logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    मर्चवारी वडा नंं.–७ द्वारा कम्बल बितरण


    १८ माघ २०८० , बिहिबार

    मर्चवारी वडा नंं.–७ द्वारा कम्बल बितरण

    असलम खान
    रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं। ७ मा कम्बल वितरण गरिएको छ। वडा नं। ७ को आयोजनामा २ सय ७० जनालाई कम्बल वितरण गरिएको मर्चवारी गाउँपालिका वडा नं। ७ का वडा सचिव राम चन्दर यादवले बताए। कार्यक्रमलाई सम्बोधन गर्दै मर्चवारी गाउँपालिका उपाध्यक्ष आशा सिंहले वडा भित्र रहेको ज्येष्ठ नागरिक आमा बुवा तथा एकल महिलाहरुको लागि कम्बल चिसोको बेला ठुलो सहारा बन्ने बताइन् । वडाले कम्बल वितरण गरेको कार्य प्रशंसनीय रहेको उपाध्यक्ष सिंहले बताइन् ।


    शितलहर तथा चिसोबाट बच्न वडा भित्रका ज्येष्ठ नागरिक, एकल महिला तथा अति विपन्न ब्यक्तिहरुलाई कम्बल वितरण गरिएको वडाध्यक्ष गनेश चौधरीले बताए । शितलहर र चिसोले जनजीवन प्रभावित रहेको बेला कम्बल वितरण गरिएको वडाध्यक्ष कुर्मीले जानकारी दिएका छन् । कम्बल वितराण कार्यक्रमको अध्यक्षता समेत गरेका वडाध्यक्ष कुर्मीले भने ‘ज्येष्ठ नागरिक हाम्रा मार्गदर्शक हुन्, अनुभवको खानी हुन, उहाँहरुले जोगाएको सम्पत्ति अहिलको पिढीलाई उपहार हो । हरेक सन्तालनले आफ्ना आमाबाबालाई सम्मान गर्नुपर्दछ ।

    आफ्नो वडा भित्रका ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न पाउँदा निकै खुसी रहेको छु । म जनता कै आर्शिवादले निर्वाचित भएको हुँ म सम्पूर्ण वडावासीहरुको हरेक सुखदुखमा साथ रहनेछु। कम्बल वितरण कार्यक्रममा मर्चवारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराई लगायत वडा सदस्यहरुको उपस्थिती रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.