अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, १३ माघ । लुम्बिनी सांस्कृतिक नगरपालिकामा इन्डो नेपाल क्रिकेट टुर्नामेन्ट पीएलपीएल सेसन सिक्स शनिबारदेखि हुने भएको छ ।
लुम्बिनी नव युवा क्लबको आयोजनामा वडा नम्बर ६ पत्रकार सम्मेलन गरि लुम्बिनी नव युवा क्लबका अध्यक्ष अहमद हुसेनले इन्डो नेपाल क्रिकेट टुर्नामेन्ट पीएलपीएल सेसन सिक्स सुरु हुने बताएका छन् ।
लुम्बिनी नव युवा क्लबको आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिका–३ अन्तर्गत पर्ने पडरिया खेल मैदानमा क्रिकेट टुनामेन्ट प्रतियोगिता हुने हुसेनले बताएका छन् ।
लुम्बिनी नव युवा क्लबको अध्यक्ष हुसेनले माघ ११ गते लुम्बिनीमा पत्रकार सम्मेलन गरी २० दिनसम्म प्रतियोगिता संचालन हुने जानकारी दिएका थिए ।
लुम्बिनीमा आयोजना गरिएको क्रिकेट टुर्नामेन्टमा नेपाल र भारतका क्रिकेट टिम सहभागी हुने जनाएका थिए ।
उक्त खेल माघ १३ गते शनिवार देखि सुरु हुने र भारतका १६ टिम सहभागिता रहेने छ भने नेपालका १६ टिम गरि ३२ वटा टिमको सहभागीता रहने आयोजक स्रोतले जनाएको छ । नेपाली समुहमा नेपाली टिम मात्र खेल्न पाउने बाहिरबाट आउने खेलाडीहरुलाई बस्ने व्यवस्था गरिएको समेत गरिएको जानकारी दिएका थिए । फाइनलमा ३ विदेशी खेलाडी नेपाली टोलीबाट खेल्न पाउने छ बताएका थिए । क्रिकेट टुर्नामेन्टमा प्रवेश शुल्क आठ सय मात्र राखिएको आयोजकले बताएका थिए ।
स्थानिय स्तरबाटै खेलाडीहरुलाई प्रोत्साहन गरि क्रिकेट खेल प्रति मनोबल बढाउने उद्देश्यले पडरिया लुम्बिनी प्रिमियर लिग को नामले प्रतियोगिता हुदै आएको छ । अहिले हुन गइरहेको प्रतियोगिताको छैठौं स्तरको रहेको जानकारी दिएका थिए ।
प्रतियोगितामा भारतको गोरखपुर, बनारस, सिद्धार्थनगर लगायतका जिल्लाबाट टिमहरु दर्ता भएको आयोजक लुम्बिनी नवयुवा क्लबका अध्यक्ष हुसेनले बताएका थिए । यस्तै नेपालबाट सिरहा, मर्चवार , लुम्बिनी, कपिलवस्तु र नेपालगञ्ज लगायतका विभिन्न स्थानबाट टिमहरु प्रतियोगितामा भाग लिने हुसेनले बताएका थिए ।
प्रतियोगिताको पुरस्कार पहिलो पुरस्कार २ लाख र दोश्रो पुरस्कार १ लाख , यस्तै बेस्ट बलर, बेष्ट ब्याटर, म्यान अफ द म्याच, अनुशासित टोली लगायत सेमी फाईनल पुग्ने अन्य टोलीलाई पनि पुरस्कारको ब्यवस्था रहेको हुसेनले बताएका थिए ।
प्रतियोगितामा करिब २० लाख खर्च लाग्ने हुसेनको अनुमान रहेको छ । प्रतियोगितालाई प्रदेश खेलकुद परिषद् संगै लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र विदेशमा रहेका युवाहरु संघसंस्था समाजसेवी होटलहरु लगाएतका स्थानियहरुको सहयोग संकलन भइरहेको हुसेनले बताएका थिए ।