधरीको प्रमुख आतिथ्यतामा जेष्ठ नागरिक एवम् एकल महिला र अपांगहरुलाई न्यानो कम्बल वितरण गरिएको हो । कार्यक्रममा ४ सय ५० थान कम्बल वितरण गरिएको थियो ।
कार्यक्रममा वडा सचिव, समाजसेवी,पत्रकार, वडा सदस्यहरु सहित जेष्ठ नागरिक एवम् एकल महिला, अपाङ्गहरुको सहभागिता रहेको थियो ।